Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल-साउदी अरब द्विपक्षीय श्रम सम्झौता

  • Ajnabee Khadka
  • January 27, 2026
  • 770

नेपाल-साउदी अरब द्विपक्षीय श्रम सम्झौता

Nepal-Saudi Arabia bilateral labor agreement
  • हस्ताक्षर मिति: सन् २०२६, जनवरी २५ (वि.सं. २०८२ माघ ११)
  • स्थान: रियाद, साउदी अरब
  • पक्षहरू: नेपाल सरकार र साउदी अरब सरकार
  • हस्ताक्षरकर्ताहरू:
    • नेपाल: राजेन्द्र सिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री)
    • साउदी अरब: अहमद बिन सुलेमान अलराजी (मानव संशाधन तथा सामाजिक विकास मन्त्री)
  • द्विपक्षीय श्रम सम्झौताको प्रयासको सुरुवात: वि.सं. २०७० देखि (करिब एक दशक लामो प्रयास)
  • मन्त्रिपरिषद् स्वीकृति: वि.सं. २०८२ भदौ १३ गते
  • यससँगै नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको,
  • सम्झौताका प्रमुख उद्देश्यहरू
    • नेपाली श्रमिकहरूको भर्ती प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत-प्रभावी बनाउने,
    • सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको प्रवद्र्धन गर्ने,
    • श्रमिकहरूको हकहित र अधिकारको संरक्षण सुनिश्चित गर्ने,
  • सम्झौतामा समेटिएका मुख्य विषयहरू
    • श्रमिकको सेवा सुविधा र न्यूनतम तलबको सुनिश्चितता,
    • कामको अवस्था र सामाजिक सुरक्षा,
    • स्वास्थ्य सेवा र उपचारको व्यवस्था,
    • गुनासो व्यवस्थापन र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन,

साउदी जाने नेपाली श्रमिकको तथ्याङ्क (पछिल्लो ३ वर्ष):

आर्थिक वर्ष श्रमिक संख्या
२०७९/०८० १,११,८४३ जना
२०८०/०८१ १,४१,५०१ जना
२०८१/०८२ १,५२,००० जना

नेपालसँग श्रम सम्झौता कायम भएका राष्ट्रहरु:

कति औँ राष्ट्र सम्झौता कहिले भएको ?
पहिलो कतार सन् २००५ मार्च २१
दोस्रो दक्षिण कोरिया सन् २००६ जुलाई २३
तेस्रो बहराइन सन् २००८ अप्रिल २९
चौथो जोर्डन सन् २०१७ अक्टोबर १७
पाँचौँ मलेसिया सन् २०१८ अक्टोबर २९
छैठौँ जापान सन् २०१९ मार्च २५
सातौँ मौरिसस सन् २०१९ जुन ११
आठौँ यूएई सन् २०१९ जुन १४
नौ ईजरायल सन् २०२० सेप्टेम्बर ३०
दशौँ बेलायत सन् २०२२ अगस्ट २२
११ औँ रोमानिया सन् २०२३ अक्टोबर ६
१२ औँ जर्मनी सन् २०२३ अक्टोबर १०
१३ औँ साउदी अरब सन् २०२६ जनवरी २५

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA