नेपालको प्रशासनिक विभाजन
- लिच्छवीकालमा नेपाललाई १३ वटा क्षेत्रमा विभाजन गरिएको,
- पृथ्वीनारायण शाहको पालामा नेपाललाई १२ वटा क्षेत्रमा विभाजन गरिएको,
- भीमसेन थापा नेपालको प्रधानमन्त्री हुदा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको,
- जंगबहादुर राणाको पालामा नेपाललाई ११ इकाईमा बाडिएको,
- वीर शमशेर नेपालको प्रधानमन्त्री हुँदा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो (पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला रहेको थियो भने गौंडा, गोश्वारा र गढी गरी जिल्लालाई ३ भागमा विभाजन गरिएको),
- राजा महेन्द्रको पालामा वि.सं. २०१७ बैशाख १ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो ।
- राजा वीरेन्द्रको पालामा वि.सं. २०२९ असार १३ मा ४ विकास क्षेत्रमा विभाजन गरियो भने राजा वीरेन्द्रकै पालामा वि.सं. २०३७ असोज २६ मा ५ विकास क्षेत्रमा विभाजन गरिएको,
- वि.सं. २०७२ असोज ३ मा ७ प्रदेश ७७ जिल्लामा विभाजन गरिएको,
- वि.सं. २०७३ फाल्गुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार र पछि विभिन्न मितिमा थप भई हाल ७५३ वटा स्थानीय तह जसमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका रहेका,
- वि.सं. २०७४ भदौँ ५ मा नेपाल ७७ जिल्लामा कायम,
- वि.सं. २०७५ चैत २८ गते ५ विकास क्षेत्र खारेज भएको,
- नेपालको संविधानको अनुसूची ४ मा सातओटा प्रदेश र ती प्रदेशमा रहने जिल्लाहरू उल्लेख गरिएको,