जी–२० शिखर सम्मेलन २०२५
- सम्पन्न स्थान - दक्षिण अफ्रिका, जोहानेसबर्ग
- मिति: सन् २०२५ नोभेम्बर २२–२३
- अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको,
- सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका,
- पर्यावरण र ऊर्जा, आर्थिक स्थिरता र व्यापार र स्रोत जस्ता विषयवस्तु समेटिएको जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित,
- घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश,

- G20 को स्थापना सन् १९९९ मा भएको (एशियाली वित्तीय सङ्कट (Asian financial crisis) (१९९७–१९९८) पछि यसको स्थापना भएको,)
- यो सबैभन्दा महत्वपूर्ण औद्योगिक र विकासशील अर्थतन्त्रहरू का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरू को एक अनौपचारिक मञ्च (informal forum),
- सुरुवाती फोकस: बृहत् समष्टिगत आर्थिक मुद्दाहरू (broad macroeconomic issues) मा केन्द्रित,
- हालको एजेन्डा: यसले आफ्नो कार्यक्षेत्रलाई विस्तार गरेको छ र अब यसमा व्यापार, जलवायु परिवर्तन, दिगो विकास (sustainable development), स्वास्थ्य, कृषि, ऊर्जा, वातावरण, र भ्रष्टाचार विरोधी (anti-corruption) लगायतका विषयहरू समावेश,
- सदस्य राष्ट्र र संगठन (Members and Bodies):
- १९ देश: अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, गणतन्त्र कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका।
- २ क्षेत्रीय निकाय: युरोपेली संघ (European Union - EU) र अफ्रिकी संघ (African Union - AU)
- विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP): लगभग ८५%
- विश्वको व्यापार (Global Trade): ७५% भन्दा बढी
- विश्वको जनसंख्या (World Population): करिब दुई तिहाइ (two-thirds)