नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्कको नयाँ आधार वर्ष:
- नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क (Consumer Price Index) को आधार वर्ष आव २०८१/८२ कायम गरेको,
- पुरानो आधार वर्ष: आ.व.२०७१/७२ (करिब एक दशकपछि,)
- उपभोक्ता मूल्य सूचकाङ्कले घरधुरीले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा समय अनुसार हुने परिवर्तनलाई मापन गर्दछ। यसका लागि निश्चित 'बास्केट' भित्रका वस्तुहरूलाई तोकिएको भारका आधारमा गणना गरिन्छ,
- नयाँ आधार वर्ष लागु भएपछि उपभोग भारमा महìवपूर्ण फेरबदल भएको छ:
- खाद्य तथा पेय पदार्थ: आव २०७१/७२ मा ४३.९१% रहेकोमा अहिले ३५.४९% मा झरेको,
- गैरखाद्य तथा सेवा: आव २०७१/७२ मा ५६.०९% बाट बढेर ६४.५१% पुगेको,
- मूल्य सङ्कलनका लागि वस्तुहरूको 'बास्केट' पनि अद्यावधिक गरिएको छ:
- पहिले ४९६ प्रकारका वस्तु समावेश गरिएकोमा अहिले प्रयोगबाट हराउँदै गएका वा कम प्रचलनका सयओटा वस्तु हटाइएको,
- खाद्य समूह: १६२ बाट घटेर १४५ कायम गरिएको,
- गैरखाद्य र सेवा समूह: ३३४ बाट बढेर ३८० पुगेका,
- अब राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका तथ्याङ्क नै CPI गणनामा भार निर्धारणका आधार हुनेछन्,
- राष्ट्र बैङ्कले सन् १९७३/७४ बाट मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेको,