३०औं जलवायु शिखर सम्मेलन (COP 30)
- कहाँ भएको? ➡️ ब्राजिलको बेलेम सहरमा
- कहिले भएको? ➡️ १० नोभेम्बर २०२५ देखि २१ नोभेम्बर २०२५
- मुख्य एजेन्डा के हो? ➡️ जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धि लाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धतालाई कार्यान्वयन
- नेपाल कसको नेतृत्वमा COP 30 मा सहभागी भएको? ➡️ कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (१ सदस्यसहित)
- नेपालले सम्मेलनमा सगरमाथा संवादका निष्कर्षका साथै जलवायुजन्य हानि नोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डाहरू प्रस्तुत गरेको,
- जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषयहरू पनि नेपालका प्राथमिक एजेन्डामा रहेका, नेपालले COP-३० को पूर्वसन्ध्यामा यही कार्तिक २० र २१ गते 'लिडर समिट' को आयोजना गरेको,
- COP को पूरा रूप? ➡️ Conference of the Parties
- पहिलो कॉप सम्मेलन (COP 1) कहिले र कहाँ भएको? ➡️ २८ मार्च देखि ७ अप्रिल, १९९५, जर्मनीको बर्लिनमा
- आगामी COP 31 कहिले र कहाँ हुने? ➡️ सन् २०२६, अष्ट्रेलियाको एडिलेडमा
- COP 29 कहाँ सम्पन्न भएको? ➡️ अजरबैजानको बाकुमा (११ नोभेम्बर-२२ नोभेम्बर, २०२४)