Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs Past Questions

लुम्बिनी प्रदेश सामान्य प्रशासन/लेखा/राजश्व समूह, सहायकस्तर पाँचौ तहका प्रश्नहरू २०८१/११/१७

  • Ritisha Shakya
  • March 02, 2025
  • 705

लुम्बिनी प्रदेश सामान्य प्रशासन/लेखा/राजश्व समूह, सहायकस्तर पाँचौ तहका प्रश्नहरू २०८१/११/१७

Lumbini Pradesh Samanya Prasashan/Lekha/Rajaswa Samuha, Sahayak Star Pachau Taha Ka Prashnaharu 2081/11/17

1.तल दिइएका कथनहरू अध्ययन गरी कोडमा दिइएका विकल्पहरूमध्येबाट सही विकल्प छनौट गर्नुहोस् ।

क. कुलेखानी-१ जलवि‌द्युत परियोजनाको क्षमता ६० मेगावाट छ ।

ख. कालीगण्डकी ए जलवि‌द्युत आयोजना विश्व बैंकको लगानीमा निर्माण भएको हो ।

A) क र ख दुबै ठिक

B) क र ख दुबै बेठिक

C) क बेठिक र ख ठिक

D) क ठिक र ख बेठिक

2. बेरीबेरी (Beri beri) रोग कुन भिटामिनको कमीले लाग्छ ?

A) भिटामिन B1

B) भिटामिन D

C) भिटामिन B12

D) भिटामिन C

3. देहायका मध्ये कुन वस्तुको प्रशोधनका क्रममा हुने By-Product बाट प्लाष्टिक बन्दछ ?

A) रबर

B) पेट्रो-केमिकल

C) रेजिन एण्ड टर्पेन्टाइन

D) जनावरको बोसो

4. भूकम्पीय जोखिमको दृष्टिले नेपाल कति औं स्थानमा रहेको ?

A) चौंथो

B) आठौं

C) दशों

D) एघारौं

5. तल दिइएको समूह-A र समूह-B बीच जोडा मिलाई कोडमा सही उत्तर छनौट गर्नुहोस् ?

समूह-A समूह-B
क. सन् १९७२ a.UNEP को स्थापना
ख. सन् १९८३ b. बुटल्याण्ड कमिशन गठन
ग. सन् १९९२ c. पृथ्वी शिखर सम्मेलन

A) क. a, ख. b र ग. c

B) क. c, ख. b र ग. a

C) क. b, ख. c र ग. a

D) क. a, ख. c र ग. b

6. देहायका मध्ये कुन दिगो विकास लक्ष्य नेपालसँग कम सम्बन्धित छ ?

A) Life on Land

B) Partnership for the goals

C) Sustainable cities and community

D) Life below water

7. साफ्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो ?

A) नेपाल

B) पाकिस्तान

C) बंगलादेश

D) माल्दिभ्स

8. संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?

A) इटलीको रोम

B) अष्ट्रियाको भियना

C) केन्याको नैरोवी

D) स्पेनको मेड्रिट

9. एक वर्षको लागि स्काई केबलको सदस्यता लिने व्यक्ति १७८५ तिर्छ ? यदि मासिक सदस्य रू १७५ छ भने सो ग्राहकले वार्षिक कति प्रतिशत छुट पाउँछ ?

A) ११ %

B) १३ %

C) १५ %

D) १८ %

10. समीरको उमेर उसको बुबाको उमेरको एक चौथाइ हो र उसको बहिनी रीमाको उमेरको दुई तिहाइ छ । समीर, रीमा र बुबाको उमेरको अनुपात क्रमशः कति हो ?

A) ३:२:८

B) ३:४:८

C) २:३:८

D) ४:३:८

11. दिइएको प्रकोष्ठको प्रश्न चिन्ह (?) भएको स्थानमा उपयुक्त अंक के होला ? दिएका विकल्पहरू A, B, C र D मध्येबाट पत्ता लगाउनुहोस् ।

597a3077-b1b8-4d48-838e-e77a31a5de95

A) 26

B) 30

C) 32

D) 34

12. तल दिइएअनुसार प्रश्नचिन्ह रहेको स्थानमा कुन अंक आउँछ ?

68f4d436-f81b-46e0-8f47-1104af842b41

A) 61

B) 62

C) 63

D) 66

13. चित्रको क्रमलाई कुन विकल्पले पुरा गर्दछ ?

9a198834-1697-4401-aa56-a8159ed15a48

 

14. बेलायत युरोपियन युनियनबाट कहिले बाहिरिएको हो ?

A) सन् २०१६

B) सन् २०१८

C) सन् २०१९

D) सन् २०२०

15. महिलातर्फको T-20 विश्वकप २०२६ कहाँ आयोजना हुने भएको छ ?

A) इङ्गल्याण्ड

B) न्यूजिल्याण्ड

C) अष्ट्रेलिया

D) बंगलादेश

16. सन् २०२२ मा भएको विश्व कप फुटबल विजेता राष्ट्र र उपविजेता राष्ट्र क्रमशः कुन-कुन हुन् ?

A) फ्रान्स र अर्जेन्टिना

B) अर्जेन्टिना र फ्रान्स

C) अर्जेन्टिना र ब्राजिल

D) अर्जेन्टिना र क्रोएशिया

17. छिमेकी मित्र राष्ट्र भारतले कहिलेदेखि लागू हुने गरी भा.रू. ५०० र १००० दरका नोटहरूको प्रचलनमा प्रतिबन्ध लगाएको हो ?

A) ८ नोभेम्बर २०१६ मध्यरातिदेखि

B) ९ नोभेम्बर २०१६ मध्यरातिदेखि

C) १० नोभेम्बर २०१६ मध्यरातिदेखि

D) ११ नोभेम्बर २०१६ मध्यरातिदेखि

18. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट कति जलविद्‌युत उत्पादन गर्ने लक्ष लिइएको छ ?

A) ३८.६ मेगावाट

B) ४४.२ मेगावाट

C) ४६.८ मेगावाट

D) ५२.४ मेगावाट

19. लुम्बिनी प्रदेश भित्र राष्ट्रिय जनगणना, २०७८ अनुसार महिलातर्फको साक्षरता दर कति प्रतिशत रहेको छ ?

A) ७८.१%

B) ७३.७ %

C) ७१.७ %

D) ६९.१ %

20. यदि चित्र नं.(।) र (II) रहेको जस्तै सम्बन्ध चित्र नं. (III) र (IV) मा पनि रहने हो भने चित्र नं. (IV) मा आउने चित्र छाउनुहोस् ।

dec4a7b2-1d50-49c6-b1de-9bb6c4561b9c

four options: A, B, C, D

(A)

(B)

(C)

(D)

21. तल दिइएको चित्रहरू मध्ये कुन एउटा अरूभन्दा फरक छ ?

19f88aff-2b12-4c96-9647-c92b4bbd1386

four options: A, B, C, D

(A)

(B)

(C)

(D)

22. चित्रलाई तालिकामा रहेको खाली स्थानलाई पुरा गर्नुहोस ।

2b8715f6-a5f0-47df-979a-6a3afe0d7119

four options: A, B, C, D

(A)

(B)

(C)

(D)

23. निर्देशनः निम्न प्रश्नमा पहिलो लहरमा दिइएका निम्न प्रश्न आकारहरू (Questions shapes) लाई पहिलो लहरको प्रत्येक बाकसमा अक्षरहरूको एक जोडा छ जुन त्यो बाकसको आकारको लागि कोड हो। आकारहरूको छेउमा अक्षरहरूद्वारा सिर्जना गरिएको कोडको अर्थ पत्ता लगाउनुहोस्। प्रत्येक अक्षरको अर्थ के हो र अर्थ आकारहरू हेरेर निर्धारण गर्न सकिन्छ। त्यस पछि परीक्षण आकार (Test shape) मा अवलोकन गर्नुहोस्। दिइएका कोड अक्षरहरू मध्ये कुन यसको सही विवरण हो पत्ता लगाउनुहोस् र दिइएका विकल्पहरूबाट सही विकल्प चयन गर्नुहोस् ।

प्रश्न आकारहरू (Question shapes) परीक्षण आकार (Test shape)

f9461107-0b78-4403-b6d7-df2a59e4870d 43cb8a62-0a76-4b98-9f5a-1f922e8cb7b6

विकल्पहरू (Alternatives)

D R D S W M W S

(A)

(B)

(C)

(D)

24. तलको भेन चित्रले तीन फरक-फरक पेय पदार्थ मन पराउने व्यक्तिहरूको समूहलाई देखाएको छ भने कुन अक्षरले ती व्यक्तिहरूको प्रतिनिधित्व गर्छ जसले दुध पिउन मन पराउदैनन् तर चिया र कफी पिउन मन पराउछन् ?

c87c2450-110a-43d8-8ed1-28503f23cd31

(A) R

(B) C

(C) T

(D) F

25. एक डिग्री अक्षांशको फरकमा कति किलोमिटर दुरीको भिन्नता हुन्छ ?

A) १०० किलोमिटर

B) १०७ किलोमिटर

C) १५१ किलोमिटर

D) ११७ किलोमिटर

26. दुरीको हिसाबले सूर्यबाट नजिक रहेको ग्रहहरू मध्ये पृथ्वी कति औं क्रममा पर्दछ ?

A) पहिलो

B) दोस्रो

C) तेस्रो

D) चौथो

27. तल दिइएका महादेशहरू मध्ये कुन चाँही महादेश सबैभन्दा सानो हो ?

A) यूरोप

B) अन्टार्कटिका

C) अफ्रिका

D) अष्ट्रेलिया

28. नेपालमा पाइने देहायका माटोका प्रकारमा कुन प्रकारको माटो कृषिका लागि सर्वोत्तम मानिन्छ ?

A) पाँगो माटो

B) तलैया माटो

C) रातो फुस्रो माटो

D) बलौटे पत्थरिलो माटो

29. नेपालमा समुद्री सतहदेखि ३३५० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा कस्तो हावापानी पाइन्छ ?

A) ठण्डा समशीतोष्ण

B) लेकाली

C) ध्रुवीय

D) न्यानो समशीतोष्ण

30. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?

A) ललितपुर

B) कास्की

C) चितवन

D) सोलुखुम्बु

31. तल दिइएका मध्ये कुनलाई औद्योगिक क्रान्तीको परिणाम मानिदैन ?

A) घरेलु उद्यममा ह्रास

B) पूँजीवादको उदय

C) शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिपादन

D) बेरोजगारीको समस्या वृद्धी

32. प्रथम अमेरिकी राष्ट्रपती को हुन ?

A) अब्राहम लिङ्कन

B) जर्ज वाशिङ्टन

C) रूजवेल्ट

D) दुम्यान

33. अंग्रेजी शब्दावलीको त्यो कुन शब्द हो, जसबाट कुनै दुईवटा अक्षर निकाल्दा त्यसको अर्थ "लगभग" बाट "हराएको" भन्ने हुन जान्छ ?

A) Approx

B) Closes

C) Closer

D) Almost

34. तल दिइएको क्रमअनुसार प्रश्न चिन्ह (?) भएको स्थानमा कुन अक्षर आउछ ?

C, F, K, R , A, L, Y

(A) R

(B) P

(C) X

(D) O

35. अक्षर बीचको सम्बन्ध पहिल्याउनुहोस् । खाली स्थानमा कुन विकल्प आउछ ?

HEART:THREA, :

A)LSWORN:NSOWR

B) FUNDS:FSDUN

C) GLAZE:EGZAL

D) LOWER:RLEWO

36. एक बिन्दुबाट रजनिश पूर्वतिर हिड्न थाले र ३५ मिटर हिँडे । त्यसपछि उनी आफ्नो दायाँ तिर फर्के र २० मिटर हिडे र उनी फेरि दायाँ घुमे र ३५ मिटर हिडे । अन्ततः उनी आफ्नो बाँया तिर घुमे र २० मिटर हिडे र उनी आफ्नो गन्तव्यमा पुगे । अब उनी आफ्नो सुरुवात बिन्दुबाट कति टाढा छन् ?

A) ४० मिटर

B) ४५ मिटर

C) ५० मिटर

D) ५५ मिटर

37. कुनै कोड भाषामा (माटो) लाई "पानी" पानीलाई "बाफ" बाफलाई "आगो" आगोलाई "माटो" भनिन्छ भने प्यास लागेमा के पिईन्छ ?

A) आगो

B) बाफ

C) पानी

D) माटो

38. कुन राजाको मुद्रामा सर्वप्रथम नेपाल सरकार भनी उल्लेख गरिएको थियो ?

A) श्री ५ पृथ्वी नारायण

B) श्री ५ सुरेन्द्र

C) श्री ५ वीरेन्द्र

D) श्री ५ ज्ञानेन्द्र

39. लिच्छवी वंशका प्रथम राजा हुन ?

A) भुक्तमान

B) भाष्कर देव

C) जयदेव प्रथम

D) भूमिवर्मा

40. लिच्छवी कालमा धान, चामल, दुध, घ्यू आदिको नाप गर्ने एकाईलाई के भनिन्थ्यो ?

A) मानो

B) धार्नी

C) जोखनी

D) मानिका

41. पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

A) तले शैली

B) शिखर शैली

C) गुम्बज शैली

D) मिश्रित शैली

42. हिन्दूधर्म शास्त्र अनुसार चार रात्री मध्ये तलको कुन पर्दैन ?

A) सुखरात्री

B) मोहरात्री

C) कालरात्री

D) प्रज्जवलरात्री

43. कौरा नाच कुन जातीमा प्रचलित नाच हो ?

A) ब्राह्मण

B) राई

C) मगर

D) गुरुङ्ग

44. विक्रम सम्वत २०८० सालको मदन पुरस्कार प्राप्त गर्ने कृति देहायका मध्ये कुन हो ?

A) नुन तेल

B) ऐंठन

C) अग्नी

D) मुकाम रणमैदान

45. नेपालमा २०८० फाल्गुणसम्ममा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण कति प्रतिशत पुगेको छ ?

A) ३२.७ प्रतिशत

B) ४१.९ प्रतिशत

C) ४७.८ प्रतिशत

D) ५४.१ प्रतिशत

46. केटाहरुको पङ्क्तिमा कपिल दायाँबाट आठौं र निकुञ्ज बायाँबाट बाह्रौं छन् । जब कपिल र निकुञ्जले स्थान साटासाट गर्छन्, निकुञ्ज बायाँबाट एक्काईसौं हुन्छ । दायाँबाट कपिलको स्थान तलको मध्ये कुन होला ?

A) १७ औं

B) १८ औं

C) १९ औं

D) २० औं

47. तल दिइएको संख्याहरूको क्रममा प्रश्न चिन्ह (?) भएको स्थानमा उपयुक्त अंक के होला ? दिएका विकल्पहरू A, B, C र D मध्येबाट पत्ता लगाउनुहोस् ।

12, 4, 3, 6, 12, 9, 3, 36

A) 10

B) 14

C) 18

D) 24

48. सम्बन्ध पहिल्याउनुहोस् र प्रश्न चिन्ह रहेको स्थानको लागि विकल्प छनौट गर्नुहोस् ?

25 : 630 :: 10 : ?

A) 105

B) 95

C) 47

D) 27

49. तल दिइएअनुसार समूहमा नमिल्ने अंक कुन हो ?

A) 7496

B) 5194

C) 5274

D) 9382

50. सहरको जनसङ्ख्या 126800 छ । पहिलो वर्ष यो 15% ले बढ्छ र दोस्रो वर्षमा 20% ले घट्छ । 2 वर्षको अन्त्यमा जनसङ्ख्या कति हुन्छ ?

A) 174984

B) 145820

C) 135996

D) 116656

 

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA