Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका ऐतिहासिक व्यवस्थाहरू र अड्डाहरू

  • Ajnabee Khadka
  • November 30, 2025
  • 738

नेपालका ऐतिहासिक व्यवस्थाहरू र अड्डाहरू

Historical systems and bases of Nepal

१. शाहकालका प्रमुख व्यवस्थाहरू

यो खण्ड विशेष गरी पृथ्वीनारायण शाह र रणबहादुर शाहको पालामा स्थापित व्यवस्थाहरूमा केन्द्रित;

क्रम अड्डा/प्रथा संस्थापक/काल मुख्य कार्य तथा विशेषता
१ पजनी प्रथा पृथ्वीनारायण शाह कर्मचारी र सैनिक प्रशासनको समीक्षा, नवीकरण र छानीछानी पुनः नियुक्ति गर्ने प्रणाली।
२ मरवट नीति पृथ्वीनारायण शाह युद्धमा ज्यान गुमाउने सिपाहीका सन्ततिलाई आर्थिक सहायता (जग्गा) प्रदान गर्ने नीति।
४ खान्गी पृथ्वीनारायण शाह सैनिकहरूलाई आर्थिक र भौतिक सहयोग प्रदान गर्ने प्रथा।
५ कुमारी चोक पृथ्वीनारायण शाह समग्र देशका सम्पूर्ण कार्यालयहरूको आम्दानी-खर्चको हिसाबकिताब (लेखापरीक्षण) गर्ने र आर्थिक अनियमिततामा कारबाही गर्ने अड्डा।
६ मुन्सीखाना रणबहादुर शाह र भिमसेन थापा परराष्ट्र सम्बन्ध हेर्ने, राहदानी/पासपोर्टको व्यवस्था गर्ने र नेपालको सिमानाको संरक्षण गर्ने केन्द्रीय निकाय।
७ समरजंग कम्पनी रणबहादुर शाह दरबारको सुरक्षाका लागि स्थापित सैनिक टुकडी। (राणाकालमा 'चप्रासी कम्पनी' भनिन्थ्यो)।

 

२. राणाकालका प्रमुख व्यवस्थाहरू

यो खण्ड जङ्गबहादुरदेखि चन्द्रशमसेरसम्म का राणा प्रधानमन्त्रीहरूले स्थापित गरेका प्रमुख अड्डा र व्यवस्थाहरूमा केन्द्रित;

क्रम अड्डा/प्रथा संस्थापक/काल मुख्य कार्य तथा विशेषता
१ एग्नेट प्रथा जङ्गबहादुर राणा प्रधानमन्त्रीको रोलक्रम सुरुमा भाइहरूमा अनि पछि मात्र छोराहरूमा जाने व्यवस्था।
२ कौशल अड्डा जङ्गबहादुर राणा  ऐन कानुन तर्जुमा गर्ने, रायसल्लाह दिने अड्डा। यसै अड्डाले वि.सं. १९१० को मुलुकी ऐन तयार गरेको।
३ जंगी बन्दोबस्त अड्डा जङ्गबहादुर राणा (वि.सं १९०८) सैनिकहरूको भर्ना, तालिम, लगत राख्ने लगायतका सैनिक व्यवस्थापन गर्ने।
४ कौशीतोषाखाना जङ्गबहादुर राणा सम्पूर्ण राष्ट्रसेवकको तलब, भत्ता, निवृत्तिभरण (पेन्सन) प्रदान गर्ने र राज्यको खर्च व्यवस्थापन गर्ने।
५ मुलुकीखाना जङ्गबहादुर राणा मुलुकको कुल आम्दानीको ढुकुटीको रूपमा रहेको (हालको राष्ट्र बैंकजस्तै)। नोट निष्कासन समेत गर्ने।
६ तेजारथ अड्डा रणोद्विप सिंह कर्मचारीहरूलाई नगद ऋण प्रदान गर्ने उद्देश्यले स्थापित।
७ दौडाहा प्रथा वीर शमसेर जिल्लास्तरका कार्यालय र कर्मचारीहरूको क्रियाकलाप (सुपरिवेक्षण) हेर्ने घुम्ती निरीक्षण प्रणाली।
८ गोश्वारा अड्डा वीर शमसेर जिल्लास्तरका विभिन्न कार्यालयहरूको व्यवस्थापन गर्ने।
९ अपिल अड्डा वीर शमसेर / देव शमसेर (पुनर्संरचना) अदालत गोश्वारालाई वि.सं. १९५७ मा पुनर्संरचना गरी देवानी र फौंजदारी मुद्धाको अपिल सुन्ने व्यवस्था।
१० खड्ग निशाना अड्डा चन्द्रशमसेर (वि.सं १९६४) लालमोहरको सट्टा ऐनसरह मान्यता प्राप्त खड्ग, त्रिसूल, धनुको चिन्ह तथा श्री ३ को हस्ताक्षर छाप लागेको कागज जारी गर्ने।
११ बिन्तिपत्र निक्सारी अड्डा चन्द्र शमसेर न्यायिक निकायहरूबाट भएका देवानी फौंजदारी मुद्धाको अन्तिम पुनरावेदन सुन्ने सर्वोच्च न्यायिक अड्डा।

 

३. मल्लकाल तथा न्यायिक व्यवस्थाहरू

क्रम अड्डा/प्रथा संस्थापक/काल मुख्य कार्य तथा विशेषता
१ कोटिलिङ (कोटलिङ) मल्लकाल राणाकालसम्म प्रख्यात चार अदालतहरू (ईटाचपली, कोटलिङ, टक्सार र धनसार) मध्येको एक। देवानी र फौंजदारी मुद्धा हेर्ने।
२ टक्सार अड्डा मल्लकाल सिक्का (मुद्रा) निष्कासन गर्ने उद्देश्यले स्थापित। चन्द्रशमसेरले 'टक्साल अड्डा' को नाममा पुनर्गठन गरे।

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 90
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 88
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 125
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA