(८ मंसिर २०८२, सोमवार) नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री
१. मिस युनिभर्स-२०२५ को उपाधि विजेता को हुन् ?
उत्तर: फतिमा बोस (मेक्सिकोको)
- उपविजेता: थाइल्यान्डकी प्रविनर सिंह। भेनेजुएलाकी स्टेफनी अबासाली, फिलिपिन्सकी अहेटिसा मनालो र आइमरिकोस्टकी ओलिभिया यासे पनि शीर्ष ५ मा परेका थिए। नेपालको प्रतिनिधित्व सान्या अधिकारीले गरेकी थिइन्।

२. नेपाल सरकारले जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका कति जना मृतकलाई शहीद घोषणा गरेको छ ?
उत्तर: ४५ जना

३. विशिष्ट साधक सम्मान-२०८२ बाट सम्मानित हुने स्रष्टाहरू को-को हुन् ?
उत्तर: पहिलो नृत्य निर्देशक एवं प्रसिद्ध कलाकार भैरवबहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक एवं शब्द संकलक रेशम थापा

४. माइक्रोसफ्टले आफ्नो पहिलो विन्डोज सफ्टवेयर माइक्रोसफ्ट विन्डोज १ दशमलव ० कहिले सार्वजनिक गरेको हो ?
उत्तर: सन् १९८५ नोभेम्बर २०
५. "जयतु संस्कृतम्" आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
उत्तर: २००४ असार १
६. डिजिटल स्वायल म्याप कार्यक्रम कहिलेदेखि शुरु भएको हो ?
उत्तर: २०७७ फागुन १२ गते
७. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?
उत्तर: माघ १ गते
८. विश्व टेलिभिजन दिवस कहिले मनाइन्छ ?
उत्तर: नोभेम्बर २१
- (संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको थियो।)
९. सिस्ने हिमालको उचाइ कति रहेको छ ?
उत्तर: ५ हजार ९ सय १९ मिटर
१०. सेलिवाड दह कुन जिल्लामा पर्दछ ?
उत्तर: हुम्ला
११. विश्व वन्यजन्तु कोषको लोगो को रहेको छ ?
उत्तर: पाण्डा
१२. क्योटो प्रोटोकल केसँग सम्बन्धित रहेको छ ?
उत्तर: कार्बन व्यापार
१३. उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रम कतिवटा जिल्लामा लागू गरिएको छ ?
उत्तर: १३ जिल्ला
१४. मृत सागरदेखि सगरमाथासम्म पुस्तकका लेखक को हुन् ?
उत्तर: विश्व साइकलयात्री पुष्कर शाह