Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा आयोगका बस्तुगत प्रश्नोत्तर (३१ वैशाख २०८२, बुधबार)

  • Ajnabee Khadka
  • May 14, 2025
  • 582

लोक सेवा आयोगका बस्तुगत प्रश्नोत्तर (३१ वैशाख २०८२, बुधबार)

Public Service Commission's substantive Q&A (31 Baisakh 2082, Wednesday)

१. देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ? 

➤ भादा, कैलाली (विसं २०८२ वैशाख) 

  • थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको । 
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको । 
  • धनगढी उपमहानगरपालिका –१६ स्थित यो गाउँमा २०६७ सालदेखि होमस्टे सुरु गरिएको । 
  • यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो र काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो उत्कृष्ट घोषित भएका । 
  • प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उपर्युक्त होमस्टे व्रmमशः रु. एक लाख, रु. ७५ हजार र रु. ५० हजार पुरस्कारका हकदार बनेका । 

२. न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी को हुनुहुन्छ ? 

➤ ज्ञानीशोभा तुलाधर 

  • न्यू विजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न सन् २०२१ देखि बर्सेनि यो अवार्ड प्रदान गर्दै आएको । 
  • बेस्ट वुमन इन्टरप्रेनर  आभा शाह 
  • इन्सपाइरिङ वुमन इन्टरप्रेनरः  गङ्गा छन्त्याल
  • युथ वुमन इन्टरप्रेनर  केश्मा थापा 
  • प्रोफेसनल वुमन अफ एक्सिलेन्स सङ्गीता थापा 
  • वुमन इन टेक  सुनैता पाण्डे 
  • इमर्जिङ इन्टरप्राइजिङ 

वुमन अफ दि इयर: 

  • दीपा गुरुङ (कोशी), 
  • कविता खड्का (मधेश),
  • गीता अमात्य (बागमती), 
  • रजनी शर्मा चपाईं (गण्डकी), 
  • प्रेमकुमारी पुन (लुम्बिनी) 
  • कलसादेवी चौलागाई (कर्णाली), 
  • इन्दिरा रेग्मी (सुदूरपश्चिम) 

३. वल्र्ड इको आउटलुकको प्रतिवेदन (सन् २०२५ मे) अनुसार भारत विश्वको कति औँ अर्थतन्त्र बनेको छ ?

➤ चौथो

  • सो प्रतिवेदन अनुसार जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको । 
  • भारतको जिडिपी सन् २०२५ अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको सो प्रतिवेदनमा उल्लेख गरिएको । जापानको जिडिपी ४.१८६ ट्रिलियन डलर रहेको। 
  • आउटलुक प्रतिवेदन अनुसार आगामी तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने अनुमान रहेको ।
  • वल्र्ड इको आउटलुकको प्रतिवेदन अनुसार प्रमुख पाँच अर्थतन्त्र

देश अर्थतन्त्र (अमेरिकी डलर)

  • अमेरिका ३०.५०७ ट्रिलियन
  • चीन १९.२३१ ट्रिलियन
  • जर्मनी ४.७४४ ट्रिलियन
  • भारत ४.१८७ ट्रिलियन
  • जापान ४.१८६ ट्रिलियन

 

४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ? 

➤ वैशाख २४ 

  • मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको वि.सं. १९५८ वैशाख २४ गतेको स्मरणमा हरेका वर्षको वैशाख २४ गते यो दिवस मनाइने। 
  • वि.सं. २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको ।

 

५. नेपाल सरकार र आन्दोलनरत शिक्षकबिच नौ बुँदे सहमति कहिले भएको हो ? 

➤ वि.सं. २०८२ वैशाख १७ 

  • वि.सं. २०८१ चैत्र २० देखि सुरु भएको आन्दोलन चैत्र–वैशाखको प्रचण्ड गर्मी झेल्दै २९ औँ दिनमा नौ बुँदे सहमति कायम भई रोकिएको । 
  • नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित सो आन्दोलनले विद्यालय शिक्षा ऐन र शिक्षक एवं विद्यालय कर्मचारीका सेवा सुविधासम्बन्धी विविध मागहरूलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरेको थियो । 
  • वि.सं. २०८२ असार १५ गतेभित्रै प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता गरिएको छ । 

६. हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ? 

➤ ७५३

  • सबैभन्दा पछि बैङ्किङ शाखा पुगेको पालिका बझाङको साइपाल गाँउपालिका हो । 
  • सरकारले आव २०८१÷८२ को बजेटमा यसै वर्ष साइपालमा बैङ्क शाखा पुराउने घोषणा गरेको थियो । 

 

७.  सरकारद्वारा चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेसम्बन्धी कानुनी व्यवस्था कहिलेदेखि लागु गरिएको हो? 

➤ वि.सं. २०८२ वैशाख २४ 

  • सरकारले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरी चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा वैशाख २४ देखि लागु हुने गरी नयाँ कानुनी व्यवस्था गरेको। 
  • अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रव्रिmया अघि बढाउने । 
  • यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । 
  • बैङ्किङ कसुर तथा सजाय ऐन संशोधनमार्फत विनिमेय अधिकार ऐन, २०३४ दफा १०७ (क) खारेज गरिएको । यो खारेज भएसँगै बाउन्स भएका एक वर्षभन्दा पुराना चेक काम नलाग्ने भएका छन् । 
  • विनिमेय अधिकार ऐन, २०३४ अनुसार बाउन्स भएको चेकको हदम्याद पाँच वर्षको हुन्थ्यो । 
  • अब चेक बाउन्स भएको एक वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने हदम्याद राखिएको छ । त्यसरी जाहेरी परेको मितिले छ महिनाभित्र सम्बन्धित जिल्ला अदालतसमक्ष मुद्दा दायर गरिसक्नुपर्ने छ । 
  • चेकमा उल्लेख भए अनुसार खातामा पर्याप्त निक्षेप नभएमा अब बैङ्कले खातावालालाई ४५ दिनको समय दिएर पैसा जम्मा गर्न सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । त्यति गर्दा पनि पैसा जम्मा नगरे तीन दिनभित्र चेक अनादर गरेको प्रमाणित गरी धारक (चेकमा उल्लेख रकम भुक्तानी पाउनुपर्ने व्यक्ति) लाई चेक फिर्ता दिने प्रावधान छ । 
  • यसअघि जरिबाना शतप्रतिशत रहेकोमा अब बिगो भराएर पाँच प्रतिशत मात्र राखिएको छ । 
  • ऐनमा मिलापत्रको व्यवस्था पनि गरिएको छ । यसअघि मिलापत्र हुनेमा मुलुकी अपराध कार्यविधि संहिता अनुसार हुने गर्दथ्यो । 

 

८. २६७ औँ पोपका रूपमा कसलाई चयन गरियो ? 

➤ रोबर्ट फ्रान्सिस प्रिभोस्ट 

  • इलिनोइस राज्य अन्तर्गत शिकागोका ६९ वर्षीय प्रिभोस्ट संयुक्त राज्य अमेरिकाका पहिलो पोप हुन् । 
  • पोपका रूपमा ‘लियो चौधौँ’ भनेर चिनिने प्रिभोस्टले विश्वका १.४ अर्ब क्याथोलिकको नेतृत्व गर्ने छन् । 

 

९. दसौँ संस्कारणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ वैशाख २५–२९ 

 

१०. विसं २०८२ वैशाखमा सम्पन्न हेटौँडा महिला गोल्डकपको उपाधि कसले जित्यो ? 

➤ एपिएफ क्लब (उपविजेता ः नेपाल पुलिस क्लब)

  • उपाधि विजेता एपिएफले सात लाख रुपियाँ र ट्रफी हात पारेकोे । 
  • त्यस्तै उपविजेता पुलिसले पाँच लाख रुपियाँ प्राप्त गरेको । 
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मी घिसिङले स्कुटर प्राप्त गरेकी । 

 

११. वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधन कहिले भएको हो ? 

➤ वि.सं २०८२ वैशाख २३ 

  • उहाँ २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री र २०६३ मा गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुदमन्त्री हुनु भएको थियो । 
  • भूमिगत कालमा सञ्जय थापाको नामबाट कलम चलाउनु भएका राजनीतिक एवं साहित्यकर्मी उहाँ पछिल्लो समय प्रदीप नेपालकै नामबाट साहित्य सिर्जनामा व्रिmयाशील हुनुहुन्थ्यो । 
  • उहाँका देउमाईको किनारमा, मुक्त आकाशको खोजीमा, एक्काइसौँ शताब्दीको सुम्निमा, खुइते कडेरिया, पूर्वतिर, चरैवति चरैवति, हजार वर्षको यात्रा, आकाश गङ्गाको तिरैतिर, सुर्जेमानको बाल्यकाललगायतका चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । 

१२. जर्मनीको चान्स्लरमा को निर्वाचित भएका छन् ? 

➤ फ्रिदिश मेर्च (सन् २०२५ मे) 

 

१३. नाट्यारत्न २०८२ बाट सम्मानित व्यक्तित्व को को हुनुहुन्छ ? 

➤ हेमराज भुसाल, कमल गाउँले, डिल्ली नारायण पाण्डेय, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा. नारायणप्रसाद पन्थ र पुष्कर रेग्मी अथक ।

 

१४. सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट कसलाई सम्मानित ग¥यो ? 

➤ सागर पण्डित (सम्पादक ः नेपाल समाचार पत्र) 

 

१५.  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) हेल्थ रिसर्च अवार्ड–२०२५ बाट सम्मानित चिकित्सक को हुन् ? 

➤ डा. रामहरि चापागाईं (बालरोग विशेषज्ञ ः कान्ति बाल अस्पताल)

 

१६. पहलगाम घटनालाई लिई एक अर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तानबिच युद्धविराम सहमति कहिले भएको हो ? 

➤ सन् २०२५ मे १० 

  • दुवै पक्षबिच मे १० का दिन जमिन, आकाश र समुद्र सबैतिरको गोलीबारी र सैन्य कारबाही बन्द गर्ने तथा कुनै तटस्थ भूमिमा वार्ता गर्ने सम्बन्धमा सहमति भएको । 
  • यी दुई मुलुकबिच युद्धविराम गराउन अमेरिकाले मध्यस्थता गरेको थियो । 
  • भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा २२ अप्रिलमा आतङ्कवादी समूहले गरेको हमलामा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । 
  • सो घटनालगत्तै भारतले पाकिस्तानीका लागि भिसा रद्द गरेको थियो भने सिन्धु जलसन्धिलाई निलम्बलन गरेको थियो । त्यस्तै दिल्लीमा रहेका पाकिस्तानी सुरक्षातर्फको कूटनीतिक अधिकारीलाई भारत छाड्न भनिएको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय जहाजका लागि आफ्नो हवाई रुट बन्द गरेको थियो भने भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको थियो । 
  • पहलगाम घटनामा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको भारतले मे ७ मा बिहान १ बजेर ५ मिनेटमा पाकिस्तानका विभिन्न स्थानमा हवाई आव्रmमण गरेको थियो । त्यसलाई भारतले अपरेसन सिन्दुर नाम दिएको थियो । 
  • पाकिस्तानले मे १० का दिन मात्रै ‘अपरेसन बुनयान उल मरसुस’ घोषणा गरेको थियो । 

१७. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८२ वैशाख १७ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क, २०८१÷८२ अनुसार मुलुकको कुल गार्हस्थ उत्पादन (अर्थतन्त्रको आकार) कति रहेको अनुमान छ ? 

➤ रु. ६१ खर्ब सात अर्ब 

  • अर्थतन्त्रको आकार आव २०८०÷८१ मा ५७ खर्ब नौ अर्ब र आव २०७९÷८० मा ५३ खर्ब ६७ अर्ब रहेको थियो । 
  • आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) ः ३.९९ प्रतिशत 
  • आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा) ः ४.६१ प्रतिशत 
  • प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १४९६ अमेरिकी डलर
  • प्रतिव्यक्ति कुल राष्ट्रिय आयः १५१७ अमेरिकी डलर 
  • वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको हिस्सा ः कुल गार्हस्थ उत्पादनको २५.८९ प्रतिशत 
  • कुल राष्ट्रिय बचत ः कुल गार्हस्थ उत्पादनको ३६.२४ प्रतिशत 
  • आयात (वस्तु तथा सेवा) ः कुल गार्हस्थ उत्पादनको ३२.९१ प्रतिशत 
  • निर्यात (वस्तु तथा सेवा) ः कुल गार्हस्थ उत्पादनको ८.७४ प्रतिशत 

 

१८. कतारद्वारा प्रदान गरिने प्रतिष्ठित ‘कतार सिएसआर अवार्ड–२०२५’ प्राप्त गर्न सफल कम्पनी कुन हो ? 

➤ क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी महोत्तरीको यासमिन नाजको सो कम्पनी उक्त अवार्डबाट सम्मानित भएको । 

  • यो सँगै यासमिनको कम्पनी सिएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको । 
  • यस कम्पनीले कतारमा रहेका नेपालीसहित भारत, फिलिपिन्स, श्रीलङ्का, अफ्रिकालगायतका कामदारलाई सशुल्क तथा निःशुल्क सिपमूलक र वृत्तिविकाससम्बन्धी तालिमहरू प्रदान गर्दै आएको । 

प्रस्तुतकर्ता ः टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA