सहिद दिवस, २०८२
"नेपालमा प्रत्येक वर्ष माघ १६ गते प्रजातन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि आफ्नो ज्यानको आहुति दिने वीर सहिदहरूको सम्झनामा 'सहिद दिवस' मनाइन्छ।"

- आजको सहिद दिवास: ७१औं सहिद दिवस
- शहीद सप्ताह: प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म (यस वर्ष २०८२ माघ १० गते शनिबारदेखि सुरु भएको,)
- मुख्य केन्द्र: लैनचौरस्थित सहिद स्मारक (जहाँ सहिद दिवस मूल समारोह समितिले विशेष कार्यक्रम गर्दछ,)
ऐतिहासिक पृष्ठभूमि:
- नेपालमा औपचारिक रूपमा सहिद दिवस मनाउन वि.सं. २०१२ साल बाट सुरु गरिएको,
- संयोजक: तत्कालीन काठमाडौं नगरपालिका
- उद्देश्य: प्रजातन्त्र स्थापना, पुनस्थापना र स्वतन्त्रताका लागि बलिदान दिने सहिदहरूको स्मरण,
वि.सं. १९९७ का चार प्रमुख सहिदहरू:
| सहिदको नाम | सहादत प्राप्त मिति | स्थान र विधि |
| शुक्रराज शास्त्री | १९९७ माघ १० | टेकु (खरीको रुखमा झुण्ड्याएर) |
| धर्मभक्त माथेमा | १९९७ माघ १३ | सिफल (झुण्ड्याएर) |
| दशरथ चन्द | १९९७ माघ १५ | शोभा भगवती (गोली हानी) |
| गंगालाल श्रेष्ठ | १९९७ माघ १५ | शोभा भगवती (गोली हानी) |
ऐतिहासिक कडीहरू:
- नेपालको प्रथम सहिद: लखन थापा (वि.सं. १९३३ फागुन २ गते गोरखाको मनकामना नजिकै राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा झुण्ड्याइएका,)
- नेपालको जिउँदो सहिद भनेर चिनिने व्यक्तित्व: टंक प्रसाद आचार्य
- वि.सं. १९९७ सालका चार महान् सहिद: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, र गंगालाल श्रेष्ठ
- सहिद सप्ताहको पृष्टभूमि: माघ १० गते (शुक्रराज शास्त्री मारिएको दिन) देखि माघ १६ गतेसम्मको अवधिलाई नेपालमा सहिद सप्ताहका रूपमा मनाइन्छ,
- नेपालका चार सहिदहरुको हत्या वा "सहिद पर्व" राणा प्रधानमन्त्री जुद्ध शमशेरको शासनकालमा घटेको,
- नेपालका चार सहिदहरुको हत्याको नेतृत्व गर्ने जुद्ध शमशेरका नाति नर शमशेर ज.ब.रा,
- जनाअन्दोलन-२ का प्रथम सहिद: उमेशचन्द्र थापा
- जनआन्दोलन-२ पछि भएको मधेस आन्दोलनको पहिलो सहिद: रमेश महतो
- जनआन्दोलन-२ मा सहिद हुने एक मात्र विदेशी: मोहम्मद जाहागिर (भारत)
- जनआन्दोलन-२ का जिउदा सहिद: मुकेश कायस्थ र विष्णुलाल महर्जन
- उच्चकोटीको शहादत (Martyrdom of the highest order) प्राप्त गर्ने पहिलो सहिद: भीमदत्त पन्त
- नेपालको पहिलो धार्मिक सहिद: "वाचन शिरोमणि" पण्डित नारायण प्रसाद पोखरेल
- नेपालको पहिलो साहित्यक सहिद: कृष्णलाल अधिकारी
- नेपालको पहिलो संरक्षण सहिद: गणेश बहादुर शाही
- नेपालको पहिलो निजामती सहिद: नवराज विष्ट
- नेपालको पहिलो न्यायाधीश सहिद: रणबहादुर बम