Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा मनाइने प्रमुख जात्रा र चाडपर्व

  • Bikash Shrestha
  • July 23, 2025
  • 1363

नेपालमा मनाइने प्रमुख जात्रा र चाडपर्व

Major festivals and celebrations celebrated in Nepal

नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश हो। यहाँका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूले आफ्ना छुट्टै रीति–रिवाज र चाडपर्वहरू मनाउँछन्। केही प्रमुख जात्रा र पर्वहरू यसप्रकार छन्:


१. बिस्का जात्रा (भक्तपुर)

चैत महिनाको अन्तिम हप्ता र वैशाख १ गते मनाइने यो जात्रालाई नयाँ वर्षको सुरुवातसँग जोडिएको मानिन्छ। यसलाई विश्वकेतु यात्रा, विसिक जात्रा पनि भनिन्छ। जात्रामा विशाल रथ तान्ने, रथ जुधाउने, जिब्रो छेड्ने जस्ता परम्परा हुन्छन्।


२. सेतो मच्छिन्द्रनाथ जात्रा (काठमाडौं)

आर्यावलोकितेश्वरको मूर्तिलाई स्नान गराई रथमा राखेर काठमाडौंका विभिन्न स्थानमा घुमाइन्छ। यो जात्रा प्राणी जगतको कल्याणका लागि मनाइन्छ।


३. जुडशीतल (मिथिला क्षेत्र)

वैशाख २ गते मिथिला क्षेत्रका बासिन्दाहरूले नयाँ वर्षको सुरुवातका रूपमा यो पर्व मनाउँछन्। सामूहिक भोजन, रंग–अबिर छ्याप्ने, र परम्परागत गीत–नाचका कार्यक्रम गरिन्छ।


४. इद (मुस्लिम समुदाय)

मुस्लिम धर्मावलम्बीहरूले रमजानको समाप्तिपछि इद उल फित्र र जिल्हिज महिनामा इद उल अजहा (बकर इद) मनाउँछन्। इद उल फित्रमा दान गरिन्छ भने बकर इदमा पशु बलि दिने परम्परा छ।


५. मातातीर्थ औंसी (मातृ दिवस)

वैशाख कृष्ण औंसीका दिन मनाइने यो चाडमा आमाप्रति श्रद्धा प्रकट गरिन्छ। आमा नहुनेहरू मातातीर्थ गएर तर्पण तथा पिण्डदान गर्दछन्।


६. सिरुवा पर्व (राजवंशी समुदाय)

वैशाखमा झापा, मोरङ र सुनसरीका राजवंशीहरूले कुलदेवताको पूजा, लसुन–प्याज झुण्ड्याउने, रङ छ्याप्ने र हाटमेलाका साथ यो पर्व मनाउँछन्।


७. उँभौली र उँधौली (राई समुदाय)

राई समुदायले वर्षमा दुई पटक साकेला पर्व मनाउँछन्। उँभौली वैशाखमा र उँधौली मंसिरमा मनाइन्छ। यसमा नाचगान र सामूहिक पूजापाठ गरिन्छ।


८. बुद्ध जयन्ती

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको सम्झनामा बौद्ध धर्मावलम्बीहरूले गुम्बा र विहारमा विशेष पूजा र कार्यक्रम गर्दछन्।


९. रातो मच्छिन्द्रनाथ जात्रा (पाटन)

चैत–वैशाखमा सुरु भई झन्डै एक महिना चल्ने यो जात्रामा वर्षाका देवता रातो मच्छिन्द्रनाथको रथ पाटनको विभिन्न ठाउँमा घुमाइन्छ र अन्तमा जावलाखेलमा "भो टो देखाउने" कार्यक्रम गरिन्छ।


१०. कुमार षष्ठी (सिथि नखः)

जेठ शुक्ल षष्ठीका दिन नेवार समुदायले कुमार कार्तिकेयको पूजा गरि इनार सफा गर्ने र खटयात्रा गर्ने परम्परा छ।


११. साउने सङ्क्रान्ति

साउनको पहिलो दिन दक्षिणायन सुरु हुने हुँदा यो दिन स्नान, पूजा र लुतो फाल्ने परम्परा रहिआएको छ।


१२. गुँला पर्व (नेवारी समुदाय)

श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा बौद्ध विहारमा विशेष पूजा गरिन्छ र "मतया जात्रा" आयोजना हुन्छ।


१३. जनै पूर्णिमा

श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेर्ने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाने चलन छ।


१४. नाग पञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरिन्छ। घरका ढोकामा नागका चित्र टाँसी पूजा गर्ने परम्परा छ।


१५. गाईजात्रा

भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मृतकका सम्झनामा यो पर्व मनाइन्छ। यसमा हास्यव्यङ्ग्य नाटक, लाखेनाच, झाँकी आदि प्रस्तुत गरिन्छ।


१६. तिज

भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरू व्रत बसेर आफ्नो परिवारको कल्याण र श्रीमान्को दीर्घायुका लागि पूजा गर्दछन्।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA