ASEAN को ११ औं सदस्य राष्ट्र: टिमोर-लेस्टे
- टिमोर-लेस्टे दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको संगठन (Association of Southeast Asian Nations (ASEAN)) को ११ औं सदस्य राष्ट्र बनेको,
- सन् १९९९ पछि आसियानको पहिलो सदस्यता विस्तार,
- सदस्यता ग्रहण मिति: २६ अक्टोबर, २०२५
- सदस्यता ग्रहण अवसर: ४७ औं आसियान शिखर सम्मेलन (47th ASEAN Summits) मा,
- टिमोर-लेस्टेको पुर्ण सदस्यता संगै आसियन राष्ट्रहरुको संख्या: ११
सदस्यता प्राप्तिको यात्रा (समयरेखा):
| वर्ष | प्रमुख कोशेढुङ्गा |
| २०११ | टिमोर-लेस्टेद्वारा आसियान सदस्यताका लागि औपचारिक आवेदन, |
| २०२२ | आसियान नेताहरूद्वारा सैद्धान्तिक रूपमा सदस्यता स्वीकार र 'पर्यवेक्षक राष्ट्र' (Observer Status) को दर्जा प्रदान, |
| २०२३ | 'पूर्ण सदस्यताका लागि मार्गचित्र' (Roadmap for Full Membership) तर्जुमा र कार्यान्वयन, |
| २०२५ | सदस्यता सम्बन्धी घोषणापत्रमा हस्ताक्षर र पूर्ण सदस्यता प्राप्ति |
यससंगै;
४७ औं आसियान शिखर सम्मेलन (47th ASEAN Summit):

- आयोजना मिति: २६ – २८ अक्टोबर, २०२५
- आयोजक राष्ट्र: मलेसिया
- स्थान: क्वालालम्पुर (Kuala Lumpur)
- अध्यक्षता: अनवर इब्राहिम (मलेसियाका प्रधानमन्त्री)
- नारा (Theme): "समावेशिता र दिगोपना" (Inclusivity and Sustainability)
- सम्मेलनको सबैभन्दा महत्वपूर्ण पक्ष: टिमोर-लेस्टे (Timor-Leste) लाई औपचारिक रूपमा आसियानको ११ औं पूर्ण सदस्य राष्ट्रका रूपमा स्वीकार,
४७ औं आसियान शिखर सम्मेलन (२०२५) को मुख्य सत्रहरूको सारांश:
| सत्र / बैठकको नाम | सहभागीहरू / मुख्य वक्ता | मुख्य एजेन्डा र निर्णयहरू |
| ४७ औं आसियान पूर्ण सत्र (Plenary Session) | आसियान नेताहरू, क्यानाडाका प्रम, EU अध्यक्ष, IMF प्रबन्ध निर्देशक | क्षेत्रीय एकीकरण, आर्थिक वृद्धि, कनेक्टिभिटी र ग्लोबल म्याक्रोइकोनोमिक समीक्षा, |
| रिट्रिट सत्र (Retreat Session) | आसियान सदस्य राष्ट्रका नेताहरू | म्यानमारको राजनीतिक र मानवीय संकट समाधानका लागि 'पाँच-बुँदे सहमति' को समीक्षा, |
| आसियान प्लस वन (ASEAN Plus One) | आसियान + ७ संवाद साझेदारहरू (अष्ट्रेलिया, चीन, भारत, जापान, कोरिया, रूस, अमेरिका) | व्यापार, डिजिटल अर्थतन्त्र, नवीकरणीय ऊर्जा र आपूर्ति श्रृंखला (Supply Chain) मा छलफल, |
| आसियान-न्युजिल्याण्ड विशेष समिट | आसियान र न्युजिल्याण्डका नेताहरू | सम्बन्धको ५० औं वर्षगाँठ मनाउँदै 'विस्तृत रणनीतिक साझेदारी' (CSP) को घोषणा, |
| २८ औं आसियान प्लस थ्री (APT) | आसियान + चीन, जापान र दक्षिण कोरिया | डिजिटल अर्थतन्त्र, स्वास्थ्य, शिक्षा र समुद्री सहयोगमा केन्द्रित, |
| २० औं पूर्वी एसिया समिट (EAS) | १९ सहभागी राष्ट्रहरू + ब्रजिल (BRICS अध्यक्ष) र दक्षिण अफ्रिका (G20 अध्यक्ष) | क्षेत्रीय शान्ति, स्थिरता र २० वर्षको उपलब्धिहरूको समीक्षा, |
| तेस्रो AZEC बैठक | एसिया जिरो एमिशन कम्युनिटीका नेताहरू | शून्य कार्बन उत्सर्जन (Net Zero) र हरित ऊर्जा प्रवर्द्धन, |
| पाँचौं RCEP शिखर सम्मेलन | RCEP सदस्य राष्ट्रहरू | क्षेत्रीय बृहत् आर्थिक साझेदारी र व्यापारिक सहजीकरण, |
| नेतृत्व हस्तान्तरण समारोह | मलेसिया र फिलिपिन्स | मलेसियाद्वारा फिलिपिन्स लाई सन् २०२६ को लागि आसियान अध्यक्षता हस्तान्तरण, |