नेपालको दोस्रो भू-उपग्रह: मुनाल स्याटेलाइट
- प्रक्षेपण मिति: विसं २०८२ पुस २८ (सन् २०२६ जनवरी १२, सोमबार)
- प्रक्षेपण केन्द्र: सतीश धवन अन्तरिक्ष केन्द्र (SDSC), श्रीहरिकोटा, भारत
- प्रक्षेपण यान: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) को PSLV-C59 रकेटमार्फत
- निर्माता: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) र अन्तारिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा नेपाली विद्यार्थीहरूद्वारा निर्माण गरिएको,
- मुख्य उद्देश्य तथा प्रयोगहरू:
- बिरुवाहरूको अनुगमन: वनस्पति र कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी संकलन गर्ने,
- घरेलु प्रविधिको परीक्षण: नेपालमा विकसित सानो आकारको स्याटेलाइट प्रविधिको क्षमता जाँच गर्ने,
- एआई (AI) प्रयोग: आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रयोग गरी संकलित डेटाको प्रशोधन गर्ने,

नेपालको स्याटेलाइट इतिहास: तुलनात्मक विवरण:
| विवरण | पहिलो स्याटेलाइट (नेपाली स्याट-१) | दोस्रो स्याटेलाइट (मुनाल) |
| प्रक्षेपण मिति | २०७६ वैशाख ५ (सन् २०१९ अप्रिल १७) | २०८२ पुस २८ (सन् २०२६ जनवरी १२) |
| प्रक्षेपण स्थान | भर्जिनिया, संयुक्त राज्य अमेरिका | श्रीहरिकोटा, भारत |
| वजन | करिब १.३ केजी (1U CubeSat) | करिब १.३ केजी (1U CubeSat) |
| अवस्था | २०७८ असोज १८ मा खसेर नष्ट भयो | हाल सञ्चालनमा रहने क्रममा |