Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ माघ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • January 21, 2026
  • 540

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ माघ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (7 Magh 2082, Wednesday)

१. ८३ औँ संस्करणको गोल्डेन ग्लोब्स अवार्ड, २०२६ मा म्युजिकल÷कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो ?   

➤ वन ब्याटल आफ्टर अनदर

२.  नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? 

➤ माघ १ गते 

  • विसं २०८२ को आदर्श वाक्य ः स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग

 

३.  नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ? 

➤ माघ २ गते 

  • विसं २०८२ (२८ औँ) को नारा ः सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ 
  • विसं १९९० माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाउँदै आइएको ।

 

४.  राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै प्रकाशित तथ्याङ्क अनुसार नेपालको ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनिको जनसङ्ख्या कति रहेको छ ? 

➤ २४.६६ प्रतिशत (सहरी क्षेत्रमा १८.३४ प्रतिशत) 

  • नेपालको औसत राष्ट्रिय गरिबी दर २०.२७ प्रतिशत रहेको । 

 

५. सरकारले ‘राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ कहिले स्वीकृत गरेको हो ? 

➤ वि.सं. २०८२ पुस ३ 

  • सरकारले प्रधानमन्त्री रोजगार कार्यव्रmम खारेज गर्ने निर्णय गरेको । 
  • यसअघि सञ्चालनमा रहेको ‘प्रधानमन्त्री रोजगार कार्यव्रmम सञ्चालन निर्देशिका, २०७५’ खारेज भएको । २०७५ को निर्देशिका अन्तर्गत सञ्चालनमा आएका रोजगार व्यवस्थापन सूचना प्रणाली र हस्तान्तरण भएका विषय यसै निर्देशिका अन्तर्गत परेको मानिने व्यवस्था गरिएको ।
  • मन्त्रालयले पुस ३ गते मन्त्रीस्तरीय निर्णयबाट नयाँ निर्देशिका स्वीकृत गरी देशभरका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको । 

 

६. एसिला हेली कुन खेलसँग सम्बन्धित छन् ? 

➤ क्रिकेट (अस्ट्रेलिया)

  • पछिल्लो १० वर्षमा अस्ट्रेलियाको महिला व्रिmकेटमा उनले महìवपूर्ण भूमिका निर्वाह गरेकी । 

 

७. संयुक्त राष्ट्रसङ्घले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ? 

➤ २.७ प्रतिशत 

  • सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धिदर २.५ प्रतिशत रहेको । 
  • अमेरिकी शुल्क वृद्धि, आर्थिक अनिश्चितता र भूराजनीतिक तनावले विश्व आर्थिक वृद्धिको अनुमान घटेको बताइएको । 
  • राष्ट्रसङ्घका अनुसार कोरोना महामारीअघि (२०१०–२०१९) को औसत विश्व आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको । 

 

८. इरानमा चर्को मूल्यवृद्धिको विरोधमा आन्दोलनको सुरुवात कहिलेबाट भएको हो ? 

➤ सन् २०२५ डिसेम्बर २८ 

  • सरकार विरोधी आन्दोलन चर्किंदै गएपछि सरकारले सन् २०२६ जनवरी ८ देखि देशभरका इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको । साथै इरानी सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको कारण १६ हजारभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका । उक्त प्रदर्शनमा तीन लाखभन्दा बढी प्रदर्शनकारी घाइते भएका । 

 

९. नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रको स्थापना कहिले भएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक २४

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एआई केन्द्र स्थापना गरिएको । 
  • तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २४ गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका । 
  • जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकाले त्यसका लागि महìवपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको । 

 

१०. राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान ग-यो ? 

➤ सुरेम देसार

  • ललितपुर जिल्ला चापागाउँका देसार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सव्रिmय हुनुहुन्छ । 
  • त्यस्तै कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका रीता केसीलाई प्रदान गरेको । 

 

११. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग-यो ? 

➤ तिलविक्रम नेम्वाङ (वैरागी काइँला) 

  • पुरस्कार राशि ः रु. एक लाख 
  • षडानन्द क्षेत्रीय पुरस्कार ः काशीनाथ तमोट (पुरस्कार राशि ः रु. ५१ हजार) 
  • पुरस्कार राशि ः रु. दुई लाख

 

१२.  अरूण, तमोर र सुनकोशी नदीको संगमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ ?

➤ खुवालुङ

  • धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ । 

 

१३. मन्टेसरी शिक्षण विधिका सुरुवातकर्ता को हुन् ? 

➤ मारिया मन्टेसरी 

  • अवलोकन विधि ः सिम्पसन
  • समस्या समाधान विधि ः जर्ज पोल्या 
  • घटना अध्ययन विधि ः फ्रेडरिक लि प्ले 
  • छलफल विधि ः प्लेटो 
  • प्रश्नोत्तर विधि ः सुकरात 
  • निगमन विधि ः अरस्तु 

 

१४.  एसिया कोअपरेसन डाइलग (एसिडी) को स्थापना कहिले गरिएको हो ?

➤ सन् २००२ जुन १८

  • नेपाल सन् २०१६ मार्च १० मा एसिडीको सदस्य बनेको । 

 

१५.  नेपालको संविधानको इतिहासमा वर्तमान संविधान कति औँ संविधान हो ?

➤ ७ औँ 

नेपालमा हालसम्म जारी भएका संविधान ः

क. नेपाल सरकार वैधानिक कानुन, २००४

– लागु मिति ः २००५ वैशाख १ 

ख. नेपालको अन्तरिम शासन विधान, २००७ 

– लागु मिति ः २००७ चैत २८ 

ग. नेपाल अधिराज्यको संविधान, २०१५ 

– लागु मिति ः २०१५ फागुन १

घ. नेपालको संविधान, २०१९ 

– लागु मिति ः २०१९ पुस १

ङ. नेपाल अधिराज्यको संविधान, २०४७ 

– लागु मिति ः २०४७ कात्तिक २३

च. नेपालको अन्तरिम संविधान, २०६३ 

– लागु मिति ः २०६३ माघ १

छ. नेपालको संविधान 

– लागु मिति ः २०७२ असोज ३

 

१६. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार २०८२ बाट कसलाई सम्मानित ग-यो ? 

➤ डा. वसन्त पन्त

– पुरस्कार राशि ः रु. दुई लाख

– २०४२ सालदेखि विभिन्न व्यक्ति÷संस्थालाई सम्मानित÷पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विज्ञान, प्रविधि क्षेत्रमा प्रशंसनीय कार्य गरेका २८ जना व्यक्ति तथा संस्थालाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको । 

– यो वर्ष विभिन्न १३ वटा विधामा पुरस्कार प्रदान गरिएको ।

 

१७.  आयुर्वेद कुन वेदको उपवेद हो ?

➤ अथर्ववेद 

  • आयुर्वेद उपचार विधिमात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान मानिन्छ, जसले मानव शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ । 

 

१८. संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ? 

➤ सन् २०२० डिसेम्बर २

 

१९.  मुलुक बाहिर कृतिका लेखक लैनसिंह बाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को  हुन् ?

➤ पारिजात

 

२०. दोस्रो डब्लुएचओ विश्वव्यापी परम्परागत औषधी शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२५ डिसेम्बर १७–१९, भारत

  • सन् २०२३ मा आयोजित पहिलो शिखर सम्मेलनपछि हासिल गरिएका प्रगतिको समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधी एजेन्डा तय गर्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको । 
  • यस वर्षको सम्मेलनमा ७८ औँ विश्व स्वास्थ्य सभाले पारित गरेको ‘विश्वव्यापी परम्परागत औषधी रणनीति २०२५–२०३४’ लाई व्यावहारिक रूपमा अघि बढाउनेसम्बन्धी वैज्ञानिक, नीतिगत तथा प्राविधिक पहल प्रस्तुत गरिएको। 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA