Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु (२३ साउन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 07, 2024
  • 437

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु (२३ साउन २०८१, बुधबार)

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु (२३ साउन २०८१, बुधबार)

१.  बद्री विक्रम राष्ट्र गौरव पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? 

➤ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत

  • त्यसै गरी सञ्चारकर्मी चन्द्रकिशोर झालाई सेवा पुरस्कार नेपाल–२०८१ प्रदान गरिएको छ ।
  • दुवै पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपियाँ रहेको छ ।

२.  प्राज्ञिक सम्मेलन–२०८१ कहिले सम्पन्न भयो ? 

➤वि.सं. २०८१ साउन, काठमाडौँ

  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त सम्मेलन १२ बुँदे घोाणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

३.  सुरसाधक गुरुदेव कामतको निधन कहिले भएको हो ? 

➤वि.सं. २०८१ साउन १७

४.  मिस नेपाल वल्र्ड २०२४ विजेता सुन्दरी को हुन् ? 

➤आस्माकुमारी केसी

  • मिस नेपाल अर्थ : सुमना केसी र मिस नेपाल इन्टरनेसनल करुणा रावत घोषित भए ।

५.  काभा बिच भलिबल प्रतियोगिता–२०२४ को उपाधि कसले जित्यो ?

➤नेपाल

  • नेपालको महिला टिमले पहिलो पटक काभा बिच भलिबलको उपाधि जितेको हो ।

६.  राजेन्द्र सुवेदी कला पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? 

➤नृत्यगुरु भैरवबहादुर थापा

  • राजेन्द्र सुवेदी साहित्य पुरस्कार भने प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरियो ।

७.  भुटानको राष्ट्रिय भाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?

➤दिवेही

८.  हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?

➤स्नायु प्रणाली

९.  आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?

➤सन् २०१० अक्टोवर २९ (जापानको नायोगामा)

  • नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको हो ।
  • यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको हो । सन्धि अनुमोदन गर्ने नेपाल १०१ औँ राष्ट्र भएको छ ।

१०.  विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

➤अमेरिका

११.  एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए–अन्ना) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? 

➤सन् २०१६ जुन २३

  • अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको छ ।
  • यसको मुख्यालय जर्मनीमा रहेको छ ।

१२.  प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

➤दोलखा

  • सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भुत र आकर्षक कुण्ड रहेका छन् ।
  • सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको छ ।

१३  संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार आयोगले नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धी पारित गरेको प्रस्तावलाई के भनिन्छ ?

➤आइटम १९

१४.  राजस्व विभागको स्थापना कहिले भएको हो ?

➤वि.सं. २०५०

  • विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । सोपश्चात् राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायका रूपमा अर्थमन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागकोे स्थापना भएको हो ।
  • सुरुमा कर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार प्र्राप्त विभागले आव २०६५÷६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ ।
  • नेपाल सरकारले विदेशी विनिमयसम्बन्धी कसुर सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नका लागि विभागका महानिर्देशक वा निजले तोकेका यसै विभाग वा अन्तर्गतका अधिकृतलाई अनुसन्धान अधिकारी तोकेको छ ।
  • राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय ऐन २०१९ र विदेशी विनिमय नियम २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार यस विभागलाई तोकिएको छ ।

१५.  आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ ? 

➤ प्राथमिक स्वास्थ्य उपचार

१६.  नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

➤ वि.सं. २०७६ जेठ ६

  • ‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर विछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको हो । अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने छ ।

१७.  संस्कृत भाषाको पहिलो चलचित्र ‘गुरु दक्षिणा’ हो भने नेपाली भाषाको पहिलो चलचित्र कुन हो ?

➤ सत्य हरिश्चन्द्र

१८. इन्द्र सरोवर कहाँ पर्छ ?

➤ मकवानपुरमा पर्ने कुलेखानी जलविद्युत् परियोजनाका लागि निर्मित सात किलोमिटर लामो जलाशयलाई नै इन्द्र सरोवर भनिन्छ ।

  • युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी शाहको स्मृतिमा ‘इन्द्र सरोवर’ नामकरण गरिएको यो नेपालको सबैभन्दा ठुलो मानव निर्मित ताल हो ।
  • यो ताल मत्स्य पालन र पर्यटकीय दृष्टिले आकर्षक स्थल बन्न पुगेको छ ।

१९.  संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?

➤ सन् १९८८

२०.  इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?

➤ रिङ्गिट

२१.  ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

➤ जुन २३

२२.  हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

➤ अफ्रिका

२३.  विश्वको सबैभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?

➤ विम्बल्डन टेनिस प्रतियोगिता

  • सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको हो ।

२४.  ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

➤रणबहादुर शाह

  • राणाकालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।
  • भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयको सुरक्षाका लागि खटाएका थिए ।
  • चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए ।

२५. २०७८ को जनगणना अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ ?

➤१५१ जना (प्रति एक लाखमा), सबैभन्दा बढी मातृ मृत्युदर भएको प्रदेश लुम्बिनी र कम भएको प्रदेश बागमती रहेका छन् ।

२६.  राणा शासनविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चार सहिदमध्ये सबैभन्दा पहिला मारिने सहिद को थिए ? 

➤शुक्रराज शास्त्री

२७. काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?

➤वि.सं. २०७९ असार २

  • यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात पुगेको छ ।
  • वि.सं. २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

२८.  विश्वको सबैभन्दा अग्लो होटल कुन हो ?

➤जे होटल (चीन)

  • चीनको साङ्घाइमा रहेको यो होटल ६३२ मिटर अग्लो रहेको छ ।
  • यो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको हो ।

२९.  जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत केलाई मानिएको छ ? 

➤बिउ बैङ्क

  • अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका छन् ।
  • हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेका छन् ।
  • राम्रो खालका बिउ बैङ्कहरू कृषिमा जलवायु सङ्कटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुने छ ।
  • विश्वमा हाल झन्डै एक हजार सात सय बिउ बैङ्क वा जिन बैङ्क रहेका छन् ।

३०.  विश्वकै पुरानो टेनिस कोर्ट कुन हो ?

➤लन्डनस्थित ह्याम्टन टेनिस कोर्ट

  • द रोयल कोर्ट अफ लन्डन पनि भनिने यो कोर्ट सन् १५२६ देखि १५२९ को बिचमा बनेको हो ।
  • बेलायतका हेनरी आठौँले आफ्नी रानी अने बोलेयलाई उपहारस्वरूप यो टेनिस कोर्ट बनाएको इतिहासमा उल्लेख छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 65
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1560
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 61
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 114
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA