Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

छापाखाना

  • Bikash Shrestha
  • August 19, 2025
  • 493

छापाखाना

Printing Press

 

छापाखाना पन्ध्रौँ शताब्दी तिरै तयार भएको भए पनि नेपालमा भने वि.सं. १९०८ मा जङ्गबहादुर राणाले बेलायतबाट फर्किँदा ल्याएका थिए । यसलाई ‘गिद्धे प्रेस’ भनेर चिनिन्थ्यो, तर यसको वास्तविक नाम कालेम्बियन प्रिन्टिङ प्रेस थियो । यो प्रेस जङ्गबहादुरको निवासस्थान थापाथलीमा राखिएको थियो र वि.सं. १९५८ सम्म हलुका कागजपत्र, लिफाफा, टिकट, सरकारी कागजपत्र आदि छाप्ने काम गर्थ्यो ।

केही वर्षपछि ठमेल नजिकै ठँटीहिटीमा मनोरञ्जन छापाखाना स्थापना भयो । नेपालमा पुस्तक छाप्ने पहिलो प्रेस पनि यही नै थियो । त्यसै गरी वि.सं. १९३०–१९३३ बीचमा वीर शमशेरको निवास नारायणहिटीमा अर्को छापाखाना स्थापना गरियो । साथै, ‘जङ्गी लिथोग्राफी छापाखाना’ नामक सरकारी छापाखाना पनि थियो, जुन वि.सं. १९४९ भन्दा पहिले नै वसन्तपुरमा सञ्चालनमा थियो ।

वि.सं. १९४९ मा कवुरे रत्न बज्राचार्यले हातले चल्ने प्रेस बनाएका थिए । यसै प्रेसले वि.सं. १९७९ सम्म ‘बुद्ध प्रेस’ नाममा संस्कृत र नेवारी भाषाका धार्मिक पुस्तक छाप्ने काम गर्‍यो । पछि यही प्रेस विभिन्न ठाउँ हुँदै पुग्दै अन्नपूर्णा प्रेस मा परिणत भयो ।

वि.सं. १९६३ मा सरकारले एउटा सानो र एउटा ठूलो सेम्टेड यूरोटा हात प्रेस किनेको थियो । त्यतिबेला कुसल शिल्पी घेनेन्द्र शमशेरले पनि प्रेस बनाएर नारायण प्रेस नाम राखी जमलमा स्थापना गरेका थिए ।

सरकारी छापाखानाबाहेक व्यवसायिक रूपमा स्थापन भएको पहिलो प्रेस वि.सं. १९५० मा पण्डित मातृकृष्ण र धीरेन्द्रकृष्णले ठँटीहिटीमा स्थापना गरेको पशुपति प्रेस थियो । त्यसपछि वि.सं. १९६९ मा नेपालमा बिजुलीबाट सञ्चालित पहिलो छापाखाना नक्सालमा स्थापना भयो ।

पञ्चायतकाल समाप्त भएर बहुदलीय व्यवस्था आएपछि नेपालमा छापाखाना तथा पत्रपत्रिकासम्बन्धी अधिकार कानूनी रूपमा सुनिश्चित भयो । त्यसपछि छापाखाना उद्योगको तीव्र विकास भयो ।

आज नेपालमा थुप्रै प्रेसहरू सञ्चालनमा छन् र अझै पनि विस्तार हुँदैछन् । प्रमुख सरकारी र गैरसरकारी प्रेसहरूमा –

  • नेपाल सरकार मुद्रण विभागको छापाखाना

  • गजेट छापाखाना

  • जनक शिक्षा सामग्री केन्द्र एजुकेसन प्रेस

  • त्रिभुवन विश्वविद्यालय छापाखाना

  • जारिगणेश प्रेस

  • सहयात्री प्रेस
    आदि पर्छन् ।

हाल शहरी क्षेत्रमा छापाखानाको सुविधा सहज रूपमा उपलब्ध भए पनि दुर्गम पहाडी जिल्लामा अझै सामान्य प्रेसको अभाव छ । यस कारण केन्द्रीय तहमा सुरक्षित र व्यवस्थित प्रेसहरूको आवश्यकता अझै पनि महसुस गरिएको छ ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 81
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1590
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 81
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 118
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA