Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१४ माघ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • January 28, 2026
  • 682

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१४ माघ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (14 Magh 2082, Wednesday)

१. कार्बन उत्सर्जन न्यूनीकरण तथा वन पैदावरमार्फत कार्बन शोषित गर्दै विश्वबजारमा कार्बन व्यापारलाई औपचारिकता दिने एसियाको पहिलो मुलुक कुन हो? 

➤ नेपाल 

  • सन् २०२६ जनवरी २३ मा कार्बन व्यापार तथा वन पैदावर संरक्षण गरेबापत आर्थिक लाभ पाउने ‘लिफ कोलिसन’ नामक ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै कार्बन व्यापारबाट औपचारिक रूपमा लाभ लिने नेपाल एसियाको पहिलो मुलुक बनेको । 
  • यस सम्झौतासँगै कम्तीमा ५५ लाख अमेरिकी डलर बराबरको जलवायु वित्त नेपाल भित्रिने भएको । 
  • नेपाल अहिले आफैँ कार्बन उत्सर्जन कम गर्ने मुलुक मात्र होइन, वन पैदावरमार्फत अरूले बढाएको कार्बन शोषित गरेर वातावरण स्वच्छ पार्ने मुलुकमा दरिएको छ । 
  • दिगो वन व्यवस्थापनको नीति अपनाउँदै भविष्यमा ९६ लाख अमेरिकी डलरसम्मको जलवायु वित्त भित्र्याउने योजना रहेको । 

२. नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो ? 

➤ सन् २०२६ जनवरी २५

  • नेपाल सरकार र साउदी अरब सरकारबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले जनवरी २५ मा साउदी अरबको राजधानी रियादमा हस्ताक्षर भएको । 
  • सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयलाई प्राथमिकताका साथ समेटिएको जनाइएको । 

श्रम सम्झौता भएका राष्ट्र : 

 

३. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरिएका मुलुकको सङ्ख्या कति रहेको छ ? 

➤ १११ (व्यक्तिगत रूपमा खुला गरिएका : १७८ देश)

 

४. अफ्रिका कप अफ नेसन्स, २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो ? 

➤ सेनेगल

  • सेनेगलले जनवरी १८ मा घरेलु टिम मोरोक्कोलाई १–० गोल अन्तरले हराएर सो उपाधि जितेको । 
  • अफ्रिकाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिताको रूपमा रहेको अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले दोस्रो पटक जित्न सफल भएको । यसअघि सन् २०२१ मा सेनेगलले इजिप्टलाई पेनाल्टी सुटआउटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो । 

५. आर्थिक वर्ष २०८२/८३ को पुसमसान्तसम्म नेपालको सार्वजनिक ऋण कति पुगेको छ ? 

➤ रु. २८ खर्ब ६ अर्ब ३९ करोड

  • कुल सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४५.९५ प्रतिशत बराबर रहेको । 
  • वैदेशिक ऋणको हिस्सा : ५३ प्रतिशत (रु. १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख) 
  • आन्तरिक ऋणको हिस्सा : ४७ प्रतिशत (रु. १३ खर्ब १९ अर्ब १३ करोड १० लाख) 
  • कुल गार्हस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१.६० र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत रहेको ।
  • सरकारले चालु आवका लागि रु. पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको । 

 

६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १६–१७ (काठमाडौँ घोषणापत्र जारी ।) 

 

७. सरकारले विभिन्न ६ सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १२ 

 

८. पछिल्लो प्रतिवेदन अनुसार एआई प्रयोगमा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ७६ औँ स्थान (१४७ देशमध्ये) 

  • प्रतिवेदन अनुसार नेपालको कामकाजी उमेरको करिब १३ प्रतिशत जनसङ्ख्याले जेनरेटिभ एआई प्रविधि र ‘टुल’ प्रयोग गर्ने गरेका । सन् २०२५ को सुरुवातको तुलनामा प्रयोग केही बढेको भए पनि एआई प्रविधि शिक्षा, व्यवसाय र सार्वजनिक सेवामा गहिरो रूपमा समावेश गरिसकेका देशसँग तुलना गर्दा नेपाल अझै पछाडि देखिन्छ । प्रतिवेदनले इन्टरनेट पहुँच, उपकरणको लागत र डिजिटल साक्षरतामा असमानता रहेका मुलुकमा एआई प्रयोग सुस्त हुने उल्लेख गरेको । 
  • विश्वभर आर्थिक र सामाजिक गतिविधिको केन्द्रमा एआई प्रवेश गरिरहेका बेला नेपाललगायतका विकासोन्मुख देश भने यसको प्रयोगमा पछाडि पर्दै गएको ‘ग्लोबल एआई अडप्सन इन २०२५ अ वाइडेनिङ डिजिटल डिभाइड’ नामक प्रतिवेदनले देखाएको । 
  • प्रतिवेदन अनुसार ‘एआई डिफ्युजन’ अर्थात् एआई प्रयोगको विश्वव्यापी विस्तारमा १४७ देशमध्ये नेपाल ७६ औँ स्थानमा रहेको । वरीयता नतोकिए पनि प्रतिवेदनले कामकाजी उमेर समूहका प्रयोगकर्ताको च्याटबट, डिजिटल एसिस्टेन्ट र कन्टेन्ट सिर्जना गर्ने प्रणाली जस्ता जेनरेटिभ एआई प्रविधि र उपकरण प्रयोगका आधारमा मूल्याङ्कन गरेको ।
  • संयुक्त अरब इमिरेट्स (युएई) एआई प्रयोगमा विश्वकै अग्रस्थानमा छ । 
  • प्रतिवेदनले उच्च आय भएका देशमा एआई प्रयोग तीव्र गतिमा बढिरहेको र अधिकांश न्यून तथा मध्यम आय भएका देश सूचीको तल्लो भागमा सीमित रहेको देखाएको । 

 

९. ‘जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिँदैन’ भन्ने भनाइ कसको हो ? 

➤ गौतम बुद्ध 

 

१०. सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाउने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ माघ ८ 

  • स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट अब जति पनि लगानी स्वीकृत हुने भएको । 
  • माघ ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तोकिएका व्यवसायका क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय गरेको । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो । 
  • सरकारले विसं २०८१ वैशाखदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
  • विदेशी लगानी गर्ने उद्योग क्षेत्रमा ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग र उत्पादनमूलक उद्योग रहेका छन् ।

 

११. अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ? 

➤ वि.सं. २०८२ पुस २८ 

 

१२. ‘सही निर्णय ज्ञानबाट आउँछ र सही ज्ञान अनुभवबाट’ भन्ने विचारक को हुन् ? 

➤ प्लेटो 

 

१३. मुगु जिल्लामा अवस्थित कोइकी हिमाल (६,१६९ मि.) मा पहिलो पटक सफल आरोहण कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक ३ 

  • ४ अष्ट्रियन र १ जर्मन गरी ५ जनाको टोलीले सो आरोहण सफलताका साथ सम्पन्न गरेका । 

 

१४. मुगु जिल्लामा अवस्थित कोइकी हिमालमा पहिलो पटक सफल आरोहण कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ कात्तिक ३ 

 

१५. राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको स्थापना कहिले भएको हो ? 

➤ वि.सं. २०२२ माघ १०

  • यो बैङ्क विसं २०८२ माघ १० देखि स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्षमा प्रवेश गरेको । 
  • हाल बैङ्कले मुलुकभर ७ प्रदेश ७७ ओटै जिल्ला सदरमुकामसँगै दुर्गम क्षेत्रमा समेत शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको । 
  • राष्ट्रिय वाणिज्य बैङ्क लि. पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैङ्क हो । 
  • साबिक राष्ट्रिय वाणिज्य बैङ्क ऐन, २०२१ अन्तर्गत स्थापना भई बैङ्कसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैङ्क ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार विसं २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र  बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त यस बैङ्कले वित्तीय संस्थाका रूपमा बैङ्किङ कारोबार गर्दै आएको । 
  • बैङ्कले रणनीतिक योजना २०२०–२०२५ को सफल कार्यान्वयन गरी रणनीतिक योजना २०२५–२०३० को तर्जुमा कार्य अघि बढाएको ।

 

१६. काठमाडौँ महानगरपालिकाद्वारा ७० वर्ष नाघेका नागरिकलाई कहिलेदेखि घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णय गरिएको हो ? 

➤ वि.सं. २०८२ माघ 

 

१७. सन् २०२६ जनवरी १ देखि कार्यकाल सुरु हुने गरी संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा चयन भएका नयाँ अस्थायी राष्ट्र कुन–कुन हुन् ? 

➤ बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया 

  • कार्यकाल समाप्त: सन् २०२७ डिसेम्बर ३१ 

 

१८. सोह्रौँ (२०८१/८२–२०८५/८६) योजनाको अन्त्यसम्म नेपालको बेरोजगारी दर कतिमा झार्ने लक्ष्य लिइएको छ ? 

➤ ५ प्रतिशत 

 

१९. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि भएको प्रदेश कुन हो ? 

➤ गण्डकी प्रदेश 

 

२०. विश्व भन्सार दिवस कहिले मनाइन्छ ? 

➤ जनवरी २६

  • सन् २०२६ (७४ औँ) को नारा : कस्टम प्रोटेक्टिङ सोसाइटी थ्रु भिजिल्यान्स एन्ड कमिटमेन्ट ।
  • ‘सतर्कता र प्रबिद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ नाराका साथ यो दिवस मनाइएको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 126
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA