Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ माघ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • February 04, 2026
  • 756

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ माघ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (21 Magh 2082, Wednesday)

१. सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३–२०८६/८७) कहिले सार्वजनिक गरेको हो ? 

➤ वि.सं. २०८२ माघ १४

  • दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिले बैङ्क तथा वित्तीय संस्थामा अधिक तरलता व्यवस्थापन र कर्जा–निक्षेपको असन्तुलनलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।
  • रणनीतिमा बैङ्किङ क्षेत्रमा साइबर सुरक्षा जोखिम, ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको अभाव तथा कर्जा प्रवाहको केन्द्रीकरण जस्ता समस्या उल्लेख गरिएको छ ।
  • वित्तीय क्षेत्र सुदृढीकरण, नियामकीय क्षमता अभिवृद्धि र जोखिम व्यवस्थापनका लागि स्पष्ट मापदण्ड तथा एकीकृत सुपरीवेक्षण प्रणाली विकास गर्ने कार्यनीति तय गरिएको छ ।
  • नेपालमा संस्थागत बैङ्किङ प्रणालीको सुरुवात १९९४ सालमा भएको हो । २०४० सालसम्म सरकारद्वारा प्रवर्धित चार वटा बैङ्क तथा वित्तीय संस्था मात्र अस्तित्वमा थिए । २०४१ सालदेखि निजी क्षेत्रको प्रवेश भएको हो । २०४६ सालको परिवर्तनपछि अपनाइएको उदारीकरणको नीति अनुरूप वित्तीय पहुँच बढाउन र विकासका लागि स्रोत जुटाउन नेपाल राष्ट्र बैङ्कसमेत वित्तीय संस्था स्थापनामा निकै लचिलो बन्यो ।
  • नेपाल सरकारले पहिलो पटक वित्तीय क्षेत्र विकास रणनीति –२०७३/७४–२०७७/७८) कार्यान्वयनमा ल्याएको थियो । उक्त रणनीतिको समयावधि समाप्त भइसकेको छ, जसमा वित्तीय क्षेत्रमा नवीनतम वित्तीय उपकरण तथा कृत्रिम बौद्धिकताको प्रयोगमा भएको बढोत्तरी, सूचना प्रविधि क्षेत्रमा हुँदै गएको द्रुत विकासलाई पहिलो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनको नतिजाका रूपमा लिइएको छ । त्यसकै आधारमा सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति –२०८२/८३–२०८६/८७) तर्जुमा गरेको हो ।

 

२. राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बहुप्रतीक्षित काठमाडौँ–तराई द्रुतमार्गको निर्माण कार्य कति सम्पन्न भएको छ ? 

➤ ४५.३३ प्रतिशत –विसं २०८२ पुस मसान्त

  • सम्पन्न गर्नुपर्ने समय करिब १४ महिना बाँकी रहँदा आधाभन्दा कम काम मात्र सकिएको छ । 
  • अनुमानित निर्माण लागत : कुल दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ 
  • कुल लम्बाइ ७०.९७ किलोमिटर रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । 
  • २०८० साल वैशाख ५ गतेको मन्त्रीपरिषद् बैठकले आयोजना सम्पन्न गर्ने समय २०८३ चैतसम्म तोकेको छ । 

 

३. नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको टोली कहिले त्यसतर्पm प्रस्थान गरेको हो ? 

➤ वि.सं. २०८२ माघ १९

 

४. सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ माघ १५ –फागुन १ गतेदेखि लागु)

 

५. तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ? 

➤ वि.सं. २०८२ माघ २२–२३ 

  • राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाडौँ विश्वविद्यालयको सहआयोजनामा प्रतियोगिता तय गरिएको हो । काठमाडौँ विश्वविद्यालयकै परिसरमा प्रतियोगिता आयोजना गरिने छ । 
  • सहभागी टोली आठ –काठमाडौँ विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल, गण्डकी, पोखरा, कृषि तथा वन र त्रिभुवन विश्वविद्यालय) छन् ।
  • प्रतियोगितामा हरेक विश्वविद्यालयबाट ३१ खेलाडी, पाँच प्रशिक्षक र एक व्यवस्थापक गरी ३७ जना सहभागी हुने छन् । पुरुष भलिबल, महिला टेबलटेनिस –सिङ्गल/डबल्स), महिला ब्याडमिन्टन –सिङ्गल/डबल्स), महिला/पुरुष बास्केटबल र महिला/पुरुष एथलेटिक्स खेल रहेका छन् ।

तेस्रो विश्वविद्यालय खेलकुदको तयारी पूरा | Nagarik News

६. नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाल स्पोट्र्स समिट २०२६’ –एनएसएस २०२६) का लागि तय गरिएको मिति कुन हो ? 

➤ वि.सं. २०८२ माघ २२ –सन् २०२६ फेब्रुअरी ५)

 

७. भारत र युरोपेली सङ्घ –इयु, बिच करिब बहुप्रतीक्षित व्यापार सम्झौता कहिले भएको हो ? 

➤ सन् २०२६ जनवरी २७ 

  • भारत र युरोपेली सङ्घ –इयु) ले २७ जनवरीमा एक महìवपूर्ण स्वतन्त्र व्यापार सम्झौता –एफटीए) घोषणा गरेका छन् । 
  • विश्व अर्थतन्त्र परिवर्तनको चरणमा रहेको बेला भारत र युरोपेली सङ्घ दुवै पक्ष बर्सौंसम्म चलेको जटिल वार्तापछि सम्झौतामा पुगेका हुन् । 
  • यससँगै करिब दुई अर्ब जनसङ्ख्या र विश्व अर्थतन्त्रको झन्डै एक–चौथाइ हिस्सा ओगट्ने यी दुई पक्ष अब आर्थिक सहकार्यको नयाँ चरणमा प्रवेश गरेका छन् ।
  • यस सम्झौताले आपसी व्यापारलाई नयाँ उचाइमा लैजानुको साथै भारतलाई विश्वव्यापी म्यानुफ्याक्चरिङ र निर्यात केन्द्रका रूपमा अझ बलियो बनाउने जनाइएको छ। 
  • भारतले युरोपेली सङ्घलाई पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स र कपडा निर्यात गर्छ भने युरोपेली सङ्घबाट भारतले मेसिनरी, विमान, मेडिकल सामग्री र उच्च प्रविधिका सामान आयात गर्छ ।
  • यो व्यापार सम्झौताले व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने र विश्वव्यापी चुनौतीपूर्ण परिस्थितिसँग जुध्न दुवै अर्थतन्त्रलाई सहयोग पुग्ने जनाइएको छ । 

भारत-युरोप व्यापार सहमति ऐतिहासिक

८.  विश्व सिमसार दिवस कहिले मनाइन्छ ? 

➤ फेब्रुअरी २

  • सन् २०२६ –३० औँ को नारा : वेटल्यान्ड्स एन्ड ट्रेडिसनल नलेज ः सेलिब्रेटिङ कल्चरल हेरिटेज

 

९. ‘किड्नी अफ दि वल्र्ड’ भनी कुन क्षेत्रलाई चिनिन्छ ? 

➤ सिमसार क्षेत्र 

 

१०. हेम–गङ्गा अनुसन्धान तथा संरक्षण सम्मान, २०८२ बाट कसलाई सम्मानित गरियो ? 

➤ वरिष्ठ चराविद् डा. हेमसागर बराल 

 

११. अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिङ्गल्सतर्फको उपाधि विजेता को हुन् ? 

➤ कार्लोस अल्काराज –स्पेन

  • नोभाक जोकोभिचलाई हराउँदै अल्काराजले सो उपाधि जितेका हुन् । 
  • अल्काराजले यो सातौँ ग्रान्डस्लाम उपाधि जितेका हुन् । उनी २२ वर्षको उमेरमै चार वटै ग्रान्डस्लाम उपाधि जितेर यो उपलब्धि हासिल गर्ने विश्वकै कान्छा खेलाडी बनेका छन् ।
  • काजकिस्तानकी एलिना रिबाकिनाले विश्वको नम्बर एक खेलाडी अरिना साबालेन्कालाई हराएर अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन् । 

अल्काराजले जिते अस्ट्रेलियन ओपन « News of Nepal

१२.  फ्राइडे फर फ्युचर नामक कार्यक्रमको अभियन्ता को हुन् ? 

➤ ग्रेटा थनवर्ग –स्वीडेन

 

१३.  एल–निनोको कारण सिर्जित खडेरीले गर्दा ‘स्टेट अफ डिजास्टर’ घोषणा गर्ने मुलुक कुन हो ? 

➤ जिम्बावे

 

१४. नेपालमा सुनकोशी नामक गाउँपालिका कति ओटा रहेका छन् ? 

➤ तीन –ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक जिल्लामा)

  • लिखु नाम गरेका गाउँपालिका चार वटा –लिखु पिके–सोलुखुम्बु, लिखु– ओखलढुङ्गा, लिखु तामाकोशी–रामेछाप, लिखु–नुवाकोट) रहेका छन् । 

 

१५. विश्वकै सबैभन्दा छोटो दुरीको हवाई मार्ग कुन हो ? 

➤ वेस्ट्रे र पापा वेस्ट्रेबिचको मार्ग –स्कटल्यान्ड

  • स्कटल्यान्डको ओर्किनी टापु समूहमा रहेको वेस्ट्रे र पापा वेस्ट्रेबिचको यो उडान विश्वकै सबैभन्दा छोटो व्यावसायिक उडानका रूपमा रहेको छ ।
  • यो उडानको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता रहेको छ । 
  • यी दुई टापुबिचको हवाई दुरी जम्मा २.७ किलोमिटर मात्र रहेको छ । सामान्यतया यो दुरी पार गर्न जहाजलाई ८० सेकेन्ड लाग्छ । हावाको दिशा अनुकूल भएमा यो उडान मात्र ५३ सेकेन्डमै पुरा हुने जनाइएको छ । पाइलटले जहाज उडाएर उचाइ लिन नपाउँदै ओर्लिने तयारी गर्नुपर्ने हुन्छ । 

 

१६. ‘जहिले पनि याद गर, सफल भएरै छोड्ने तिम्रो सङ्कल्प नै सबैभन्दा महत्वपूर्ण कुरा हो’ भन्ने विचारक को हुन् ? 

➤ अब्राहम लिङ्कन 

 

१७. भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा संसद्मा प्रस्तुत (सन् २०२६ फेब्रुअरी १) वार्षिक बजेटमा नेपाललाई कति रकम अनुदान दिइने भएको छ ? 

➤ आठ अर्ब भारतीय रुपियाँ –१२ अर्ब ८० करोड नेपाली रुपियाँ

  • सार्क राष्ट्रमा प्रदान गरिने अनुदान रकममा भुटानपछि नेपाल दोस्रो रहेको छ । 

 

१८. १४ औँ दक्षिण एसियाली खेलकुद (साग) कहिले र कहाँ आयोजना हुने निर्णय भएको छ ? 

➤ सन् २०२७ मार्च २३–३१, पाकिस्तान

  • ओलम्पिक काउन्सिल अफ एसिया –ओसिए) को ४६ औँ महासभाको अवसर –सन् २०२६ जनवरी) मा उजवेकिस्तानको तास्कन्दमा दक्षिण एसियाली देशका राष्ट्रिय ओलम्पिक कमिटीको साइडलाइन बैठकबाट नयाँ मिति तय गरिएको हो । 
  • यसअघि तय गरिएका खेलकुदका इभेन्टहरू भने यथावत राखिने छन् । 
  • सन् २०१९ मा नेपालमा १३ औँ साग आयोजनाको समापनको अवसरमा पाकिस्तानलले १४ औँ साग आयोजना गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । तोकिएको समयमा आयोजना हुन नसकेपछि १४ औँ सागको मिति पनि सर्दै आएको छ ।
  • हरेक चार चार वर्षमा आयोजना हुने साग सन् १९८७ देखि हरेक दुई दुई वर्षमा आयोजना भएको थियो भने पछिल्लो दुई दशक यता यो नियमित आयोजना हुन सकेको छैन ।

१४ औं साग २०२६ को जनवरीमा हुने- खेलकुद - कान्तिपुर समाचार

१९. विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सन् २०२६ जनवरीमा उल्लेख गरे अनुसार नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा आयातमा आधारित र प्रशोधित उत्पादनको निर्यात कति हुने अनुमान गरिएको छ ? 

➤ १२ देखि २५ प्रतिशतसम्म 

  • विकासशील मुलुकमा स्तरोन्नति हुँदा पच्चिस प्रतिशतसम्म निर्यात घट्ने जनाइएको छ । 
  • डब्लुटिओका अनुसार अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति भए गार्मेन्ट, टेक्सटाइलको निर्यातमा १० देखि २० प्रतिशत कमी आउने देखिएको छ । 
  • २०२६ नोभेम्बरमा नेपाल विकासशील देशमा स्तरोन्नति हुने तय भएको छ । स्तरोन्नति भएपछि नेपालले निर्यात व्यापारमा पाउने छुट सुविधा हट्ने छ । त्यस्तो सुविधा हट्दा स्वदेशी उत्पादनको लागत मूल्य उच्च भई 
  • अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यातमा कमी आउने देखिएको हो । 

 

२०. मुलुकी देवानी संहिता ऐन, २०७४ अनुसार नाबालक भन्नाले कुन उमेरको बालबालिबालाई बुझिन्छ ? 

➤ १८ वर्ष पूरा नभएको 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 89
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 88
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 121
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 124
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA