Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२

  • Ajnabee Khadka
  • February 12, 2026
  • 763

नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२

Nepal Multiple Indicator Cluster Survey-NMICS 2024-25
  • सार्वजनिक मिति: २०८२ माघ २६, सोमबार
  • कार्यान्वयन निकाय: राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल सरकार
  • सहयोगी संस्था: संयुक्त राष्ट्रसंघीय बाल कोष (UNICEF) नेपाल
  • नेपालमा सञ्चालित चौथो बहुसूचक सर्वेक्षण,
  • प्रमुख उद्देश्य: महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय र क्षेत्रीयस्तरको तथ्याङ्क उपलब्ध गराई योजना तर्जुमा र अनुगमनमा सहयोग पुर्‍याउने,
  • सान्दर्भिकता: दिगो विकास लक्ष्य (SDG) को अनुगमन र बहुआयामिक गरिबी मापनमा योगदान पुर्‍याउने,

सर्वेक्षणको विधि र कभरेज:

विवरण संख्या / जानकारी
कुल क्लष्टर (गणना क्षेत्र) ५४० (शहरी: ३०४, ग्रामीण: २३६)
कुल छनौट गरिएका परिवार १२,९६० परिवार
भौगोलिक कभरेज सातै प्रदेश (शहरी, ग्रामीण र काठमाडौँ उपत्यका खण्डीकृत)
तथ्याङ्क सङ्कलन विधि तथ्याङ्कीय विधि र प्रत्यक्ष पारिवारिक अन्तर्वार्ता

लक्षित समूह (उत्तरदाता):

  • महिला र पुरुष: १५-४९ वर्ष उमेर समूह
  • बालबालिका: ५ वर्षमुनिका र ५-१७ वर्ष उमेर समूहका
  • किशोरकिशोरी: १५-२४ वर्ष उमेर समूह (विशेष गरी मानसिक स्वास्थ्यका लागि)

मुख्य विशेषताहरू र नयाँ विषयहरू:

  • नयाँ समावेश विषय: पहिलो पटक १५-२४ वर्षका किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विवरण सङ्कलन
  • स्वास्थ्य परीक्षण: पिउने पानीको गुणस्तर मापन गर्न हानिकारक जीवाणु E.coli र आर्सेनिक परीक्षण
  • शारीरिक मापन: बालबालिकाको पोषण स्थिति पत्ता लगाउन तौल र उचाइको मापन
  • क्षेत्रगत कभरेज: शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी, सरसफाइ, सुरक्षा, र विभेद

मुख्य नतिजाहरू:

बाल स्वास्थ्य तथा मृत्युदर (प्रति १,००० जीवित जन्ममा):

सूचक राष्ट्रिय औसत उच्च (प्रदेश) न्यून (प्रदेश)
नवजात शिशु मृत्युदर (१ महिना भित्र) १७ सुदूरपश्चिम (२६) बागमती (१०)
शिशु मृत्युदर (१ वर्ष मुनि) २७ सुदूरपश्चिम (३८) बागमती (१७)
५ वर्ष मुनिको मृत्युदर ३१ सुदूरपश्चिम (४८) गण्डकी (२०)

सेवा र प्रविधिको पहुँच:

सेवाको प्रकार राष्ट्रिय औसत (%) सबैभन्दा बढी पहुँच (प्रदेश) सबैभन्दा कम पहुँच (प्रदेश)
विद्युत सेवा (निरन्तर स्रोत) ९६.७% गण्डकी प्रदेश (९९.५%) कर्णाली प्रदेश (८०.८%)
टेलिफोन/मोबाइल फोन ९५.५% बागमती प्रदेश (९७.१%) सुदूरपश्चिम प्रदेश (९२.६%)

सूचना तथा सञ्चार प्रविधि:

सूचक (Indicator) कूल/राष्ट्रिय औसत (%) विवरण
इन्टरनेट सुविधा ८२.०% इन्टरनेट सुविधा सहितको उपकरण प्रयोग गर्ने घरपरिवार

मोबाइल फोन स्वामित्व र प्रयोग (१५-४९ वर्ष उमेर समूह):

वर्ग (Category) आफ्नै मोबाइल फोन भएको (%) गत ३ महिनामा प्रयोग गरेको (%)
महिला ८१.६% ७२.७%
पुरुष ९०.४% ७८.७%

सुर्तीजन्य पदार्थको सेवन:

सूचक (Indicator) महिला (१५-४९ वर्ष) पुरुष (१५-४९ वर्ष)
हालको सेवन दर (अघिल्लो महिनामा सेवन गरेको) ५.१% ४१.८%
कम उमेरमै सेवन (१५ वर्षअघि नै चुरोट/बिँडी पिएका) २.१% ७.६%
  • पुरुषहरूको सुर्तीजन्य पदार्थ सेवन गर्ने दर महिलाको तुलनामा करिब ८ गुणा बढी रहेको,
  • तथ्याङ्कले प्रत्येक ५ जना पुरुषमध्ये २ जना भन्दा बढीले नियमित वा कहिलेकाहीँ सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको,
  • ७.६ प्रतिशत पुरुषहरूले किशोरावस्था (१५ वर्ष) प्रवेश गर्नु अगावै धूम्रपानको अनुभव गरिसकेको,

प्रजनन् तथा मातृत्व स्वास्थ्य:

विषय क्षेत्र सूचक (Indicator) तथ्याङ्क (Data)
प्रजनन् दर कूल प्रजनन् दर (प्रति महिला) १.९
  किशोरी प्रजनन् दर (प्रति १,००० किशोरी, १५-१९ वर्ष) ४८
  १८ वर्ष नपुग्दै बच्चा जन्माउने (२०-२४ वर्षका महिलामध्ये) ११.२%
परिवार नियोजन परिवार नियोजनका साधन प्रयोगकर्ता (विवाहित महिला) ३५.०%
  आधुनिक साधनको माग र प्रयोगमा सन्तुष्टि ५५.२%
पूर्वप्रसूति जाँच कम्तीमा ४ पटक स्वास्थ्य जाँच (ANC) गराएका ८५.०%
प्रसूति सेवा स्वास्थ्य संस्थामा प्रसूति (Institutional Delivery) ९०.५%
  दक्ष प्रसूतिकर्मीको सहयोगमा प्रसूति ९१.४%
  शल्यक्रिया (C-section) मार्फत प्रसूति २५.३%

बाल स्वास्थ्य, पोषण तथा विकास:

विषय क्षेत्र सूचक (Indicator) तथ्याङ्क (%) / विवरण
पोषण स्थिति (५ वर्ष मुनि) पुड्कोपन (Stunting) ३१.५% (उमेर अनुसार उचाइ कम)
  लुरेपन (Underweight) २४.३% (मधेशमा उच्च: ३३.२%, बागमतीमा न्यून: ९.६%)
  ख्याउटेपन (Wasting) ७.६% (उचाइ अनुसार तौल कम)
  अधिक तौल (Overweight) २.६% (उचाइ अनुसार तौल बढी)
स्तनपान र खोप पूर्ण स्तनपान (६ महिनासम्म) ६९.७% (सुदूरपश्चिममा उच्च: ७६.६%)
  पूर्ण खोप (१२-२३ महिना) ८०.७% (पहिलो वर्षभित्र सबै खोप)
बाल स्वास्थ्य (५ वर्ष मुनि) झाडापखालाको व्यापकता ७.८% (२ हप्ताको अवधिमा)
  झाडापखालामा उपचार (ORS+Zinc) २०.६% (बिरामीमध्ये)
  श्वासप्रश्वास (ARI) लक्षण २.७% (२ हप्ताको अवधिमा)
बाल विकास र शिक्षा प्रारम्भिक बाल शिक्षा (३६-५९ महिना) ५७.९% (विद्यालय जाने दर)
  बाल विकास सूचकांक (ECDI 2030) ६३.३% (समग्र विकासको अवस्था)
  • प्रत्येक ३ मध्ये १ बालबालिका (३१.५%) पुड्कोपनको सिकार हुनुले दीर्घकालीन पोषणको आवश्यकतालाई औंल्याउँछ। मधेश प्रदेशमा लुरेपनको समस्या राष्ट्रिय औसतभन्दा निकै उच्च,
  • झाडापखाला लागेका बालबालिकाहरूमध्ये केवल २०.६% ले मात्र जीवनजल र जिङ्क चक्कीको पूर्ण उपचार पाएको देखिन्छ, जुन निकै कम,

शिक्षा:

शैक्षिक तह विद्यालय बाहिर रहेका बालबालिका (%) थप विवरण
आधारभूत (कक्षा १-५) ४.५% विद्यालय जाने उमेरका तर बाहिर रहेका
आधारभूत (कक्षा ६-८) ३.६%  
माध्यमिक (कक्षा ९-१२) १३.२% उच्च तहमा विद्यालय छोड्ने दर बढी
कक्षा १ मा प्रवेश ४१.२% तोकिएको उमेरमा कक्षा १ मा भर्ना हुने बालबालिका

हिंसा तथा शोषण:

सूचक (Indicator) तथ्याङ्क (%) उच्च/न्यून प्रदेशगत अवस्था
जन्मदर्ता सचेतना ८२.९% आमा/स्याहारकर्तालाई प्रक्रिया थाहा भएको
जन्मदर्ता दर (५ वर्ष मुनि) ८५.४% उच्च: कर्णाली (९५.८%), न्यून: कोशी (७८.४%)
अभिभावकको मृत्यु (०-१७ वर्ष) ३.४% उच्च: सुदूरपश्चिम (५.३%), न्यून: मधेश (२.१%)
अभिभावक विदेशमा (०-१७ वर्ष) ३.३.२% उच्च: गण्डकी (४०.८%), न्यून: बागमती (२१.०%)

खानेपानी, सरसफाइ र स्वच्छता (WASH):

सूचक (Indicator) तथ्याङ्क (%) मुख्य विवरण
सुधारिएको खानेपानीको स्रोत ९८.२% पहुँचको हिसाबले निकै राम्रो अवस्था
पानीको गुणस्तर (E-coli) ६०.४% पिउने पानीमा हानिकारक जीवाणु भेटिएको (⚠️ गम्भीर)
सुधारिएको चर्पीको प्रयोग ९२.४% कुल प्रयोगकर्ता जनसंख्या
एकल चर्पी प्रयोग ७९.९% आफ्नै परिवारले मात्र प्रयोग गर्ने गरेको
हात धुने सुविधा ८६.४% निर्दिष्ट स्थानमा साबुन-पानीको व्यवस्था भएको

स्वास्थ्य बीमा सम्बन्धी तालिका:

लक्षित समूह बीमा गरेको प्रतिशत (%)
महिला (१५-४९ वर्ष) १७.८%
पुरुष (१५-४९ वर्ष) १९.६%
बालबालिका (५-१७ वर्ष) १५.०%
बालबालिका (५ वर्ष मुनि) ११.७%

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 63
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1553
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 57
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 113
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA