Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ साउन २०८१)

  • Ajnabee Khadka
  • July 31, 2024
  • 730

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ साउन २०८१)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ साउन २०८१)

१.  हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • ९८ औँ 
  • सन् २०२३ मा नेपाल १०३ औँ स्थानमा थियो ।
  • हेन्ले पासपोर्ट इन्डेक्स २०२४ अनुसार नेपालबाट ३९ राष्ट्रहरूमा यात्रा गर्न फ्री भिसा उपलब्ध हुने गरेको छ ।
  • विश्वका शक्तिशाली पासपोर्टको सूचीको पहिलो स्थानमा सिङ्गापुर रहेको । सिङ्गापुरका नागरिकले विश्वका १९५ देशमा फ्री भिसामा यात्रा गर्न सक्छन् ।

– शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष देशहरू : 


  • जुन राष्ट्रको राहदानी प्रयोग गरेर नागरिकले फ्री भिसामा धेरै गन्तव्यमा यात्रा गर्न सक्छन्, सोही राष्ट्रको राहदानी सबैभन्दा शक्तिशाली हो ।
  • यो सूचकाङ्क इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले उपलब्ध गराएको विशेष तथ्याङ्कका आधारमा तयार गरिएको हो ।
  • यो सूचीमा सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान क्रमशः सबैभन्दा तल रहेका छन् ।

२.  नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बन्न सफल व्यक्तित्व को हुन् ?

  • लीलादेवी गड्तौला (विसं २०८१ साउन १०) 
  • वि.सं. २०२३ मा तेह्रथुमको म्याङलुङमा जन्मिएकी गड्तौला ५८ बर्से उमेर हदका कारण १५ भदौमा सेवानिवृत्त हुने छिन् ।

➤शाखा अधिकृत : २०५२

➤उपसचिव : २०६३

➤सहसचिव : २०७०

➤सचिव : २७ कात्तिक २०७७

  • निजामती सेवामा पहिलो महिला सचिव चन्द्रकला किरण हुन् । २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरण २०४१ सालमा सचिवमा नियुक्त भएकी थिइन् ।

३.  ३३ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?

  • सन् २०२४ जुलाई २६ (अगस्ट ११ सम्म सञ्चालन हुने ।), पेरिस (फ्रान्स) 

४.  ‘दी स्प्रिट अफ ल’ नामक कृतिका रचनाकार को हुन् ?

  • मन्टेस्क्यु 
  • डिभाइन कमेडी : दाँते
  • फ्रिडम फ्रम फियर : आङसाङ सुकी
  • द प्रिन्स : निकोलो मेकियावेली
  • मेटाफिजिक्स : अरस्तु
  • सोसियल कन्ट्रयाक्ट : जिन ज्याक रुसो

५.  विश्व बाघ दिवस कहिले मनाइन्छ ?

  • जुलाई २९ 
  • २०२४ को नारा : कार्यका लागि आह्वान ।
  • विश्व बाघ दिवस सन् २०११ देखि मनाउन थालिएको हो ।

६. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?

  • विष्णुगुप्त

७.  धार्मिक, पर्यटकीय एवं जैविक विविधताका हिसाबले महìवपूर्ण बर्जुताल कहाँ रहेको छ ?

  • सुनसरी 

८.  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरियो ?

  • प्राडा शिवराज अधिकारी (वि.सं. २०८१ साउन) 

९.  प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन् ? 

  • गजलकार खगेन्द्र गिरी ‘कोपिला’ (नेपालगन्ज), पुरस्कार राशि : ५१,१११।–

१०.  भू–उपग्रहबाट पहिलो पटक टेलिफोन सञ्चालन भएको जिल्ला कुन हो ?

  • मुस्ताङ

११.  बेलायतको बाथमा आयोजित ६५ औँ अन्तर्राष्ट्रिय ओलम्पियाड (२०२४) मा नेपाललाई अनरेवल मेन्सन अवार्ड दिलाउने विद्यार्थी को हुन् ?

  • कृतेश ढकाल र श्रेयस शर्मा बास्तोला 
  • १०८ देशका छ सयभन्दा बढी विद्यार्थी सम्मिलित सो प्रतिस्पर्धामा उनीहरूले एक एक अनरेबल मेन्सन (एचएम) दिलाएका हुन् ।
  • नेपाल गणित सङ्घले तीन हजारभन्दा बढी विद्यार्थीमध्ये विभिन्न चरणका छनोटबाट छ जना विद्यार्थी छानेको थियो ।
  • हरेक वर्ष जुलाईमा आयोजना हुने यो प्रतियोगिता संसारकै ठुलो शैक्षिक प्रतियोगिता मानिन्छ ।
  • प्रतियोगिता सन् १९५९ देखि रोमानियाबाट सुरु भएको हो ।
  • नेपालले सन् २०१७ ब्राजिलमा सम्पन्न ५८ औँ प्रतियोगिताबाट सहभागिता जनाउँदै आएको छ ।
  • संसारभरका २० वर्षमुनिका विद्यार्थीबिच हुने यो प्रतियोगिताको ६६ औँ संस्करण आगामी वर्ष जुलाइमा अस्ट्रेलियामा हुने छ ।

१२.  प्रसिद्ध म्यागजिन टाइमद्वारा सन् २०२४ का लागि तयार पारिएको संसारका सय सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो ? 

  • बुरहान वाइल्डरनेस क्याम्प, बर्दिया

१३.  एसिसी महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? 

  • श्रीलङ्का (उपविजेता : भारत), सन् २०२४ जुलाई
  • श्रीलङ्काले भारतलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो ।
  • पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा श्रीलङ्काले १८.४ ओभरमा दुई विकेट गुमाएर १६७ रन बनायो ।
  • उपाधि विजेता श्रीलङ्काका चमारी अटापटु प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेकी छन् । उनले सर्वाधिक ३०४ रन जोडेकी छन् । प्रतियोगितामा सर्वाधिक विकेट लने बलर भारतीय दीप्ति शर्मा हुन् । उनले पाँच खेलमा १० विकेट हात पारेकी छन् ।

१४.  सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

  • पिजन

१५.  नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?

  • वि.सं. २०६१ माघ ४, वीरगन्ज

१६.  नेपाली शिक्षा परिषद्ले ‘लेबाल त्रिरत्न पुरस्कार’ कसलाई प्रदान ग¥यो ? 

  • शिक्षाविद् प्राडा विद्यानाथ कोइराला
  • पुरस्कारको राशि एक लाख एक हजार १०१ रुपियाँ रहेको छ ।
  • कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार स्थापना गरेको हो ।

१७.  व्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?

  • साङ्घाई (चीन)

१८.  सरकारी कार्यालयका साइनबोर्डहरू नेपालीमा राख्नु पर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

  • वि.सं. २०१८ जेठ ९

१९.  नेपालको सबभन्दा उच्च स्थानबाट बगेको अरुण नदीलाई अर्को के नामले चिनिन्छ ?

  • फुङ्चु

२०.  समुद्र संरक्षणसम्बन्धी युएन हाई–सी ट्रिटी कहिले भएको हो ?

  • सन् २०२३ मार्च ४
  • सन् १९८२ को समुद्र संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले ‘हाई–सी’ क्षेत्रको व्यवस्था गरेको थियो ।
  • सम्झौतासँगै घोषणा गरिने संरक्षण क्षेत्रमा जथाभावी रूपमा माछा मार्ने जलविहार गर्ने साथै दुई सय मिटरभन्दा गहिरो उत्खनन गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अपेक्षा लिइएको छ ।
  • सम्झौता मुख्य गरी हाई–सी को ३० प्रतिशत क्षेत्र संरक्षण क्षेत्र घोषणा हुने, सामुद्रिक आनुवंशिक स्रोतको संरक्षण, प्राप्त आम्दानी सबै पक्ष मुलुकबिच बाँडफाटँलगायतमा केन्द्रित रहेको छ ।
  • सन्धिको अर्को महत्वपूर्ण पाटोका रूपमा ‘हाई सी’ भएको क्षेत्रमा कुनै पनि गतिविधि गर्दा वातावरणीय अध्ययन प्रतिवेदन (इआईए) गर्नुपर्ने रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 82
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1591
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 83
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 120
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA