Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२४ पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 08, 2025
  • 730

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२४ पुस २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२४ पुस २०८१, बुधबार)

१.  त्रिवि स्थापनाको साढे छ दशकको अवधिमा सर्वाधिक बढी विद्यार्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो ?

➤ ५० औँ दीक्षान्त समारोह (वि.सं. २०८१ पुस १३) 

  • त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा दशरथ रङ्गशालामा पुस १३ मा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४,३०८ जना विद्यार्थी सहभागी भएका ।
  • यसअघि सबैभन्दा धेरै विद्यार्थी गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा १२,३७४ जना विद्यार्थी सहभागी थिए । 
  • अबदेखि छ–छ महिनामा दीक्षान्त समारोह आयोजना गर्ने पनिकाले जनाएको । 

२.  नेवाःपत्रकार राष्ट्रिय दबूले स्वतन्त्र सेनानी पुरस्कार २०८१ कसलाई प्रदान ग-यो ?

➤ स्व. सत्यनारायणबहादुर श्रेष्ठ 

  • सो संस्थाले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्ष (२०८०) देखि पुरस्कार प्रदान गर्न थालेको । 

३.  सहकारी ऐनमा भएको नयाँ व्यवस्था अनुसार एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ ?

➤ रु. ५० लाख

  • अब एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई ५० लाखसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेका सहकारीलाई २५ लाखसम्म र एक जिल्ला मात्र कार्यक्षेत्र रहेका सहकारीलाई १० लाख रुपियाँसम्म बचतको सीमा तोकिएको । 
  • वि.सं. २०८१ पुस १४ मा जारी सहकारीसम्बन्धी नयाँ अध्यादेशमा सोसम्बन्धी व्यवस्था गरिएको । 
  • बचत तथा ऋण सहकारीमा दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नमिल्ने व्यवस्था गरिएको ।

 

४.  विद्युत् विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत् जडित क्षमता कति पु-याउने लक्ष्य छ ?

➤ २८ हजार ५०० मेगावाट

  • विसं २०८१ पुस १६ को मन्त्रीपरिषद् बैठकले सो मार्गचित्र स्वीकृत गरेको । 
  • सन् २०३५ सम्ममा १५ हजार मेगावाट विद्युत् भारत, बङ्गलादेश र चीनमा निर्यात गर्ने लक्ष्य राखिएको । 
  • उत्पादित विद्युत्मा १३ हजार ५०० मेगावाट विद्युत् नेपालमै खपत गर्ने लक्ष्य रहेको । हाल नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको । 
  • मार्गचित्र अनुसार सन् २०३५ सम्ममा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य रहेको । अहिले भारतमा वर्षामा एक हजार मेगावाटसम्म विद्युत् निर्यात हुने गरेको छ । 
  • सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पु-याउने लक्ष्य लिइएको । हाल नेपालको प्रतिव्यक्ति खपत प्रतिवर्ष ४१० युनिट रहेको । 
  • अहिले नेपालमा भएका सवस्टेसनको क्षमता दुई हजार ५०० एमभिए छ । २०३५ सम्म ४० हजार एमभिए क्षमताको सबस्टेसन बनाउने लक्ष्य लिइएको ।
  • हाल देशभर सात हजार किमी सर्किटको प्रसारण लाइन रहेको । अब थप १७ हजार ४०० किमी सर्किट प्रसारण लाइन बनाउनुपर्ने देखिएको । 

 

५.  सरकारले पाँचौँ सस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले गर्ने निर्णय गरेको छ ?

➤ वि.सं. २०८१ फागुन १६ र १७, काठमाडौँ 

 

६.  एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

➤ दोहोरो कर मुक्ति सम्झौता (म्त्ब्ब्)

 

७. नेपालसँग बिप्पा र दोहोरो करमुक्ति दुवै सम्झौता भएका मुलुक कुन कुन हुन् ? 

➤ भारत र मौरिसस

 

८.  बाबुले लेखेर छोराले पूर्णता दिएको कृति कुन हो ?

➤ कादम्बरी 

 

९. ‘गुरिल्ला अफ टाइम’ कुन व्यक्तित्वको जीवनमा आधारित पुस्तक हो ?

➤ फिडेल क्यास्ट्रो (क्युबा)

 

१०.  पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?

➤ सुन्दरलाल बहुगुणा

  • भारतको गडवाल क्षेत्रमा वन फँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका ।
  • सकेसम्म रुख नकाट, रुख काट्ने नै भए पहिले हामीलाई समाप्त गरेर मात्र रुख काट भन्ने प्रतीकात्मक सन्देश दिने उद्देश्यका सााथ अभियान सञ्चालन गरिएको ।

 

११. इतिहासकार पुरुषोत्तमशमशेर राणाको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८१ मङ्सिर २० (९९ वर्षको उमेरमा)

  • राणाका श्री ३ हरूको तथ्य वृत्तान्त (तीन भाग), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, मेरो जीवनका स्मृतिहरू, जङ्गबहादुर र राणाकालीन दर्पणलगायतका पुस्तक प्रकाशित छन् । 
  • राणा रुद्रशमशेरका नाति र ईश्वरशमशेरका छोरा हुन् । जुद्धशमशेरले हजुरबुबा रुद्रशमशेरलाई पाल्पा लखेट्दा पुरुषोत्तम मात्र आठ वर्षका थिए । 

 

१२. नेपालले कार्बन व्यापारबाट पहिलो पटक कति रकम प्राप्त गरेको छ ? 

➤ रु. एक अर्ब ६० करोड

  • विश्व बैङ्कको वन–कार्बन साझेदारी सुविधा (एफसिपिएफ) कार्यव्रmमसँगको सम्झौताका आधारमा नेपालले पहिलो किस्तामा सो रकम प्राप्त गरेको । 
  • रौतहटदेखि कञ्चनपुरसम्मका तराईका १३ जिल्लाका १७ लाख हेक्टर वनजङ्गलबाट सन् २०१८ देखि सन् २०२४ सम्म २.४ मिलियन टन कार्बन उत्सर्जन घटाएबापत विश्व बैङ्कबाट सो रकम प्राप्त भएको । 

 

१३. दक्षिण एसियाकै पहिलो सुरुङ मानिने चुरियामाई सुरुङ मार्ग सर्वसाधारणका लागि कहिले खुला गरिएको हो ? 

➤ वि.सं. २०८१ पुस ८

  • चुरियामाई सुरुङमार्गको डिजाइन र निर्माण कार्य इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको नेतृत्वमा विसं १९७४ मा सुरु भएको । तत्कालीन समयमा सुरुङ बनाउन दुई वर्ष लागेको बताइन्छ । 
  • इतिहासकार टोनी हेगनका अनुसार सो सुरुङमार्ग दक्षिण एसियामै पहिलो भएको उल्लेख ।
  • पुनर्निर्माण कार्य सम्पन्न गरी सो सुरुङमार्ग २०८१ पुस ८ देखि सर्वसाधारणका लागि खुला गरिएको ।

 

१४. ७७ जिल्लामै शाखा पु-याएको निजी क्षेत्रको पहिलो बैङ्क कुन हो ? 

➤ ग्लोबल आईएमई बैङ्क लि.

 

१५. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रत्यक्ष पहुँच एकाइका रूपमा मान्यता दिने अन्तर्राष्ट्रिय संस्था कुन हो ? 

➤ हरित जलवायु कोष (जिसिएफ)

 

१६.  नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?

➤ नगरपालिकाको उपप्रमुख 

 

१७.  अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

➤ अर्थमन्त्री 

 

१८. ‘फल आर्मी वर्म’ केसँग सम्बन्धित छ ?

➤ मकैबाली सखाप पार्ने किरा

 

१९.  पाठ्यक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?

➤ उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ कौशल र मूल्याङ्कनको लेखाजोखा

 

२०.  महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीका पालामा शिक्षामन्त्री भएका थिए ?

➤ डा. केआई सिंह

 

२१. बैङ्किङ क्षेत्रको ओस्कार मानिने बैङ्क अफ द इयर २०२४ अवार्डबाट सम्मानित नेपाली बैङ्क कुन हो ? 

➤ सिटिजन बैङ्क इन्टरनेसनल

  • बेलायतस्थित द फाइनान्सियल टाइम्सद्वारा सन् २०२४ डिसेम्बर ४ तारिखमा लन्डनमा आयोजित कार्यव्रmममा बैङ्कलाई सो अवार्ड प्रदान गरिएको । 
  • दी फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैङ्कको कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैङ्क अफ दी इयरबाट सम्मानित गर्ने गरेको । 

२२. फाइभ आई अलायन्स भन्नाले के बुझिन्छ ? 

➤ अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्मिलित जासुसी सञ्जाल

 

२३. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहो¥याएर आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही को हुन् ? 

➤ सानु शेर्पा (सङ्खुवासभा)

 

२४. प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्डमा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो ? 

➤ दी ब्रुटालिस्ट

  • दी ब्रुटालिस्टले पाँच विधामा उत्कृष्ट अवार्ड हात पारेको । 
  • ८२ औँ संस्करणको अवार्डमा चलचित्र इमिलिया पेरेजले म्युजिकल÷कमेडीसहित चार विधामा आफुलाई उत्कृष्ट बनाउन सफल भएको । 
  • यसै गरी नेटफ्लीक्सतर्फ म्युजिकल÷कमेडी र उत्कृष्ट गैरअङ्ग्रेजीमा इमिलिया पेरेज उत्कृष्ट चलचित्र बनेको । 
  • उत्कृष्ट अभिनेता: एड्रिन ब्रोडी (दी ब्रुटालिस्ट)
  • उत्कृष्ट अभिनेतृ: फेरान्डा टोरेस (आई एम स्टिल हियर)
  • उत्कृष्ट निर्देशक: ब्राडी कार्बेट (दी ब्रुटालिस्ट)

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 65
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1555
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 57
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 114
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA