संगठनको नाम विवरण
UNEP (United Nations Environment Programme)
  • स्थापना: सन् १९७२
  • मुख्यालय: नैरोबी, केन्या
  • उद्देश्य: वातावरणीय संरक्षणका लागि नीति निर्माण, समन्वय, र सहयोग प्रवर्द्धन गर्नु।
IPCC (Intergovernmental Panel on Climate Change)
  • स्थापना: सन् १९८८
  • मुख्यालय: जेनेभा, स्वीट्जरल्यान्ड
  • उद्देश्य: जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्य संकलन, मूल्यांकन र नीति सिफारिस गर्नु।
  • सन् २००७ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेको,
WWF (World Wide Fund for Nature)
  • स्थापना: सन् १९६१
  • मुख्यालय: ग्लान्ड, स्वीट्जरल्यान्ड
  • उद्देश्य: जैव विविधता संरक्षण, वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा र सन्तुलित विकास।
IUCN (International Union for Conservation of Nature)
  • स्थापना: सन् १९४८
  • मुख्यालय: ग्लान्ड, स्वीट्जरल्यान्ड
  • उद्देश्य: प्रकृति संरक्षण र स्रोतहरूको दिगो उपयोगमा नीति तथा प्रविधि विकास गर्नु।
  • “IUCN Red List” को प्रकाशक — लोपोन्मुख प्रजातिहरूको अन्तर्राष्ट्रिय मापन मापदण्ड तय गर्ने संस्था
CITES (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora)
  • स्थापना: सन् १९७५ (स्वीकृत: सन् १९७३)
  • मुख्यालय: जेनेभा, स्वीट्जरल्यान्ड
  • उद्देश्य: लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन गर्नु।
ICIMOD (International Centre for Integrated Mountain Development)
  • स्थापना: सन् १९८३
  • मुख्यालय: ललितपुर, नेपाल
  • उद्देश्य: हिन्दकुश–हिमालय क्षेत्रमा वातावरणीय संरक्षण, पर्वतीय विकास, जलवायु अनुकूलनमा अनुसन्धान तथा नीति समर्थन।
  • ८ देशहरूको सदस्यता (Afghanistan, Bangladesh, Bhutan, China, India, Myanmar, Nepal, Pakistan) पर्वतीय पारिस्थितिकी प्रणालीमा केन्द्रित
Greenpeace International
  • स्थापना: सन् १९७१
  • मुख्यालय: एम्स्टर्डाम, नेदरल्याण्ड्स
  • उद्देश्य: वातावरणीय संकटहरूजस्तै – जलवायु परिवर्तन, वनोंको विनाश, समुद्री प्रदूषण विरुद्ध शान्तिपूर्ण प्रतिरोध।
Friends of the Earth International (FoEI)
  • स्थापना: सन् १९७१
  • मुख्यालय: एम्स्टर्डाम, नेदरल्याण्ड्स
  • उद्देश्य: वातावरणीय न्याय, जनताको अधिकार, र दिगो विकास प्रवर्द्धन।
  • ७०+ देशहरूमा स्वतन्त्र सदस्य संस्थाहरू, सामुदायिक आन्दोलनसँग प्रत्यक्ष जोडिएको,
WMO (World Meteorological Organization)
  • स्थापना: सन् १९५०
  • मुख्यालय: जेनेभा, स्वीट्जरल्यान्ड
  • उद्देश्य: मौसम विज्ञान, जलवायु विज्ञान, र जलसम्बन्धी सेवाहरूमा अन्तर्राष्ट्रिय समन्वय गर्नु।
  • IPCC को सह-संस्थापक,
  • जलवायु परिवर्तन मापनका लागि वैज्ञानिक आधार प्रदान गर्ने संस्था,
GEF (Global Environment Facility)
  • स्थापना: सन् १९९१
  • मुख्यालय: वाशिंगटन, डी.सी., अमेरिका
  • उद्देश्य: विकासशील राष्ट्रहरूमा वातावरणीय परियोजनाहरूमा आर्थिक सहयोग प्रदान गर्नु।
Earthwatch Institute
  • स्थापना: सन् १९७१
  • मुख्यालय: ओक्सफोर्ड, बेलायत
  • उद्देश्य: वातावरणीय अनुसन्धानमा सर्वसाधारणको सहभागिता (citizen science) प्रवर्द्धन।