Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली मूर्तिकला र तिनका विशेषता

  • Bikash Shrestha
  • August 06, 2025
  • 825

नेपाली मूर्तिकला र तिनका विशेषता

Nepali sculpture and its characteristics

 

नेपालको ऐतिहासिक कालविभाजनअनुसार यहाँको कलालाई प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकृत गर्न सकिन्छ। त्यसैअनुसार मूर्तिकलालाई पनि प्रारम्भिक काल, लिच्छविकाल र मध्यकालीन कालमा अध्ययन गर्न सकिन्छ।


१. प्रारम्भिक कालको मूर्तिकला

नेपालको प्रारम्भिक मूर्तिकलामा काठमाडौं उपत्यकाका केही प्राचीन पत्थर मूर्तिहरूमा मथुरा कुषाण शैलीको प्रभाव देखिन्छ। कुषाणकाल (ई.पू. १ देखि ई.स. ३ शताब्दी) को प्रभावसहित नेपालमा मूर्तिकलाको विकास भएको पाइन्छ।

  • किरात राजा यलम्बरले ‘किरातेश्वर महादेव’ (गौरीघाट श्लेष्मान्तक वन) को स्थापना गरेको अनुमान छ।

  • आर्यघाटको मृगेश्वर स्थान भित्रको विरूपाक्ष मूर्ति (ई.पू. ७–८ शताब्दी) प्रारम्भिक मूर्तिकलाको उदाहरण हो।

  • हाँडीगाउँ नजिकको सत्यनारायण मन्दिरको मूर्ति अन्तिम किरात शैलीको नमुना हो।

  • टेढा आँखासहितको टेराकोटामा बनेको नारी शिर मूर्ति ई.पू. ३ शताब्दीको मानिन्छ।

विशेषताहरू:

  • अनौठो वरदमुद्राको प्रयोग

  • छड्के पटुका र बुट्टेदार लुगा

  • साधारण गोलो प्रभामण्डल

  • यज्ञोपवितको अभाव

  • काँधसम्म झुन्डिएका ठूला कर्णकुण्डल

  • साना–ठूला गहना तर सूक्ष्म कलाको अभाव


२. लिच्छविकालको मूर्तिकला

लिच्छविकालीन मूर्तिकला अत्यन्त परिष्कृत, सुसंस्कृत र मौलिक छ। यसमा गुप्तकालीन कलाको प्रभाव भए तापनि नेपाली मौलिकता, गतिशीलता र भावभङ्गी कायम छ।

प्रमुख मूर्तिहरू:

  • विष्णुविक्रान्त, पद्महस्ता लक्ष्मी (राष्ट्रिय संग्रहालय)

  • चागुको विश्वरूप, गणबहालको बोधिसत्व

  • चण्डालेका धूम्रव्रहा, बढुनीलकण्ठको जलनारायण

  • पलाञ्चोक भगवती, नख्खलको पार्वती, दक्षिणकाली, कङ्केश्वरी

विशेषताहरू:

  • आकर्षक मुखाकृति

  • अंगिक अनुपातको मेल

  • पारदर्शी वस्त्र

  • स्त्रीमूर्तिमा लचकता

  • सुन्दर केशविन्यास

  • साधा प्रभामण्डल


३. मध्यकालीन मूर्तिकला

यस कालमा काष्ठ, धातु र पत्थर सबै माध्यमका मूर्तिहरू अत्यन्त समृद्ध रूपमा बनेका छन्। विशेषतः धातु र काठको मूर्तिकलामा उच्च स्तरको कलात्मकता देखिन्छ।

प्रमुख उदाहरणहरू:

  • हाँडीगाउँ, क्ववहाल, थापाहिटी, पनौती, चाँगु नारायण, पाटन, भक्तपुर क्षेत्रका मूर्तिहरू

  • मनुष्याकार चतुर्मुखी पशुपति (वि.सं. १४३९)

  • काष्ठका मूर्तिमा नृत्यदेवी, महिषमर्दिनी दुर्गा आदि

  • माटोका मूर्तिमा अनन्तनारायण विष्णु (१८औँ शताब्दी), अष्टमातृका (१७औँ शताब्दी)

मध्यकालीन मूर्तिकलाका विशेषताहरू:

  • कमसल ढुङ्गाको प्रयोग

  • लाम्चो मुखाकृति र चुच्चो नाक

  • अत्यधिक गहनाको प्रयोग

  • अलंकरणयुक्त प्रभामण्डल

  • अंगिक अनुपातको मेल नभएको

  • विशेष प्रकारको मुकुट

  • तान्त्रिक प्रभाव

  • ज्वालावली र शारीरिक अनुपात नमिलेका मूर्तिहरू

  • धर्मनिरपेक्ष कलाकृतिको विकास


४. धातुका मूर्तिकला

धातुमा बनेका मूर्तिहरूमा सान्दर्भिक प्रमाणअनुसार लिच्छविकालदेखि निरन्तर विकास देखिन्छ। १०औँ–११औँ शताब्दीमा धातुकला नयाँ युगमा प्रवेश गरेको मानिन्छ।

प्रमुख मूर्तिहरू:

  • चागुनारायणको विष्णु, इन्द्रकृत, वज्रप्राणि, अवलोकितेश्वर, महिषासुर मर्दिनी

  • हिरण्यवर्ण महाविहारका मूर्तिहरू

विशेषताहरू:

  • अंग–अंगमा कलात्मकता

  • अनुपात मिलेको शरीर

  • अगाडिपछि दुवैतिर काम गरिएको

  • गहना र वस्त्र अत्यधिक प्रयोग

  • गोलो अनुहार, चुच्चो नाक र अर्धगोलाकार आँखीभौं


५. काष्ठका मूर्तिकला

पुराना काठका मूर्तिहरू कम पाइए तापनि १५औँ–१७औँ शताब्दीका मूर्तिहरू विशिष्ट छन्।

प्रमुख स्थानहरू:

  • राष्ट्रिय संग्रहालय, भक्तपुर काष्ठकला संग्रहालय, काष्ठमण्डप

  • टुँडाल, झ्याल, थाम, मन्दिरका मूर्तिहरूमा सिङ, जनावरमुख, नाच्ने आकृतिहरू

विशेषता:

  • विस्तृत र अलंकृत टुँडाल

  • धार्मिक र सौन्दर्य पक्षलाई जोडिएको शिल्प

  • मन्दिर वास्तुमा सजावटी ढङ्गको प्रयोग


६. माटोका मूर्तिकला

नेपालको मूर्तिकलाको आधार नै माटो हो। यी मूर्तिहरू ढुंगा झैं बलिया र सुन्दर हुन्छन्। शिवसिंह मल्लको पालाको बौद्ध मन्दिरमा प्रयोग भएका माटो मूर्तिहरू उत्कृष्ट मानिन्छन्।


निष्कर्ष

नेपाली मूर्तिकला विभिन्न कालखण्डमा विशिष्ट शैलिमा विकसित भएको पाइन्छ। प्रारम्भिक कालमा मथुरा शैलीको प्रभाव, लिच्छविकालमा परिष्कृत सौन्दर्य, र मध्यकालमा तान्त्रिक र अलंकृत प्रभाव देखिन्छ। काष्ठ, धातु, माटो र पत्थर सबै माध्यममा नेपाली कलाकारहरूले उच्च कलात्मकता प्रदर्शन गरेका छन्।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA