Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

  • Ritisha Shakya
  • February 01, 2025
  • 1126

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू

१. G-20 को १९ औं सम्मेलन कहाँ सम्पन्न भएको छ ?

(A) ब्राजिल

(B) भारत

(C) काजकिस्तान

(D) अजरबैजान

२०२४ G-20 रियो दि जेनेरियो शिखर सम्मेलन १८-१९ नोभेम्बर २०२४ मा सम्पन्न। यो ब्राजिल मा आयोजित (G20) को उन्नाइसौं बैठक थियो।

G-20 को १८ औं सम्मेलन: भारतको नयाँ दिल्लीमा आयोजना भएको २०२३ सेप्टेम्बर ९-१०

२. Time personal of the year, 2024 कसलाई घोषणा गरियो ?

(A) भ्लादिमिर जेलनेस्की

 (B) टेलर स्विफ्ट

 (C) एलन मस्क

 (D) डोनाल्ड ट्रम्प

  • भ्लादिमिर जेलनेस्की Time personal of the year, 2022
  •  सन २०२१ मा एलन मस्कलाई प्रदान गरिएको ।
  • Time personal of the year, 2023 टेलर स्विफ्ट

३. हमास इजरायल युद्ध विराम घोषणा लागु कहिले देखि भयो ?

(A) २०२५ जनवरी १७

 (B) २०२५ जनवरी १८

 (C) २०२५ जनवरी १९

 (D) २०२५ जनवरी २०

इजरायल र लेबनानबिच युद्धविरामको घोषणा कहिले

  • सन् २०२४ नोभेम्बर २६

इजरायल र प्यालेस्टिनी समूह हमासबिच युद्धविरामको सहमति

  • सन् २०२५ जनवरी

दुई पक्षबिचको मध्यस्थकर्ता कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो । युद्ध विराम सन् २०२५ जनवरी १९ देखि लागु ।

४. २०८१ सालमा मनाइएको पृथ्वी जन्मजयन्ती कति औं हो ?

(A) ३०१ औं

(B) ३०२ औं

(C) ३०३ औं

 (D) ३०४ औं

विसं १७७९ पुस २७ गते गोरखामा राजा पृथ्वीनारायण शाहको जन्म दिनको सम्झनामा हामी पुस २७ गते हरेक वर्ष पृथ्वी जयन्ती मनाउँछौं । 

२०८१ पुस २७ गतेको पृथ्वी जयन्ती कति औं हो ? ३०३ औं

५. पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन कहिले भएको हो ?

(A) २०८१ पुस १८

(B) २०५० असार २७

(C) २०८१ मङ्सिर २

(D) २०८१ पुस १

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन : विसं. २०८० असार २७
  •  काठमाडौं महानगरका पहिलो मेयर प्रेमलाल (पिएल) सिंहको निधन कहिले भएको हो ? विसं २०८१ पुस १ 
  • भारतका पूर्वप्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको निधन : सन् २०२४ डिसेम्बर २६
  •  बालगायक सचिन परियारको निधन : विसं २०८१ पुस १८
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन : विसं २०८१ मङ्सिर २

६. नेपालमा पहिलोपटक गैरआवासीय नेपाली नागरिकता कहिले प्रदान गरियो ?

(A) २०८० असोज ३०

 (B) २०८० असोज २९

 (C) २०८० भदौ ३०

(D) २०८० भदौ २९

 गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने पहिलो ब्यक्ति कुन कुन हुन ?

  • कुल आचार्य र बद्री केसी (२०८० असोज ३०)

७. नेपाल र अमेरिका विच भएको MCC सम्झौता कार्यान्वयन कहिले देखि भयो ?

(A) २०७९ बैशाख १५

(B) २०८० असोज ७

(C) २०८० भदौ १३

(D) २०७८ फागुन १५

एमसीसी (Millennium Challenge Corporation -MCC) बारेमा 

 कार्यान्वन कहिले भयो : २०८० भदौ १३ (सन् २०२३ अगष्ट ३०)

  • संसद्बाट एमसीसी सम्झौता अनुमोदन: २०७८ फागुन १५ (२०२२ फेब्रुअरी २७)
  • MCC सम्झौता राजपत्रमा प्रकाशित वि.सं. २०७९ बैशाख १५
  • लागू गरिसक्नुपर्ने: ५ वर्ष सम्ममा
  • नेपाललाई अनुदान सहयोग: ५० करोड डलर
  • १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरिएका
  • सम्झौतामा धारा र अनुसूची: ५ धारा र ९ अनुसूची
  • वि.सं. २०७४ भाद्र २९ (सन् २०१७ सेप्टेम्बर १४) मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नासले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

८. गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरियो ?

(A) २०८० असार ३१

 (B) २०७८  असोज २४

(C) २०७९  भदौ २३ 

 (D) २०७८  असोज ११ 

• साक्षर प्रदेशहरू कतिवटा रहेका छन्? ३ वटा १. बागमती (२०७८ असोज ११) २. गण्डकी (२०७८ असोज २४) ३. कोशि (२०७९ भदौ २३)

९. स्थानीय तह निर्वाचन, २०७९ को पहिलो उपनिर्वाचन २०८१ कति पदका लागि निर्वाचन भएको छ ?

(A) ४० पद

 (B) ४१ पद

 (C) ४२ पद

(D) ४३ पद

२०८१ मङ्सिर १६ गते तीनवटा स्थानीय तहमा प्रमुखसहित स्थानीय तहका ४१ पदमा उपनिर्वाचन भएको हो। २०८१/०५/३० उपनिर्वाचनको मिति घोषणा भएको थियो

१०. भाषा आयोगले सार्वजनिक गरेको नविनतम तथ्यांक अनुसार हाल नेपालमा भारोपेली भाषा परिवार अन्तर्गतका भाषा बोल्ने जनसंख्या कति प्रतिशत छ ?

(A) ६०.०३ प्रतिशत

(B) ८१.०३ प्रतिशत

 (C) ८२.०३ प्रतिशत

 (D) ८३.०३ प्रतिशत

भारोपेली (Indo-european) ४६ वटा भाषाहरु (८३.०३ प्रतिशत)
चिनियाँ तिब्बती-भोटबर्मेली (Sino-tibetan) ७२ वटा भाषाहरु (१६.५४ प्रतिशत)
आग्नेय (Astro-asiatic) ३ भाषाहरु (१.१९ प्रतिशत)
द्रविड (Dravidian) १ वटा भाषा ०.०३ प्रतिशत
अन्य (Others) १ वटा भाषा १८७४ जना ०.०१ प्रतिशत
कुसुण्डा १ वटा २३ जना

११. अन्तर्राष्ट्रिय मुद्रा कोष, २०२४ अनुसार हाल नेपालको आर्थिक वृद्धिदर कति रहेको छ ?

(A) ३.८७ प्रतिशत

(B) ३.१ प्रतिशत

 (C) ६ प्रतिशत 

(D) ६.३ प्रतिशत

  • आर्थिक सर्वेक्षण आ.व. २०८०/८१ मा नेपालको आर्थिक वृद्धि : ३.८७%
  • आर्थिक वर्ष २०८१/८२ को बजेटको आर्थिक वृद्धि अनुमान कति : ६%
  • अन्तर्राष्ट्रिय मुद्रा कोष, २०२४ अनुसार हाल नेपालको मुद्रास्फीति : ६.३ प्रतिशत

१२. चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि जित्ने हात्ती कुन हो ?

(A) सेल्फिकली

 (B) रुद्रकली (

C) खगेन्द्रप्रसाद

(D) विजुली कली

  • कतारका राजा को हुन् ? अमिर शेख तमिम बिन हमाद अल थानी
  • थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीको नाम के हो ? रुद्रकली र खगेन्द्रप्रसाद
  • रुद्रकली र खगेन्द्रप्रसाद कुन हात्तिका सन्तान हुन् ? रोनाल्डो हात्ती
  • चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि जित्ने हात्ती कुन हो ? विजुली कली (सेल्फिकली गतवर्षको)

१३. बिमस्टेकको वर्तमान महासचिव कुन मुलुकका हुन् ?

(A) भुटान

(B) बंगलादेश

(C) भारत

 (D) श्रीलंका

  • चौथो महासचिव : भारत
  • (इन्द्रमणी पाण्डे २०२३ अक्टोबर २० मा घोषणा भएका तर २०२४ जनवरी ४ मा पदभार ग्रहण गरेका)

१४. मिस नेपाल वर्ल्ड २०२४ विजेता सुन्दरी को हुन् ?

(A) सुमना केसी

(B) करुणा रावत

 (C) आस्मा केसी

 (D) श्रिच्छा प्रधान

  • मिस नेपाल वर्ल्ड, २०२४ विजेता सुन्दरी : आस्माकुमारी केसी
  • मिस नेपाल अर्थ, २०२४ विजेता सुन्दरी : सुमना केसी
  • मिस नेपाल इन्टरनेशनल, २०२४ विजेता सुन्दरी : करुणा रावत
  • मिस नेपाल वर्ल्ड, २०२३ : श्रिच्छा प्रधान

१५. विश्व खुशी सुचकांक, २०२४ मा प्रथम स्थानमा रहेको मुलुक कुन हो ?

(A) फिनल्याण्ड

(B) डेनमार्क

(C) अमेरिका

(D) न्युजिल्याण्ड

  • २०२४ मा नेपालको स्थान कति औं रहेको छ ? : ९३ औं (सन २०२३ मा ७८ औं)
  • सन् २०२४ मा नेपालले प्राप्त गरेको अंक : ५.१५८
  • विश्व खुशी सुचकांक, २०२४ मा प्रथम स्थानमा रहेको मुलुक : फिनल्याण्ड
  • विश्व खुशी सुचकांक, २०२४ मा अन्तिम स्थानमा रहेको मुलुक : अफगानिस्तान (१४३ औं)

१६. भारतको वर्तमान राष्ट्रपति द्रौपदी मुर्मु कति औं राष्ट्रपति हुन् ?

(A) १३ औं

(B) १४ औं

(C) १५ औं

(D) १२ औं

  • भारतको नयाँ राष्ट्रपति : द्रौपदी मुर्मु (भारतको पहिलो आदिवासी महिला राष्ट्रपति)
  • उनी भारतको कतिऔं राष्ट्रपति हुन्? : १५ औं (सन् २०२२ जुलाई २१ निर्बाचित, २०२२ जुलाई २५ मा सपथ ग्रहण)

१७. नेपालमा डिजिटल नागरिक वडापत्रको सुरुवात कुन जिल्लाबाट भएको हो ?

(A) रुकुम पश्चिम

 (B) ललितपुर

(C) डडेल्धुरा

(D) सुर्खेत

  • नेपालमा नागरिक वडापत्र कहिलेदेखि सुरुवात : वि.सं. २०५६
  • क्षतिपुर्ती सहितको नागरिक वडापत्र : २०७० बैशाख २
  • डिजिटल नागरिक वडापत्र कहिलेदेखि सुरुवात : २०७३ असोज १६ (मुसिकोट)

१८. राष्ट्रिय जनगणना, २०७८ अनुसार अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष कति प्रतिशत रहेको छ ?

(A) ५४.२ प्रतिशत

(B) ४५.८ प्रतिशत

 (C) ४९.३१ प्रतिशत

(D) ५१.३४ प्रतिशत

  • कुल जनसंख्याको कति % व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता : २.२ प्रतिशत
  • अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत छन् : ४५.८ प्रतिशत भने महिला कति छन् ?

१९. सोहौं योजनाको अन्त्य सम्म राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत पुर्योउने लक्ष्य रहेको छ ?

(A) ७० प्रतिशत

(B) ८० प्रतिशत

 (C) ९० प्रतिशत

(D) १०० प्रतिशत

  • निर्वाचनमा मतदाताको सहभागीता : ८५ प्रतिशत
  • अदालतमा दर्ता भएको मुद्दाको फछर्यौट : ७५ प्रतिशत
  • कुल विनियोजनमा खर्चको अनुपात : ९० प्रतिशत
  • राष्ट्रिय परिचय-पत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक : ९० प्रतिशत
  • पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता : १०० प्रतिशत

२०. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालको हाल व्यापार घाटा कति रहेको छ ?

(A) ९ खर्ब ५५  अर्ब ५९ करोड

 (B) ९ खर्ब २९ अर्ब ६० करोड

 (C) ९ खर्ब ५३ अर्ब ५९ करोड

(D) ९ खर्ब २९ अर्ब ६१ करोड

आर्थिक सर्वेक्षण २०८०/८१ मा व्यापार

  • कुल वैदेशिक व्यापार: ११ खर्ब ३० अर्ब ८४ करोड (२.८ प्रतिशतले घटेको)
  • कुल वस्तु निर्यात: १ खर्ब ६२ करोड (४ प्रतिशतले घटेको) (भारतसँग घटेपनि चीन तथा अन्य देशसँग बढेको)
  • कुल वस्तु पैठारी: १० खर्ब ३० अर्ब २० करोड (२.७ प्रतिशतले घटेको) (चीन तर्फ बढेको)
  • कुल वस्तु व्यापारमा निर्यातको अंश: ८ .९ प्रतिशत, व्यापार घाटा: ९ खर्ब २९ अर्ब ६१ करोड (२.५ प्रतिशतले घटेको)
  • निर्यात पैठारी अनुपात (आयात निर्यात अनुपात): ९.८ प्रतिशत

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 81
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1588
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 79
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA