Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० मंसिर २०८२, बुधबार)

  • Ajnabee Khadka
  • November 26, 2025
  • 447

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० मंसिर २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (10 Mangsir 2082, Wednesday)

१.  जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम

  • मुख्य एजेन्डा : जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धता कार्यान्वयन ।
  • कोप–३० मा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (९ सदस्यीय) को नेतृत्वको टोली सहभागी भएको । 
  • नेपालद्वारा सम्मेलनमा सगरमाथा संवादको निष्कर्षका साथै जलवायुजन्य हानिनोक्सानी, कार्बन वित्त, पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डालगायत विषय प्रस्तुत गरिएको । जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषय पनि नेपालको प्राथमिक एजेन्डाका रूपमा रहेका । 
  • जलवायु सहनशीलता, स्वच्छ ऊर्जा र न्यायोचित रूपान्तरणसम्बन्धी नयाँ सहमतिलाई कोप–३० को महत्वपूर्ण उपलब्धि भएको बताइएको ।
  • नेपालले कोप–३० को पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते ‘लिडर समिट’ को आयोजना गरेको । 
  • पहिलो कोप सम्मेलन (कोप १) सन् १९९५ मार्च २८– अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा सम्पन्न भएको थियो । 
  • आगामी कोप ३१ सन् २०२६ मा अस्ट्रेलियाको एडिलेडमा हुने भएको ।
  • कोप २९ अजरबैजानको राजधानी वाकु (सन् २०२४ नोभेम्बर ११–२२) मा सम्पन्न भएको । 

२. जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ? 

➤ दक्षिण अफ्रिका 

  • मिति : सन् २०२५ नोभेम्बर २२–२३ 
  • अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको ।
  • सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका । 
  • जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित । 
  • जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएको । 
  • घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश । 

३.  सरकारले मुख्य सचिवमा कसलाई नियुक्त गर्यो ?

➤ सुमनराज अर्याल 

  • वि.सं. २०८२ मङ्सिर ८ को मन्त्रीपरिषद् बैठकले मङ्सिर १० देखि लागु हुने गरी अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको ।
  • ५८ बर्से उमेर हदका कारण मुख्य सचिव एकनारायण अर्याल ९ मङ्सिरबाट अनिवार्य अवकाश भएका । 

४.  सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ? 

➤ राष्ट्रिय योजना आयोग

 

५.  विश्व शौचालय दिवस कहिले मनाइन्छ ? 

➤ नोभेम्बर १९ 

  • सन् २०२५ को नारा : सेनिटेसन इन अ चेन्जिङ वल्र्ड । 
  • विश्वका सबै नागरिकलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको । 
  • नेपाल विसं २०७६ असोज १३ गते खुला दिशामुक्त देश घोषणा (दक्षिण एसियामै पहिलो) भएको । 
  • नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की (२०६८ असार १०) तथा सबैभन्दा पछिल्लो अर्थात् ७७ औँ जिल्ला भोजपुर (२०७६ असोज ४) रहेका । 

 

६.  कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान–२०८२ कसलाई प्रदान गरियो ?

➤ विजय यादव ‘निर्बिज’

  • बज्जिका भाषाको पहिलो उपान्यास ‘प्रतिमा’ का लेखक विजय यादव ‘निर्बिज’ लाई सो अवार्ड प्रदान गरिएको । सर्लाही मलङ्गवामा बज्जिका साहित्य समाज सर्लाहीले सो सम्मान प्रदान गरेकोे ।

 

७.  बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ ४३२ मेगावाट

  • प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा विसं २०८२ मङ्सिर ३ गते बसेको बैठकले चार ठुला जलविद्युत् परियोजना (वेतन कर्णाली जलविद्युत् परियोजना, तल्लो अरूण जलविद्युत् परियोजना, अरूण जलविद्युत् परियोजना र पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना) का सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको ।
  • अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपियाँ लागत स्वीकृत ।
  • ६६२ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मसौदा स्वीकृत ।
  • बैठकले नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरूण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष सम्झौताको मसौदा स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेस गरिने । 
  • आठ सय मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरिएको । 

८.  एभोकाडोको राजधानीका रूपमा घोषणा गरिएको स्थान कुन हो ? 

➤ धनकुटा (विसं २०७५)

 

९.  नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? 

➤ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 

 

१०.  राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ? 

➤ मङ्सिर १ 

  • २०८२ (२१ औँ) को नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ । 
  • नेपालमा विसं २०६२ बाट कफी दिवस मनाउन सुरु गरिएको । 
  • विश्व कफी दिवस अक्टोबर १ मा मनाइने ।
  • कफीमा पाइने तत्व : क्याफिन ।
  • कफीको घर भनेर इथियोपियालाई चिनिने ।
  • कफीका लागि प्रसिद्ध जिल्ला गुल्मी हो । 
  • विश्वमा सबैभन्दा बढी कफी उत्पादन हुने देश ब्राजिल हो । 

 

११.  हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ? 

➤ ७५३

 

१२.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

➤ ५.८ प्रतिशत (सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको ।)

 

१३. प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ? 

➤ दोस्रो 

  • विजेता : भारत 
  • उपविजेता : नेपाल 
  • आयोजक राष्ट्र : भारत र श्रीलङ्का 
  • खेल सञ्चालन : सन् २०२५ नोभेम्बर ११–२३ 
  • सहभागी राष्ट्र : नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका 
  • राउन्ड रोविन लिगको आधारमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ९ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा पाकिस्तान र अमेरिकालाई १०÷१० विकेटका साथ पराजित गरेको । नेपालकी विनिता पुनले पाकिस्तानविरुद्धको खेलमा १०७ रनको पारी खेलेकी । 

१४. ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन’ कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर ५–६, शैलुङ (दोलखा)

  • गोरखापत्र संस्थानद्वारा आयोजित सो सम्मेलन समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्पन्न भएको । 
  • सो सम्मेलनमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘अबको पत्रकारिताले समयसापेक्ष जनजीवनलाई जोड्नु पर्ने साथै साहित्य विकासमा ऐतिहासिक महìवका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनुपर्ने’ बताउनु भएको । 
  • सो सम्मेलनमा सुवासचन्द्र पौडेल, लक्ष्मी ढकाल, रञ्जना निरौला, किशोरी पहाडी, लक्की चौधरी, तारा बिएम, अमृता विकलगायतले कविता वाचन गर्नुभएको थियो । 
  • सम्मेलनमा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङलगायतको उपस्थिति रहेको । 

१५. ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ? 

➤ एञ्जिला 

  • ९८ औँ ओस्कार अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुने ।
  • मिलन चाम्स निर्देशित चलचित्र एञ्जिला राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित रहेको छ ।
  • ९७ औँ ओस्कार अवार्डका लागि शाम्बाला चलचित्र छनोट भएको थियो । 

१६. नेपाल सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८२ कहिले स्वीकृत गरेको हो ?

➤ वि.सं. २०८२ साउन २६

 

१७. युइएफए वुमन्स् युरो २०२५ को उपाधि कसले जित्यो ?

➤ इङ्ग्ल्यान्ड (उपविजेता : स्पेन) 

 

१८. आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ? 

➤ कोशी प्रदेश (७७.२६ प्रतिशत) 

 

१९. मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ? 

➤ फतिमा बोस (मेक्सिको)

  • संस्करण : ७४ औँ 
  • आयोजना : थाइल्यान्ड 
  • विजेता : फतिमा बोस (मेक्सिको)
  • फस्र्ट रनरअप : प्रविनर सिंह (थाइल्यान्ड) 
  • सेकेन्ड रनरअप : स्टेफेनी अवसली (भेनेजुएला) 
  • थर्ड रनरअप : आतिसा मानालो (फिलिपिन्स) 
  • फोर्थ रनरअप : ओलिभिया यासे (आइभरि कोस्ट)

२०. पहलमान सिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ जेठ २४–२५, धनगढी (कैलाली)

 

२१. रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ? 

➤ सन् २०२५ नोभेम्बर 

  • अमेरिकाद्वारा युद्ध अन्त्य गराउन विशेष पहल गरिएको । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८ बुँदे शान्ति योजनाको मसौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षासम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको जनाइएको । 
  • शान्ति योजनाका प्रमुख बुँदा
  • रुसलाई पुनः जी–८ मा फर्काइने । 
  • रुसमाथि लगाइएका विभिन्न प्रतिबन्ध चरणबद्ध रूपमा हटाइने । 
  • रुसले छिमेकी मुलुकमा आक्रमण नगर्ने र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले थप विस्तार नगर्ने । 
  • अमेरिकाको मध्यस्थतामा रुस–नेटोबिच सुरक्षा तथा तनाव न्यूनीकरणसम्बन्धी संवाद हुने । 
  • युक्रेनले संविधानमा नेटोमा प्रवेश नगर्ने प्रावधान राख्ने ।
  • नेटोले भविष्यमा युक्रेनलाई सदस्यता नदिने विषय आफ्नो विधानमा समावेश गर्ने । 
  • नेटोले युक्रेनमा सेना तैनाथ नगर्ने । 
  • क्रिमिया, लुहान्स्क र डोनेट्स्कलाई रुसका रूपमा मान्यता दिइने, खेरसन र जापोरिझिया सम्पर्क रेखामा ‘स्थिर’ अवस्थामा रहने । 
  • रुसले सहमतिबाहेकका अन्य क्षेत्रको नियन्त्रण त्याग्ने । 
  • सबै पक्ष सहमत भएपछि दुवै पक्षका सेनाले निर्धारित स्थानमा पछाडि हट्नेबित्तिकै युद्धविराम लागु हुने र सम्झौता कार्यान्वयन सुरु हुने कुरा पनि शान्ति योजनामा उल्लेख गरिएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 72
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1571
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 67
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 115
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA