Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 15, 2025
  • 511

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ माघ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ माघ २०८१, बुधबार)

१.  हेन्ली पासपोर्ट इन्डेक्स–२०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ १०१ औँ

  • हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्सको विश्व वरीयताको शीर्ष स्थानमा सिङ्गापुर रहेको । 
  • फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन, अस्ट्रिया, शीर्ष तीनको सूचीमा रहेका । 

२.  नेपालको कूटनीतिक इतिहासमा पहिलो महिला राजदूतको पहिचान बनाउन सफल व्यक्तित्व विन्देश्वरी शाहको निधन कहिले भएको हो ?

➤ वि.सं २०८१ पुस १८ 

  • भारतीय नाकाबन्दीका बेला दिल्लीमा नेपाली राजदूत रहेकी शाहले कुशलतापूर्वक भारतसँग सम्बन्ध सञ्चालन गरेको कूटनीतिज्ञको भनाइ रहेको । 
  • २०१५ सालमा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी शाह नेपालको परराष्ट्र सेवाकी प्रथम महिला अधिकृत हुँदै ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यबाहक राजदूत भएकी । २०४४ सालमा उनी भारतका लागि राजदूत नियुक्त भएकी । उनी चर्चित बैङ्कर अनिलकेशरी शाहकी आमा हुन् । 

३.  बालगायक सचिन परियारको निधन कहिले भएको हो ?

➤ वि.सं २०८१ पुस १८ 

  • आफ्नै मौलिकपनले सामाजिक सञ्जालमा भाइरल भएका सचिनले दोहोरी गीत गाएर साथै मिठो शैलीमा कुरा गरेर सबैलाई मन्त्रमुग्ध पार्थे,
  • ओठ खोलेर, रातो रबर एक, रुमाल खस्छ कि, के छ र हजुर, वरको छायाले लगायत गीत गाएका सचिनले म्युजिक भिडियो र हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा अभिनय गरेका । 

४.  नेपालमा पहिलो पटक कुन वर्षलाई पर्यटन वर्षका रूपमा मनाइयो ?

➤ सन् १९९८ 

  • सरकारले २०२५–२०३५ लाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरेको । 

 

५.  अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित (विसं २०८१ पुस) व्यक्तित्व को हुन् ?

➤ दीपक विश्वकर्मा (उपप्रमुख : निलकण्ठ नपा, धादिङ) 

  • भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनमा उनलाई सो पुरस्कार प्रदान गरिएको ।

६.  नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी को हुन् ?

➤ वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा 

  • महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको । 
  • महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको । 
  • महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका । 

७.  १८ वर्षको उमेरमै विश्व चेस च्याम्पियनासिपको उपाधि जित्दै नयाँ कीर्तिमान कायम गर्ने किशोर खेलाडी को हुन् ?

➤ गुकेश डोम्माराज (भारत) 

  • सन् २०२४ डिसेम्बरमा सिङ्गापुरमा भएको प्रतियोगितामा उनले सो उपाधि जितेका । 
  • सन् २००६ को मेमा जन्मिएका गुकेश अहिलेसम्मको सबैभन्दा कान्छो चेस विश्वविजेता हुन् । यसअघि सन् १९८५ मा मस्कोमा अनातोली कार्पोभलाई हराएर कान्छो चेस विश्वविजेता बनेका २२ वर्षीय गेरी कास्पारोभको रेकर्डलाई तोड्दै उनले कीर्तिमान कायम गरेका । 
  • गुकेशले २५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेका । 
  • गुकेशले सन् २०१९ जनवरी १५ मा १२ वर्ष ७ महिना १७ दिनको उमेरमा सबैभन्दा कम उमेरमा ग्रान्डमास्टर बन्ने दोस्रो खेलाडी बनेका । उनीभन्दा अघि यस्तो इतिहास रच्ने रसियाका सर्गेई कार्जाकिन हुन् । 

८.  दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ (गहिरो खोतल्ने) कार्य कहिले सम्पन्न भएको छ ?

➤ वि.सं २०८१ पुस १७ 

  • विसं २०८१ वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङ कार्य पुस १७ मा सकिएको खानी तथा भूगर्भ विभागले जनाएको । 
  • पेट्रोलियम अन्वेषणका निम्ति ड्रिलिङ सम्पन्न गरी नमुना सङ्कलन गरिएको । 
  • दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा चार हजार दुई मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना निकालिएको । 
  • ड्रिलिङ गरिएको स्थानमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको । अब चीनमा गरिने परीक्षणबाट त्यो भण्डार कति व्यापक छ र व्यावसायिक उत्पादनको सम्भावना भए नभएको पत्ता लाग्ने । 
  • खानी तथा भूगर्भ विभाग, चाइना जिओलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरेका ।

९.  सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या कति प्रतिशतले वृद्धि भएको छ ?

➤ १३ प्रतिशत 

  • सन् २०२३ : १० लाख १४ हजार ८८२ 
  • सन् २०२४ : ११ लाख ४७ हजार ५६७ 

★ पर्यटक आगमनका हिसाबले प्रमुख राष्ट्रहरू : 

  • पहिलो : भारत : तीन लाख १७ हजार ७७२
  • दोस्रो : अमेरिका : एक लाख ११ हजार २१६ 
  • तेस्रो : चीन : एक लाख एक हजार ८७९
  • चौथो : बेलायत : ५७ हजार ५५४ 

 

१०.  अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा सम्पन्न गोल्डन चलचित्र अवार्ड २०२४ मा लाइफटाइम अचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?

➤ अभिनेता शिव श्रेष्ठ 

  • उत्कृष्ट चलचित्र : पुजार सार्की 
  • उत्कृष्ट अभिनेता : अनमोल केसी (चलचित्र : फर्की फर्की) 
  • उत्कृष्ट अभिनेतृ : आँचल शर्मा (चलचित्र : डिग्री माइला) 
  • उत्कृष्ट निर्देशक : दिनेश राउत (चलचित्र : पुजार सार्की)
  • पपुलर अभिनेता : प्रदीप खड्का
  • पपुलर अभिनेतृ : केकी अधिकारी 
  • उत्कृष्ट लेखक : दीपेन्द्र लामा (चलचित्र : नाङ्गो गाउँ) 
  • उत्कृष्ट छायाकार : आलोक शुक्ला (चलचित्र : नाङ्गो गाउँ)
  • उत्कृष्ट गायक : एसडी योगी (चलचित्र ः नाङ्गो गाउँं, सुन सुन सुन्दरी गीतबाट ।)
  • उत्कृष्ट गायिका : समीक्षा अधिकारी (चलचित्र : बोक्सीको घर, बुझिनँ मैले गीतबाट)
  • उत्कृष्ट सङ्गीतकार : प्रकाश सपुत
  • उत्कृष्ट सहअभिनेता : प्रमोद अग्रहरि (चलचित्र : अगस्त्य)
  • उत्कृष्ट सहअभिनेतृ : वर्षा शिवाकोटी (चलचित्र : परदेश) 
  • उत्कृष्ट सम्पादक : मित्र गुरुङ (चलचित्र : उपहार) 
  • क्रिटिक्स च्वाइस अवार्ड : गाउँ आएको बाटो 
  • जुरी अवार्ड : बोक्सीको घर 
  • क्यालिफोर्निया जस्तो महँगो सहरमा नेपाली कलाकर्मी लगेर अवार्ड गर्नु गौरवको कुरा भएको साथै यस खालको सहागितामूलक अवार्डले नेपाली फिल्मको बजार, प्रभाव र आकर्षण विस्तार हुने विश्वास लिइएको ।

११.  सन् २०३४ को फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना कहाँ हुने भएको छ ?

➤ साउदी अरेबिया 

  • सन् २०२६ को विश्वकप आयोजक राष्ट्रहरू : अमेरिका, मेक्सिको र क्यानडा (सम्युक्त रूपमा) 
  • सन् २०३० को विश्वकप आयोजक राष्ट्रहरू : तीन महादेशका छ राष्ट्र 
  • युरोप : स्पेन, पोर्चुगल; अफ्रिका : मोरक्को; दक्षिण अमेरिका : अर्जेन्टिना, उरुग्वे र पाराग्वे; 
  • सन् २०३० मा फिफा विश्वकप फुटबलको आयोजना १०० वर्षे पुगेको अवसरमा फुटबलको उत्सव मनाउन फिफाद्वारा दक्षिण अमेरिकाका तीन राष्ट्रमा पनि खेल आयोजना गरिने भएको । 

 

१२.  सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

➤ माघ १४ (वि.सं २०८१ पुस १६ को मन्त्रीपरिषद्को निर्णय ।)

 

१३.  जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ ?

➤ एन्जाइवर

  • (विश्वमा भएका विविध कीर्तिमान उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको 
  • लन्डनमा भएको ।)

 

१४.  पहिलो विश्व संस्कृत सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ? 

➤ सन् १९७२ मार्च २६–३१, नयाँ दिल्ली

 

१५.  प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१ : २०१९ (पिआइएमएस) को मान्यता पाउन सफल पहिलो नेपाली दूरसञ्चार कम्पनी कुन हो ?

➤ एनसेल

  • यस उपलब्धिसँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पिआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दुर सञ्चार कम्पनी बनेको । 

१६.  मनोरम कोहिलाई ताल कहाँ रहेको छ ?

➤ राजिपुर, कैलाली

 

१७.  नेपाल सरकारद्वारा वाणिज्य नीति, २०८१ कहिले स्वीकृत गरिएको हो ?

➤ वि.सं. २०८१ पुस १६

१८.  आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ?

➤ नबिल बैङ्क लि.(सन् २०२५ जनवरी)

  • नबिल बैङ्कले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको । 
  • विश्वव्यापी मान्यताप्राप्त संस्था इन्टरसर्टले प्रदान गर्ने यो प्रमाणपत्र सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्ड हो ।

 

१९.  भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने ग्रेट भिक्टोरिया मरुभूमि कहाँ पर्छ ?

➤ अस्ट्रेलिया

 

२०. ‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ? 

➤ मदनमणि दीक्षितको उपन्यास

 

२१.  ‘लस्ट इन ट्रान्जिसन’ नामक कृतिका लेखक को हुन् ?

➤ कुलचन्द्र गौतम

 

२२.  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि गरेको हो ?

➤ वि.सं २०८१ माघ १

  • केन्द्रीय बैङ्कले २०८१ पुस २५ मा निर्देशन जारी गर्दै १ माघदेखि बैङ्क तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नम्बरका आधारमा मात्रै खाता खोल्नुपर्ने व्यवस्था गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी   

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 65
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1555
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 57
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 114
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA