Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • February 12, 2025
  • 679

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

१.  नइ प्रकाशनद्वारा २०८० सालको नइ चन्द्रधन पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

➤ प्रा.चेतोनाथ शर्मा आचार्य 

  • नइ भूपालदुर्गा पुरस्कार : संस्कृतिविज्ञ हरिराम जोशी 
  • नइ देरुनिख सुकीर्ति पुरस्कार : प्रा. गोपीकृष्ण शर्मा 
  • नइ कीर्तिनिधि पुरस्कार : प्राडा मोहन लोहनी
  • नइ भावि पुरस्कार : न्युरो सर्जन डा. वसन्त पन्त
  • नइ भाजप पुरस्कार : कमल प्रधान र ध्रुव थापा (संयुक्त रूपमा) 
  • नइ रेखा पुरस्कार : साहित्यकार रञ्जुश्री पराजुली 
  • नइ धनरूप पुरस्कार :  शान्तिनारायण श्रेष्ठ 
  • नइ बुलु शर्मा पुरस्कार : राधिका गुरागाई 
  • नइ देरुनिख प्रदीप्ति पुरस्कार : कृष्णप्रसाद बस्याल (राशि : रु. ६० हजार)
  • नइ कपिल शोध पुरस्कार : साहित्यकार ठाकुर शर्मा भण्डारी (राशि : रु ५० हजार)
  • नइ देरुनिख गौरव पुरस्कार : झापाका धनकुटे कान्छा (राशि : रु ५० हजार)
  • नइ रामलक्ष्मी पुरस्कार : रजनी थकाली, पोखरा (राशि : रु. ५० हजार)
  • नइ देरुनिख पौरख पुरस्कार : मनिषा राजवंशी (राशि : रु. २५ हजार)

२.  सरकारले रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?

➤ वि.सं. २०८१ माघ १० 

  • विभिन्न सर्तसहित रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको । 
  • कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याएबिना अनुमति धपाउन, लखेट्न र पक्रन पाइने छ । त्यसक्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहबरमा मुचुल्का उठाइ गाड्नसमेत पाइने छ । 
  • लखेट्ने वा पक्रने क्रममा म¥यो भने त्यस्तो बाँदरको सङ्ख्याको विवरण राख्नुपर्ने गरी सर्त तोकिएको । 
  • सरकारले यसअघि जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेकोमा थप एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो सँगै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेक जङ्गली बँदेललाई बिनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न पाइने भएको छ । धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेल मरे त्यसलाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहित स्थानीय पाँच व्यक्तिको रोहवरमा सम्बन्धित वडाभित्र उपयोग गर्न वा गाड्न पाइने छ । 

३.  नेपालले आठ हजार मिटर अग्ला आठ हिमालसहित कति वटा हिमाल आरोहणका लागि खुला गरेको छ ?

➤ ४६१

 

४.  ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल निर्वाचन आयोगमा कहिले दर्ता भयो ?

➤ वि.सं. २०८१ माघ ८

  • नेता राजेन्द्र महतो नेतृत्वको सो पार्टी निर्वाचन आयोगमा दर्ता भई आयोगले प्रमाणपत्र प्रदान गरेको । 
  • सो पार्टीलाई ग्यास सिलिन्डर चुनावचिह्न प्रदान गरिएको । साथै गाढा निलो रङको आयतकार झण्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डासमेत प्रदान गरिएको । 

५.  इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद् (युएनएचआरसी) बाट अलग हुने घोषणा कहिले गरेको हो ?

➤ सन् २०२५ फेब्रुअरी ६

  • इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रसङ्घको शीर्ष मानव अधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको। 

६.  विसं २०८१ माघमा सम्पन्न २५ औँ संस्करणको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

➤ एनआरटी 

  • धरान रङ्गशालामा सम्पन्न फाइनलमा साबिक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको । एनआरटी लगातार दोस्रो पटक बुढासुब्बा गोल्ड कपको उपाधि जित्न सफल भएको । एनआरटी १० औँ संस्करणको उपाधि बिजेतासमेत हो । 
  • विजेता एनआरटीले १० लाख रुपियाँ र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपियाँ पुरस्कार राशि प्राप्त गरेका । 
  • सर्वाधिक गोलकर्ता : चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड भिदोङ घोषित भएका । 
  • उत्कृष्ट खेलाडी : शिशिर लेखी (एनआरटी)
  • उत्कृष्ट गोलकिपर : प्रमिजय गच्छदार (एनआरटी)
  • उत्कृष्ट प्रशिक्षक : हरिओम श्रेष्ठ (एनआरटी)
  • उत्कृष्ट फरवार्ड : समीर तामाङ (चर्च ब्वाइज) 

७.  अमर नेम्बाङ स्मृति साहित्यिक सम्मान कसलाई प्रदान गरियो ?

➤ साहित्यकार कृष्ण धरावासी र कवि स्वप्निल स्मृति (पुरस्कार राशि : जनही ५० हजार रुपियाँ)

  • हरेक वर्ष स्मृति दिवसमा दुई जना साहित्यकारलाई सम्मान गरिँदै आएको ।

 

८.  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ सालमा प्रदान गरिने सुशासन पुरस्कारबाट कसलाई सम्मान गर्यो ?

➤ रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) 

  • आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको । 
  • पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पु¥याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको । 

 

९.  नेपाल र चीन दुवैतर्फबाट सगरमाथा चढ्ने पहिलो महिला पर्वतारोही को हुन् ?

➤ क्यान ओ डोड 

 

१०.  आइसिसी यु–१९ महिला टी–२० विश्वकपको उपाधि कसले जित्यो ?

➤ भारत

  •  सन् २०२५ फेब्रुअरी २ मा मलेसियामा सम्पन्न फाइनल प्रतियोगितामा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारत लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको।
  • यस अघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्ग्ल्यान्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो। 
  • नेपाल पनि पहिलो पटक यस विश्वकपमा सहभागी भएको थियो । 

 

११.  नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

➤ प्रथम पञ्चवर्षीय योजना

 

१२.  लोकप्रिय गायक रामकृष्ण ढकाल उनको जन्मथलो निजगढमा के उपाधिबाट सम्मानित भएका छन् ?

➤ गायन सम्राट (विसं २०८१ माघ)

  • निजगढ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित प्रथम निजगढ महोत्सव–२०२१ मा प्रस्तुति दिन पुगेका ढकाललाई निजगढ नगरपालिकाका तर्फबाट सो उपाधिले सम्मानित गरिएको । 

 

१३.  विश्व सङ्गीत जगत्को सर्वाधिक प्रतिष्ठित ग्रामी अवार्डको ६७ औँ संस्करणमा उत्कृष्ट गीतसहित सर्वाधिक पाँच अवार्ड चुम्न सफल कलाकार को हुन् ?

➤ र्याप गायक केन्ड्रिक लामार 

  • उत्कृष्ट गीत, रेकर्ड अफ द इयर, उत्कृष्ट र्‍याप गीत, र्‍याप पर्फर्मेन्स र म्युजिक भिडियो (५ विधा) : केन्ड्रिक लामार 
  • त्यस्तै वियोन्सेले आफ्नो एल्बम काउब्वाई कार्टरबाट उत्कृष्ट एल्बम, कन्ट्री गीत र समूह प्रस्तुतिसमेत गरी तीन ग्रामी अवार्ड हात पारेकी । 
  • नव कलाकार : चपेल रोन 
  • संयुक्त पप प्रस्तुति : लेडी गागा र ब्रुनो मार्स (डाइ विथ अ स्माइल)
  • उत्कृष्ट रक प्रस्तुति : बिटल्सको नाउ एन्ड देन 
  • उत्कृष्ट रक एल्बम : द रोलिङ स्टोन्सको हाक्नी डाइमन्ड 
  • उत्कृष्ट पप भोकल एल्बम : सर्ट एन्ड स्विट (सब्रिना कार्पेन्टर) 
  • उत्कृष्ट एकल प्रस्तुति : एस्प्रेसो 
  • उत्कृष्ट डान्स : नेभरेन्डर (जस्टिस एन्ड टिम इम्पाला) 
  • उत्कृष्ट टे«डिसनल पप भोकल : नोरा जोन्सको भिजन 
  • अल्टरनेटिभ म्युजिक एल्बल : सेन्ट भिन्सेन्टको अल बर्न स्व्रिmमिङ
  • उत्कृष्ट मेटल पर्फर्मेन्स : मिया क्लुपा
  • उत्कृष्ट र्याप प्रस्तुति : थ्री एएम
  • उत्कृष्ट र्याप एल्बम : एलिगेटर बिट्रस नेभर हिल कन्ट्री विधातर्फ 
  • उत्कृष्ट एकल प्रस्तुति : क्रिस स्टापलेटनको इट टेक्स अ वुमन 
  • उत्कृष्ट समूह प्रस्तुति : वियोन्से र माइली साइरसको सेकेन्ड मस्ट वान्टेड 
  • उत्कृष्ट गीत : द आर्किटेक

★ आर एन्ड बी र एफ्रोविट अन्तर्गत

  • प्रोग्रेसिभ एल्बम : सो ग्ल्याड टु नो 
  • उत्कृष्ट एल्बम : इलेभेन इलेभेन (क्रिस ब्राउन) 
  • उत्कृष्ट अफ्रिकन सङ्गीत प्रस्तुति : लभ मी जेजे 
  • उत्पादन तथा गीत लेखन (नन क्लासिकल) : डेनियल नेग्रो 

★ फिल्म तथा टेलिभिजन सङ्गीत अन्तर्गत 

  • उत्कृष्ट कमेडी एल्बम : द ड्रिमर
  • साउन्ड ट्रयाक फर भिजुअल मिडिया : ड्युन पार्ट २
  • भिजुअल मिडिया गीत : इट नेभर वेन्ट
  • अडियो बुक न्यारेसन : जिमी कार्टर 
  • म्युजिक फिल्म अवार्ड : अमेरिकन सिम्फोनी 

१३.  हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

➤ साइक्लोन 

  • थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।

 

१४. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ ? 

➤ प्राथमिक स्वास्थ्य उपचार

 

१५. फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

➤ सिङ्गापुर

  • सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमा नवमुक्त प्रदेश घोषणा गरिएको।

 

१६.  अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

➤ प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

 

१७.  प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्याउने प्रक्रियालाई के भनिन्छ ?

➤ प्रकाश विच्छेदन

 

१८.  भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?

➤ विलियम जर्ज मोर्गन (सन् १८९५)

  • अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका ।

 

१९.  मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?

➤ मोटोरोला (अमेरिका, सन् १९७३ अप्रिल)

 

२०. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन भने पाल्पाका अन्तिम राजा को हुन् ? 

➤ पृथ्वीपाल सेन 

 

२१.  वानीरा फाउन्डेसनले वानीरा प्रज्ञा पुरस्कार २०८१ कसलाई प्रदान गर्‍यो ?

➤ प्रा. रामकुमार पाँडे 

  • वानीरा शङ्कर पुरस्कार : वरिष्ठ कलाकार शशि शाह 
  • ख्यातिप्राप्त साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको । 
  • कवि कृष्ण बाउसेलाई ५० हजार रुपियाँ राशिको वानीरा पुरस्कारबाट सम्मानित गरिएको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 90
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 89
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 125
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA