Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आमसञ्चार र पत्रकारिता

  • Bikash Shrestha
  • August 19, 2025
  • 577

आमसञ्चार र पत्रकारिता

Mass Communication and Journalism

 

  • आमसञ्चार भन्नाले धेरै मानिसले एउटै समयमा जानकारी पाउने माध्यमलाई जनाइन्छ। यसबाट विशाल जनसमुदायले कुनै सूचना वा जानकारी एकैपटक पाउने अवसर प्राप्त गर्छन्। Mass Communication Dictionary अनुसार, आमसञ्चार भन्नाले विभिन्न प्रकृतिका सूचना वा सन्देशहरूलाई फरक–फरक भौगोलिक क्षेत्रमा रहेका श्रोता, पाठक वा दर्शकसम्म पुर्‍याउने प्रक्रियालाई जनाइन्छ।
  • पत्रकारिता प्राध्यापक लालदेउ सार्राइको भनाइअनुसार, आमसञ्चार भन्नाले समाजमा रहेका श्रोता, पाठक वा दर्शकका लागि समसामयिक जानकारी, शिक्षा वा मनोरञ्जन दिने, व्यक्तिगत वा सामाजिक स्तरमा वैचारिक तथा व्यवहारिक परिवर्तन ल्याउने खालका सन्देशहरू तुरुन्त पठाउने र तिनबाट प्रत्यक्ष प्रतिक्रिया पाउने प्रक्रियालाई बुझिन्छ।
  • आमसञ्चारले जनतालाई सचेत बनाउन, विश्वमा भइरहेका गतिविधिबारे जानकारी गराउन र उनीहरूको जीवनमा परिवर्तन ल्याउन मद्दत गर्दछ।
  • आमसञ्चारका माध्यमहरूमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार माध्यम, पुस्तक, प्रचार–प्रसारका सामग्री (पम्प्लेट, होर्डिङ बोर्ड), आमसभा, चलचित्र आदि पर्दछन्। इन्टरनेटमार्फत हुने अनलाइन समाचार वा सामाजिक सञ्जालमा धेरै मानिसले पढेको वा हेरेको संख्या क्लिकका आधारमा अनुमान गर्न सकिन्छ। तर एउटै व्यक्तिले पटक–पटक क्लिक गर्न सक्ने, वा एउटै क्लिकबाट धेरैले सुन्न, पढ्न वा हेर्न सक्ने भएकाले यसलाई पूर्ण रूपमा गणना गर्न सकिँदैन। त्यसैले यी सबै माध्यमहरूलाई नै आमसञ्चारका साधन मानिन्छ।

नेपालमा आमसञ्चार र पत्रकारिता

पत्रकारिता आमसञ्चारकै एउटा हिस्सा हो। अंग्रेजीमा यसलाई Journalism भनिन्छ। यो शब्द फ्रेन्च भाषाको Journal बाट बनेको हो। Journal भन्नाले “दिनभरि भएको कुरा” भन्ने बुझिन्छ। यसैबाट बनेको Journalism भन्नाले दिनभरि भएका घटनामध्ये महत्वपूर्ण घटनालाई छनोट गरेर समाचार, अन्तर्वार्ता, समीक्षा, सम्पादकीय, फोटो वा कार्टूनका रूपमा प्रकाशन वा प्रसारण गर्ने कार्यलाई जनाइन्छ।
पत्रकारिता भन्नाले ताजा घटनालाई संकलन, सम्पादन र पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइन प्लेटफर्ममार्फत श्रोता, पाठक वा दर्शकलाई सरल भाषामा जानकारी दिनेलाई बुझिन्छ।

पत्रकारितालाई दुई भागमा विभाजन गरिएको छः

  1. छापा माध्यम (Print Media): पत्रपत्रिका आदि।

  2. विद्युतीय माध्यम (Electronic Media): रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जाल।

यसरी पत्रकारितामा छापा र विद्युतीय माध्यमलाई अलग–अलग तरिकाले वर्गीकृत गरिएको छ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 81
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1590
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 81
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA