Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ऊर्जा

  • Bikash Shrestha
  • August 14, 2025
  • 664

ऊर्जा

Energy


नेपालले विद्युत् ऊर्जाको क्षेत्रमा अनुभव हासिल गरेको एक शताब्दी पूरा भएको छ। वि.सं. १९६८ जेठ ९ गते ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् केन्द्रबाट नेपालको विद्युत् विकासको यात्रा सुरु भयो। आठौं पञ्चवर्षीय योजनासम्म यो क्षेत्रमा मुख्यतया सरकारी संलग्नता मात्र रह्यो। तर, नयाँ विद्युत् ऐन, २०४९ लागू भएपछि निजी क्षेत्रलाई समेत यस क्षेत्रमा संलग्न गराइयो।

विद्युत् उत्पादनसँगै वितरणको व्यवस्थापनका लागि विद्यमान प्रसारण तथा वितरण प्रणालीमा सुधार र विस्तार गरिएको छ। प्रसारण आयोजना सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन, बाह्य बजार विकास, र राष्ट्रिय ग्रिडको विस्तार तथा सुदृढीकरण अपेक्षाकृत रूपमा अघि बढ्न सफल भएका छन्। नेपाल–भारतको पहिलो अन्तरदेशीय उच्च भोल्टेज प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ, जसका कारण देशभित्र निर्माणाधीन जलविद्युत् र प्रसारण आयोजनाहरूको कार्य तिव्र गतिमा अघि बढिरहेको छ।

नेपालको समग्र विकास र समृद्धिका लागि जलस्रोतको उपयोग एक मात्र दिगो आधारको रूपमा स्थापित भएको छ। जलविद्युत् क्षेत्रमा निजी लगानीकर्ता र पुँजी बजारको आकर्षण बढ्दै गएकाले यस क्षेत्रमा लगानीको सम्भावना अझ प्रबल भएको छ, जसले थप आयोजनाहरूको निर्माणमा सहयोग पुर्‍याउने देखिन्छ।

जलविद्युत् उत्पादनको प्रचुर सम्भावना, आन्तरिक बजारमा पर्याप्त विद्युत् खपतको क्षमता, र निर्यातको अवसर रहेको अवस्थामा यस क्षेत्रलाई देशको ऊर्जा अभाव हटाउने र आर्थिक विकासको भरपर्दो आधारका रूपमा स्थापित गर्नु अपरिहार्य बनेको छ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 90
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 89
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 125
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA