Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

  • Bikash Shrestha
  • August 22, 2025
  • 659

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

Ministry of Communications and Information Technology

 

सूचना प्रणालीको विकास र विस्तारका लागि वि.सं. २०२४ मा बनेको कार्यविभाजन नियमावली अनुसार सञ्चारलाई प्रारम्भमा यातायात, सञ्चार र जलविद्युत् मन्त्रालय अन्तर्गत राखिएको थियो।

पछि प्रशासन सुधार आयोग, २०२५ को सिफारिस अनुसार सूचना र प्रसारण क्षेत्रलाई गृह, पञ्चायत तथा सूचना प्रसारण मन्त्रालय अन्तर्गत ल्याइयो। त्यसको आधारमा वि.सं. २०२६ मा निर्माण, सञ्चार र यातायात मन्त्रालय स्थापना भयो।

विशेष रूपमा सञ्चार मन्त्रालयको स्थापना वि.सं. २०२८ साल साउन १ गते भयो। वि.सं. २०४८ मा प्रशासन सुधार आयोगको सिफारिस अनुसार यसलाई सूचना तथा सञ्चार मन्त्रालय मा रूपान्तरण गरियो।

पछि, नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ अनुसार, सूचना प्रविधि क्षेत्र पनि यस मन्त्रालयमा थपियो र यसलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नाम दिइयो।

यस मन्त्रालयले आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, प्रसारण, हुलाक सेवा, चलचित्र, सुरक्षामुद्रण लगायतका क्षेत्रमा नीति निर्माण, कानुन, मापदण्ड तय गर्ने, कार्यान्वयन गर्ने र नियमन गर्ने जिम्मेवारी वहन गर्दै आएको छ। साथै मन्त्रालयले प्रभावकारी सञ्चालन, व्यवस्थापन र नियमनका लागि आफ्ना मातहत विभिन्न निकायहरू सञ्चालन गर्दै आएको छ।


मन्त्रालय अन्तर्गतका निकायहरू

  • राष्ट्रिय सूचना आयोग (सम्पर्क मन्त्रालयका रूपमा)

  • सूचना तथा प्रसारण विभाग

  • मुद्रण विभाग

  • सूचना प्रविधि विभाग

  • हुलाक सेवा विभाग

  • प्रेस काउन्सिल नेपाल

  • नेपाल दूरसञ्चार प्राधिकरण

  • राष्ट्रिय समाचार समिति

  • नेपाल टेलिभिजन

  • रेडियो प्रसारण सेवा विकास समिति

  • गोरखापत्र संस्थान

  • न्यूनतम पारिश्रमिक निर्धारण समिति

  • चलचित्र विकास बोर्ड

  • सुरक्षामुद्रण विकास समिति

  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

  • नेपाल परिचयपत्र व्यवस्थापन प्रणाली (घट्ट)

  • राष्ट्रिय सूचना प्रविधि केन्द्र (एकीकृत डाटा व्यवस्थापन केन्द्र)

  • विज्ञापन बोर्ड

  • प्रमाणीकरण नियन्त्रकको कार्यालय

  • राष्ट्रिय साइबर सुरक्षा केन्द्र

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 76
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1580
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 76
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 117
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA