Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना — तथ्यपत्र (२०८१ फागुनसम्म)

  • Ajnabee Khadka
  • July 11, 2025
  • 747

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना — तथ्यपत्र (२०८१ फागुनसम्म)

Prime Minister's Agricultural Modernization Project - Fact Sheet (As of 2081 Falgun)

नेपालको कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हे. रहेको छ। राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औषत आकार ०.६८ हे. र प्रति कित्ताको औषत आकार ०.२१ हे. रहेको छ। खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनहरुका कारण एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैन। कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन। गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रीकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामीण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहँदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ।

यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ नेपालको कृषि क्षेत्रलाइ आगामी २० वर्षसम्म मार्ग निर्देश गर्ने कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक संस्थागत जनशक्ति मार्फत तयार गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व. २०७३/७४ देखि लागू हुने गरी १० वर्ष अवधिको लागि सञ्चालनमा ल्याइएको छ। यस परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम गरी जम्मा चार वटा सम्भागहरु छन्। परियोजनाको अन्त्य सम्ममा देशै भरि २१ वटा सुपरजोन, ३०० वटा जोन, १५०० वटा ब्लक र १५००० वटा पकेटहरु स्थापना गरिनेछ। यस परियोजनाको कुल लागत रु. १ खर्ब ३० अर्ब ७४ करोड २० लाख रहेको छ।

संरचना र क्षेत्रगत विस्तार:

शीर्षक संख्या
सुपरजोन २१
जोन २०६
ब्लक १,६६४
पकेट ९,१६२

लाभान्वित घरपरिवार (२०८०/८१):

लाभग्राही वर्ग संख्या
महिला १,०४,६६६
पुरुष १,०७,३०३
जम्मा २,११,९६९

चक्लाबन्दी तथा यान्त्रिकीकरण:

विवरण क्षेत्रफल/संख्या
नयाँ चक्लाबन्दी गरिएको जमीन (२०८१/८२ फागुनसम्म) ८७ हेक्टर
जम्मा चक्लाबन्दी खेती विस्तार (हालसम्म) ७,७९० हेक्टर
कष्टम हायरिङ्ग सेन्टर स्थापना ६०६
वितरण गरिएका मेशिनरी औजार ५४,१८२

बाली क्षेत्र विस्तार (२०८१ फागुनसम्म):

बाली विस्तार (हेक्टर) कुल क्षेत्रफल (हेक्टर)
खाद्यान्न बाली ३,३७८ ३४,४७२
तरकारी ११६ ६,३६९
आलु १४८ ३,४८९

मत्स्यपालन:

विवरण संख्या
निर्माण सम्पन्न मत्स्यपोखरी १.८४० हेक्टर
वार्षिक माछा उत्पादन (थप) १०,६१४ मेट्रिक टन

सिँचाइ सुविधा विस्तार:

विवरण क्षेत्रफल/संख्या
नयाँ साना सिँचाइ निर्माण (२०८१ फागुनसम्म) ३१६
नयाँ सिँचाइ सुविधा विस्तार ६१२ हेक्टर
कुल सिँचाइ सुविधा विस्तार (२०८१ फागुनसम्म) ३१,३०६ हेक्टर
तुलना: २०८१ असारसम्म ३०,६९४ हेक्टर

शिक्षा र ईन्टर्न कार्यक्रम:

कार्यक्रम लाभान्वित संख्या
"सिक र कमाउ" मोडल अन्तर्गत १३,७४८ विद्यार्थी
कृषि ईन्टर्न परिचालन ३,३०९ विद्यार्थी

पूर्वाधार निर्माण (स्थानीय तहको सहभागिता):

संरचना निर्माण संख्या
खाद्यान्न बीउ स्रोत केन्द्र ८६
पशु नक्ष स्रोत केन्द्र ७६
प्लाष्टिक टनेल ५,४९५
बाख्रा / भेँडा / च्याङ्ग्रा खोर १,५१३

सङ्कलन, भण्डारण तथा प्रशोधन संरचना:

संरचना संख्या
सङ्कलन/भण्डारण घर २९८
गोदाम घर २९
चिस्यान घर ७५
रष्टिक स्टोर ६८
सैलार स्टोर २२
सुधारिएको अलैची भट्टी ७५८
जिउँदो माछा पसल ६४
प्राथमिक प्रशोधन उद्योग १३६
डुबानी साधन १२४
केरा राइपेनिङ्ग च्याम्बर १५

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA