नेपालको पहिलो मत्स्य अभयारण्य घोषणा
- घोषणा मिति: वि.सं. २०८२ पौष २५
- घोषणा गर्ने निकाय: राजापुर नगरपालिका (बर्दिया) र टीकापुर नगरपालिका (कैलाली)
- क्षेत्रफल: करिब ३.९ वर्ग किलोमिटर
- अवस्थिति: तल्लो कर्णाली नदी खण्ड
- मुख्य सीमाना:
- राजापुरतर्फ: वडा नं. ३ को दक्षिणी टेढिया र वडा नं. ४ को छेडिया क्षेत्र
- टीकापुरतर्फ: वडा नं. ८ अन्तर्गतको अर्नहवा फाँट
- पारिस्थितिकीय महत्त्व: रैथाने माछाको प्रजनन, अण्डा पार्ने स्थल र नर्सरी आवास; डल्फिन, घडियाल गोही र खैरो ओतको प्रमुख वासस्थान; समग्र जलीय पारिस्थितिकीय प्रणालीको संरक्षण,
- यो पहल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूको प्राविधिक तथा आर्थिक सहयोगमा सम्भव भएको हो:
- मुख्य सहयोग: विश्व वन्यजन्तु कोष (WWF) नेपाल
- वित्तीय स्रोत: संयुक्त अधिराज्य (UK) सरकारको 'डार्बिन इनिसियटिभ' परियोजना
- स्थानीय साझेदारहरू: सोनाहा विकास समाज; फ्रिड कमैया महिला विकास मञ्च; डल्फिन संरक्षण केन्द्र र साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठान (SMCRF)
- यो घोषणालाई नेपालमा सामुदायिक नेतृत्वमा आधारित जलीय संरक्षणको "राष्ट्रिय नमूना" मानिएको,
- "माछाको रक्षा गर्नु नै पानी र जीवनको रक्षा गर्नु हो" भन्ने मान्यतालाई स्थापित गर्दै खाद्य सुरक्षा र स्थानीय संस्कृतिको जगेर्नामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको,