Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० साउन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 14, 2024
  • 720

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० साउन २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० साउन २०८१, बुधबार)

१.  सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ?

➤वि.सं २०७८ मङ्सिर १

  • हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने लक्ष्यसहित ई पासपोर्ट प्रयोगमा ल्याइएको हो ।
  • शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट प्रदान गरिएको थियो ।
  • सन् २०३० सम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको छ ।

२.  शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?

➤गुणकाम देव

३.  नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

➤लिच्छवि काल

४.  रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?

➤वि.सं २०६४ वैशाख १

५.  नेपालमा भारतको पहिलो महावाणिज्य दूतावास कहिले र कहाँ खोलियो ?

➤वि.सं २०६१ माघ ४, वीरगन्ज

६.  कुन सन्धिपश्चात् युरोपेली आर्थिक समुदाय युरोपेली सङ्घमा परिणत भएको हो ?

➤म्यास्ट्रिच सन्धि

७.  सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?

➤लाओस

८.  दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भागीरथ भन्नाले के बुझिन्छ ?

➤परिश्रमी

९.  कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?

➤स्थिति शक्ति (पोटेन्सिएल इनर्जी)

  • तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।

१०.  चाल शक्ति (काइनेटिक इनर्जी) भन्नाले के बुझिन्छ ?

➤वस्तुमा हुने चालको कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति

  • बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति निहित हुन्छ ।

११.  पृथ्वीबाट अन्तरिक्षमा पठाइएको पहिलो प्राणी कुन हो ?

➤लाइका नामक कुकुर (सन् १९५७)

१२.  नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?

➤मनको बाँघ

१३.  आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?

➤२४.०९ प्रतिशत

  • आर्थिक सर्वेक्षण अनुसार पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ ।
  • गत आव २.७६ प्रतिशतले उत्पादन वृद्धि भएको थियो भने चालु आवमा ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
  • गत आव कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेको थियो ।
  • समग्रमा उत्पादन तथा उत्पादकत्व बढेको हो तर बाँझो जमिनका कारण आत्मनिर्भरतर्फ अग्रसर नभएको जनाइएको छ ।
  • सातौँ कृषि गणना २०७८ अनुसार कृषक परिवार सङ्ख्या ७.८ प्रतिशतले वृद्धि भएकोमा कृषि चलनको कुल क्षेत्रफल १२.४ प्रतिशतले घटेको छ ।
  • सातौँ कृषि गणना अनुसार कुल जनसङ्ख्याको ६६.७ प्रतिशत जनसङ्ख्या कृषक परिवारभित्र रहेका छन् भने छैटौँ कृषि गणना अनुसार ७७.६ प्रतिशत जनसङ्ख्या कृषि परिवार भित्र थियो ।

१४.  अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने उद्देश्यका साथ ‘नेपाली पोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?

➤वि.सं २०७६ माघ १३

१५.  विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?

➤सन् १९८७, क्यानडाको मन्ट्रियल

१६.  नेपालकै पहिलो विज्ञान सङ्ग्रहालय ‘बिपी कोइराला मेमोरियल राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

➤कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा

  • यो सङ्ग्रहालय वि.सं २०७६ वैशाख २८ देखि सञ्चालनमा आएको हो ।
  • विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई सङ्ग्रहालयमा रहेका सामग्री बारे जानकारी दिन ‘फूलमाया’ नामक रोबर्टसमेत रहेको छ ।

१७.  नेपालमा र्याफ्टिङ सुरुवात कहिलेदेखि भएको हो ?

➤वि.सं २०२७

  • वि.सं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको हो ।

१८.  नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ?

➤भण्डारखाल पर्व

१९.  नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ ?

➤द्रविड

२०.  मुलुककै पहिलो पूर्ण खोप सुनिरिश्चत प्रदेश कुन हो ?

➤गण्डकी प्रदेश – वि.सं २०७५ भदौ १३ मा घोषित

 २१.  संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

➤सन् १९९८

  • संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।
  • हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।

२२.  अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाइन्छ ?

➤जुन २०

  • सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो ।
  • शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरेको उपलक्ष्यमा सन् २००० डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सो दिवस मनाउने सम्बन्धमा निर्णय गरेको हो । सन् १९५१ मा शरणार्थीसम्बन्धी घोषणापत्र जारी भएको थियो ।

२३. विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

➤सन् २०१२

  • नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने छ ।
  • डब्लुटिओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ ।

२४.  नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?

➤वि.सं २०८० चैत १८

  • काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाएको हो ।
  • इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिन्छ ।
  • यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ ।

२५.  राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?

➤वि.सं २०८० फागुन

  • बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याएको हो ।
  • विसं २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति २०८० स्वीकृत गरेको हो ।
  • नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो ।
  • सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो ।

२६.  नेपालको पर्यटनमा हाइ सिजनका रूपमा कुन महिनालाई लिइन्छ ?

➤अक्टोबर

  • नर्मल सिजन–फेब्रुअरी, लो सिजन–नोभेम्बर र अफ सिजन–मार्च हुन् ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 65
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1558
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 57
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 114
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA