Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ फागुन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • March 05, 2025
  • 614

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ फागुन २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ फागुन २०८१, बुधबार)

१.  नेपाल मुक्तक प्रष्ठिानको १२ औँ वार्षिकोत्सवका अवसरमा भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित सर्जक को हुन् ?

➤ मुक्तककार नन्द हाङ्खिम (पुरस्कार राशि : रु. ५१ हजार)

  • त्यसै गरी कृष्णरत्न चेतन मुक्तक पुरस्कार (राशिः रु. ३१ हजार) खगेन्द्र गिरी ‘कोपिला’ लाई प्रदान गरिएको । 

२.  भारत सरकारद्वारा सन् २०२५ मा प्रदान गरिने प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

➤ साहित्यकार गीता उपाध्याय (आसाम) र लोक कलाकार नरेन गुरुङ (सिक्किम)

  • दुई जना नेपालीभाषीलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूद्वारा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा सो पुरस्कार प्रदान गरिएको ।

 

३.  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि तोकेको नयाँ मिति कुन हो ?

➤ वि.सं. २०८२ जेठ ३–१०, कर्णाली प्रदेश

  • राष्ट्रिय खेलकुद परिषद्को फागुन १५ को बोर्ड बैठकले सो मिति तोकेको । 
  • यसअघि राखेपले १० औँ राष्ट्रिय खेलकुद २०८१ चैत्र २३–३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
  •  फागुन १५ मा भएको राखेपको १२१ औँ बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ जेठ १७–२१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

४.  अङ्ग्रेजी भाषालाई अमेरिकाको आधिकारिक भाषाको मान्यता कहिले प्रदान गरिएको हो ?

➤ सन् २०२५ मार्च १

  • आधिकारिक भाषाको मान्यता दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मार्च १ मा हस्ताक्षर गरेका हुन् । 
  • अमेरिकाको इतिहासमा पहिलो पटक कुनै एक भाषालाई राज्यको आधिकारिक भाषाको मान्यता दिइएको हो । 
  • अङ्ग्रेजीबाहेक अन्य भाषामा कागजात र सेवा प्रदान गर्न पूर्णत : रोक भने नलगाइएको ह्वाइट हाउसले जनाएको छ । 
  • राष्ट्रिय भाषाका रूपमा अङ्ग्रेजीलाई घोषणा गरिनुले राष्ट्रिय एकता बलियो बन्ने र साझा संस्कृतिलाई बढावा पुग्ने ह्वाइट हाउसले दाबी गरेको छ । 
  • अमेरिकी जनगणना ब्युरोको तथ्याङ्क अनुसार अमेरिकामा ३५० भन्दा बढी भाषा बोलिन्छ । 
  • ब्युरोको तथ्याङ्क अनुसार झन्डै ७८ प्रतिशतले घरमा प्राथमिक भाषाका रूपमा अङ्ग्रेजी बोल्ने गर्छन् । 
  • राष्ट्रपति ट्रम्पको यो कदमले सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिन्टनले गैरअङ्ग्रेजी भाषीलाई भाषा सहायता प्रदान गर्न सङ्घीय एजेन्सी र सङ्घीय अनुदानप्राप्त कर्तालाई आवश्यक पर्ने कागजात विभिन्न भाषामा तयार पार्न गरेको व्यवस्थालाई खारेज गरेको हो ।
  • अमेरिकाका ३० राज्यले अङ्ग्रेजीलाई आफ्नो आधिकारिक भाषा घोषणा गरिसकेका छन् ।

५.  नेपाली आकाशमा ६ वटा ग्रह एक साथ कहिले देखिए ?

➤ वि.सं. २०८१ माघ १४ (सन् २०२५ जनवरी २७)

  • नेपाली आकाशमा छ वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका । 
  • चार वटा ग्रह (शुक्र, मङ्गल, बृहस्पति र शनि) नाँगो आँखाले पनि देख्न (सूर्यको प्रकाशको परावर्तनले गर्दा ) सकिएको र दुई वटा ग्रह अरूण र बरुण टेलिस्कोपबाट देख्न सकिएको । 
  • उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिएको । 
  • कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले माघ १४ गते साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपबाट ती ६ वटा ग्रहलाई देखाएको थियो । 

६.  ९७ औँ संस्करणको ओस्कार अवार्ड (२०२५) मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ?

➤ अनोरा 

  • अमेरिकाको लस एन्जलसमा सम्पन्न ओस्कार अवार्ड समारोहमा यस वर्ष यौनकर्मीको कथामा आधारित चलचित्र अनोराले उत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको । 
  • ओस्कार अवार्ड २०२५ को मनोनयनका लागि नेपालबाट चलचित्र ‘शाम्बाला’ छनोट भएको थियो ।

❂ ओस्कार अवार्ड विजेता विधा एवं कलाकार : 

  • उत्कृष्ट चलचित्र : अनोरा 
  • उत्कृष्ट अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटालिस्ट) 
  • उत्कृष्ट अभिनेतृ : मिकी म्याडिसन (अनोरा) 
  • उत्कृष्ट सह–अभिनेता : केरन कुल्किन (अ रियल पेन)
  • उत्कृष्ट सह–अभिनेतृ : जोई साल्डाना (एमिलिया पेरेज)
  • उत्कृष्ट निर्देशक : सिन बेकर (अनोरा)
  • उत्कृष्ट छायाङ्कन : लोल क्रली (द ब्रुटालिस्ट)
  • उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर अवार्ड : आई एम स्टिल हियर (ब्राजिलियन चलचित्र)
  • उत्कृष्ट ध्वनि : ड्युन : पार्ट टु 
  • उत्कृष्ट दृष्य प्रभाव : ड्युन : पार्ट टु 
  • उत्कृष्ट सर्ट फिल्म अवार्ड : आई एम नट अ रोबोट (डच एआई फिल्म)
  • उत्कृष्ट मौलिक गीत : एल माल (चलचित्र : एमिलिया पेरेज)
  • उत्कृष्ट निर्माण डिजाइन : विक्ड
  • उत्कृष्ट मौलिक कथा : एनोरा 
  • उत्कृष्ट सम्पादन : सिन बेकर (एनोरा)
  • उत्कृष्ट डकुमेन्ट्री फिचर : नो अदर ल्यान्ड 
  • उत्कृष्ट एनिमेटेड फिचर फिल्म : फ्लो 
  • उत्कृष्ट एनिमेटेड सर्ट फिल्म : सिरिन सोहानी, होसेन मोलायमी (चलचित्र : इन द स्याडो अफ द साइप्रस) 
  • उत्कृष्ट कस्ट्युम डिजाइन : पल टेजवेल (विक्ड)
  • उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : मोली ओ ब्रिन र लिसा रेमिङ्टन (द ओन्ली गर्ल इन द अर्केस्ट्रा)
  • उत्कृष्ट मेकअप एन्ड हेयरस्टाइलिङ : द सब्सटेन्स
  • उत्कृष्ट म्युजिक (ओरिजिनल स्कोर) : डेनियल ब्लुमबर्ग (द ब्रुटालिस्ट)

७.  सार्कको नीति तर्जुमा गर्ने कार्य कुन अङ्गले गर्छ ?

➤ मन्त्रीपरिषद्

 

८.  मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

➤ जेरेन्टोलोजी 

 

९. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?

➤ प्याङ्क्रियाज

 

१०.  राजमाता वसन्तावतीले कुन नदीको किनारमा दुधको धारा बगाई सन्धि गराएकी थिइन् ?

➤ चेपे नदी

 

११. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? 

➤ अनुसेह अन्सारी

 

१२.  नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

➤ कपिलवस्तुको शुद्धोधन

 

१३.  नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

➤ सिद्धिदास अमात्य

 

१४.  केपी ओली कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कसले जित्यो ?

➤ मच्छिन्द्र फुटबल क्लव

  • दशरथ रङ्गशालामा २०८१ फागुन १९ मा भएको फाइनल खेलमा मच्छिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई २–० ले हराउँदै लगातार तेस्रो पटक उपाधि हात पारेको । 
  • मच्छिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेता आर्मीले पँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त पारेका । 
  • प्रतियोगिताको फाइनलको प्रमुख अतिथिका रूपमा पाँच पटक फिफा विश्वकप खेलेका र इटालीलाई विश्व च्याम्पियन बनाएका इटालियन गोलरक्षक जियानलुगी बुफोन रहेका । 
  • मच्छिन्द्रका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका । 
  • आर्मीका निराजन धामी उदीयमान खेलाडी घोषित भएका ।

१५.  सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन् ?

➤ लाउ ओटेन्स

 

१६. नेपाली राष्ट्रिय पुरुष फुटबलको मुख्य प्रशिक्षक को नियुक्त भएका छन् ?

➤ म्याट रोस, अस्ट्रेलिया (विसं २०८१ फागुन १८)

 

१७. “शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो ।” भन्ने विद्वान् को हुन् ?

➤ मार्क भानडोरेन, अमेरिकी कवि

 

१८.  प्राचीन कालमा चोभारलाई कच्छपाल गिरी भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?

➤ दोलाद्री गिरी

 

१९.  पिछडिएका जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिको लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?

➤ ट्क्याक्स होलिडे

 

२०. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?

➤ बाटुलेचौर, कास्की

 

२१.  एक पटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?

➤ पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन 

 

२२.  सिद्ध कैलाश गुफा कहाँ रहेको छ ?

➤ सल्यान 

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA