Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वातावरण तथा जलवायु परिवर्तन

  • Bikash Shrestha
  • August 15, 2025
  • 609

वातावरण तथा जलवायु परिवर्तन

Environment and climate change

 

  • नेपाल भौगोलिक रूपमा विविधताले भरिपूर्ण देश हो, जहाँ नवीन पर्वत शृङ्खलाले यसको स्वरूप बनाएको छ। औद्योगिक विकास अत्यन्त न्यून भए पनि तराई, पहाड र काठमाडौं उपत्यकामा प्रशस्त इँटाभट्टा रहेका छन्। अव्यवस्थित सहरीकरणका कारण सहरका नदी–नालाहरू अत्यन्त प्रदूषित भएका छन्। वर्षा अनियमित छ, भूक्षयको दर उच्च छ, र वन अतिक्रमण बढ्दो अवस्थामा छ।
  • २०७९ फागुनसम्म झाडीबाट वनमा रूपान्तरणसहित नेपालमा ४१.६९ प्रतिशत भूभाग वनक्षेत्रमा रहेको छ, जुन २०७८ फागुनमा ४०.४ प्रतिशत मात्र थियो। नेपाल सन् १९६६ देखि संयुक्त राष्ट्र संघको सदस्य बनेको हो। सरकारले वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय पहलहरू सुरु गरे पनि औपचारिक नीति सन् १९८७ मा मात्र ल्याएको थियो। हाल सरकारले हावा, पानी र वनको संरक्षणका लागि प्रयास गरिरहेको छ।
  • विश्वव्यापी रूपमा देखा परेको जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपालले विभिन्न रणनीति अवलम्बन गरेको छ। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा प्रत्यक्ष असर परेको अनुभव भएको छ — तापक्रम वृद्धिदर बढेको छ र हिमपात पग्लने क्रम तेज भएको छ। यसैले २०६६ मंसिर १९ (४ डिसेम्बर २००९) मा मन्त्रिपरिषद्को बैठक सगरमाथाको आधार शिविर कालापत्थरमा बसेको थियो, जसको उद्देश्य हिमालय संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउनु थियो। साथै, हिमालय भएका विश्वका देशबीच ‘हिमालय जोगाउन नेटवर्क’ विस्तार गर्ने विशेष पहल पनि गरिएको छ।
  • पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी व्यवस्था छ। यस्तो मूल्याङ्कन नगरी निर्माण कार्य गर्दा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना उच्च हुन्छ।
  • बाँकेको नेपालगन्ज, दाङको घोराही, बाराको सिमरा र सुनसरीको झुम्कासहित चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना भई तत्कालीन अवस्थाको सार्वजनिक विवरण उपलब्ध गराउन थालिएको छ। साथै, सरकारले कार्बन व्यापारको नियमन र व्यवस्थापनका लागि सन् २००८ देखि RED (Reducing Emissions from Deforestation) कार्यक्रम सुरु गरि RED+ कार्यान्वयनमा ल्याएको छ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 90
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 89
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 125
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA