Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

रुपैयाँ १०० दरको नयाँ बैंकनोट जारी

  • Ajnabee Khadka
  • November 27, 2025
  • 418

रुपैयाँ १०० दरको नयाँ बैंकनोट जारी

New 100 rupee banknote issued
  • प्रचलनको मिति: २०८२ साल मंसिर ११ गते (सूचना प्रकाशन मिति: २०८२-०८-११)
  • सङ्केत नं.: क. २०-०००००१ देखि घ. ४०-९९९९९९ सम्म
  • प्रतिज्ञा मूलक वाक्यांश: "नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ।"
  • आकार र रङ: साविककै आकार तथा रङमा

नोटको अग्रभाग (अगाडिको भाग) को विशेषता:

क्रम विशेषता विवरण
१. सगरमाथाको चित्र नोटको बायाँतर्फ रहेको,
२. लालीगुराँसको पानी छाप नोटको दायाँतर्फ रहेको,
३. नेपालको नक्सा र अशोक स्तम्भ नोटको मध्यभागमा रहेको,
४. लुम्बिनी शिलालेख अशोक स्तम्भसँगै अङ्ग्रेजीमा "LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA" लेखिएको,
५. मायादेवीको चित्र बायाँतर्फ अण्डाकार भित्र Silver Metallic मा रहेको,
६. दृष्टिविहीन पहिचान अशोक स्तम्भसँगै छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको,
७. सुरक्षण धागो २ मि.मि. चौडा भएको। सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिने,
८. गभर्नरको दस्तखत तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको,
९. सिरिज नम्बर (नेपाली) तल्लो भागको बोर्डरमा नेपालीमा "वि.सं. २०८१" लेखिएको,

नोटको पृष्ठभाग (पछाडिको भाग) को विशेषता:

क्रम विशेषता विवरण
१. बैंकको नाम मध्यभागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा "NEPAL RASTRA BANK" लेखिएको,
२. गैँडाको चित्र मध्यभागमा एकसिँगे गैँडाको माउ र बच्चाको चित्र रहेको,
३. मूल्य (अङ्ग्रेजी) तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा "RUPEES ONE HUNDRED" लेखिएको,
४. सिरिज वर्ष (अङ्ग्रेजी) तल्लो भागको बोर्डरमा नोटको Series Number अङ्ग्रेजीमा "2024 A.D." लेखिएको,
  • यसअघि २०७६ साल असोज ७ गतेदेखि २०१९ सिरिज को नोट प्रचलनमा ल्याउने भनी सूचना प्रकाशन गरिए पनि, सङ्केत नं. ओ. १८-०००००१ देखि क. १९-०३४५०० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 80
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1586
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 78
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA