Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली काष्ठकला र तिनका विशेषताहरू

  • Bikash Shrestha
  • August 06, 2025
  • 533

नेपाली काष्ठकला र तिनका विशेषताहरू

Nepali woodcraft and its characteristics

 

नेपालको लिच्छविकालीन काष्ठकलाका केही कृतिहरू आज उपलब्ध छैनन्, तर त्यस समयदेखि नै दरबार, मन्दिर, विहार, र घरहरूमा काठको प्रयोग हुँदै आएको पाइन्छ। काष्ठकलाका उत्कृष्ट नमुनाहरू काठमाडौं उपत्यकाभित्रका विभिन्न संरचनामा देख्न सकिन्छ।

झ्याल र ढोकाहरू

काठमाडौं उपत्यकाका ऐतिहासिक स्मारकहरूमा विभिन्न आकार र प्रकारका कलात्मक काठका झ्यालहरू पाइन्छन्। तीमध्ये प्रमुख झ्यालहरूमा:

  • मयूर झ्याल

  • देसे मरु झ्या

  • कुमारी घरका झ्यालहरू

  • ५५ झ्याले दरबारका झ्यालहरू

यी सबै काष्ठकलाका अनुपम उदाहरण हुन्।

तोरण (प्रवेशद्वारमाथिको अर्धवृत्ताकार काठको संरचना)

नेपालका ऐतिहासिक मन्दिर र दरबारहरूमा रहेको तोरण पनि काष्ठकलाको एक उत्कृष्ट नमुना हो।
उदाहरणहरू:

  • सोह्रौं शताब्दीको इटुमबहालको तोरण

  • १७औँ शताब्दीको भक्तपुर दरबारको मूलचोकको तोरण

  • प्रताप मल्ल को समयमा बनेको छुस्या वहालको तोरण

यी सबै तोरणहरू अर्धवृत्ताकार ढाँचामा तयार पारिएका छन्।

टुँडाल (छाना थाम्ने काठका बिमहरू)

१२औँ–१३औँ शताब्दीदेखिका टुँडालहरू नेपालमा भेटिन्छन्।
प्रमुख उदाहरणहरू:

  • पाटनको महाविहारका सालभञ्जिका मुद्राका टुँडालहरू

  • काठमाडौको इटुमबहालका ११औँ शताब्दीका टुँडालहरू

  • पनौतीको इन्द्रेश्वर मन्दिरका १२–१३औँ शताब्दीका टुँडालहरू

टुँडालहरू ४५ डिग्रीको कोणमा राखिएका हुन्छन् जसले छानाको भार थाम्न सहयोग पुर्‍याउँछन्। मध्यकालीन ‘तले शैली’का मन्दिरहरूमा यस्ता टुँडालहरू प्रशस्त देखिन्छन्। यी काष्ठकलाका विशिष्ट नमुना हुन्।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA