लुम्बिनी प्रदेश सम्बन्धी जानकारी
- क्षेत्रफल – २२,२८८ वर्ग कि.मी. (१५.१४%)
- जनसङ्ख्या – ५१,२२,०७८ (१७.५६%)
- लुम्बिनी प्रदेशको स्थायी राजधानी – देउखुरी, दाङ
- राजधानी घोषणा – २०७७ साल असोज २० गते
- प्रदेशको नामाकरण – २०७७ साल असोज २० गते
- जिल्ला संख्या – १२ वटा
- स्थानीय तह – १०९ वटा
- गाउँपालिका – ७३ वटा
- नगरपालिका – ३२ वटा
- उपमहानगरपालिका – ४ वटा
- बुटवल उपमहानगरपालिका
- तुलसीपुर उपमहानगरपालिका
- घोराही उपमहानगरपालिका
- नेपालगञ्ज उपमहानगरपालिका
- महानगरपालिका – ० वटा
- निर्वाचन क्षेत्र
- प्रतिनिधि सभातर्फ - २६
- प्रदेश सभातर्फ - ५२
- सबैभन्दा ठूलो जिल्ला – दाङ (२,९५५ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला – नवलपरासी पश्चिम (६३४.८८ वर्ग किलोमिटर)
- जनसङ्ख्यामा ठूलो जिल्ला – रुपन्देही
- जनसङ्ख्यामा सानो जिल्ला – पूर्वी रुकुम
- उपमहानगरपालिका भएको प्रदेश,
- महानगरपालिका नभएको प्रदेश,
- साक्षरता दर – ७८.१%
- मानव सूचकाङ्क – ०.५८०
- जम्मा वडा सङ्ख्या – १०६३ वटा