Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ साउन २०८२, बुधबार)

  • Ajnabee Khadka
  • August 07, 2025
  • 576

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२१ साउन २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (21 Shrawan 2082, Wednesday)

१.  ‘दी हेन्ली पासपोर्ट इन्डेक्स’ २०२५ अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कति औँ स्थानमा परेको छ ? 

➤ ९५ औँ 

  • १९९ वटा राष्ट्रको सूचीमा नेपाल र लिबिया ९५ औँ स्थानमा परेका । 
  • कमजोर सूचीमा नेपालसँगै बङ्गलादेश, इरिट्रिया, प्यालेस्टाइन टेरिटोरी, उत्तर कोरिया, सुडान र श्रीलङ्का रहेका । 
  • शक्तिशाली राहदानीको नम्बर १ मा सिङ्गापुर रहेको । 

२. वैदेशिक रोजगार विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिप सिकेर वैदेशिक रोजगारमा जाने श्रमिकको हिस्सा कति रहेको छ ? 

➤ ७३ प्रतिशत 

  • तीन वर्षअघि दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिक ६५ प्रतिशत रहेकोमा गत आव २०८१/८२ मा ७३ प्रतिशत रहेको । 
  • गत आवको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जान आठ लाख ३९ हजार २६६ युवाले श्रम स्विकृति लिएकोमा ७३ प्रतिशत अर्थात् छ लाख ११ हजार ८७० युवा सिप सिकी दक्ष भएर रोजगारीमा गएको देखिएको ।
  • रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सिपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने प्रावधान रहेको । 
  • वैदेशिक रोजगार ऐनमा पनि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था रहेको छ । 

३. विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्यवस्तुको सङ्ख्या कति रहेको छ ? 

➤ ८१४

–  अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८१४ नेपाली खाद्यवस्तु भारतबाहेक देशमा समेत बिनाअवरोध निर्यात गर्न सकिने भएको । 

–  विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबिएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ/आइइसी १७०२५ः२०१७ अनुसार ८१४ परीक्षण सूचकाङ्कमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको । 

 –  विभागले यसअघि ३८६ परीक्षण सूचकाङ्कमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो सङ्ख्या ८१४ पु¥याउन सफल भएको । 

 

४. फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा कहिले गरेको हो ? 

➤ सन् २०२५ जुलाई 

  • यसको औपचारिक घोषणा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा गरिने राष्ट्रपति म्याक्रोले जनाएका । 
  • उनले तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ र गाजामा ठुलो परिमाणमा मानवीय सहायता पु¥याउनुपर्ने धारणा व्यक्त गरेका । 
  • अरब समूहका सबै देश, ‘इस्लामिक कोअपरेसन अर्गनाइजेसन’ र असंलग्न आन्दोलन पक्षधर मुलुकले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा स्वीकारेका छन् । 
  • गत वर्ष आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका । 

५. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ? 

➤ कुलमान घिसिङ

  • नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा प्रवासी नेपालीको संस्था ‘हामी नेपाली ग्लोबल’ ले सो अवार्ड प्रदान गरेको । 

६. ‘सावर्णि’ नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने ‘हिउँको गीत’ नामक उपन्यासका लेखक को हुन् ? 

➤ तीर्थ गुरुङ

 

७.  ‘इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इन्नोभेसन’ विधा अन्तर्गत ‘प्लाटिनम अवार्ड’ बाट सम्मानित नेपाली बैङ्क कुन हो ?

➤ माछापुच्छ«े बैङ्क 

 

८. नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को–को हुन् ? 

➤ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 

 

९. नेपालमा पहिलो पटक जेनेटिक ल्याव अर्थात् वंशाणुगत प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको हो ? 

➤ वीर अस्पताल 

  • विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।
  • जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।

१०.  एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? 

➤ सन् १९६१ 

  • वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।
  • विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोध साथ सिफारिस गर्ने कार्य यसले गर्छ ।
  • ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।
  • यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।

 

११.  यार्चागुम्बाको वैज्ञानिक नाम के हो ? 

➤ कोर्डिसेप्स सिनेन्सिस

  • यार्चागुम्बा लेपिडोप्रेभा वर्गको लाभ्रे किरा सङ्व्रmमित भई उम्रने च्याउ हो । त्यसैले यसलाई बर्से च्याउ र हिउँदे किराको संज्ञा पनि दिइएको छ । 
  • यार्चागुम्बालाई अङ्ग्रेजीमा क्याटरपिलर फङ्गस भनिन्छ । 
  • यार्चागुम्बा बहुचर्चित, बहुमूल्य र बहुगुणयुक्त जडीबुटी हो । चिनियाँ परम्परागत औषधी पद्धतिमा झन्डै दुई हजार वर्षदेखि नै यसलाई शक्तिबद्र्धक औषधीका रूपमा प्रयोगमा ल्याइएको अनुमान गरिन्छ । 
  • नेपालमा जीवनबुटीको नामबाट चिनिने यार्चागुम्बा तिब्बती भाषाको यारचाकुनभु नामक शब्दबाट अपभ्रंश भई बनेको हो । तिब्बती भाषामा यारचाकुन्भुको शाब्दिक अर्थ केलाउँदा ‘यार’ भनेको वर्षा, ‘चा’ भनेको घाँस, ‘कुन’ भनेको हिउँद र ‘भु’ भनेको किरा हुन्छ । 

 

१२. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

➤ चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)

 

१३. रूपान्तरणकारी (गेमचेन्जर) योजनाको अवधारणा पहिलो पटक कुन आवधिक योजनामा ल्याइएको हो ? 

➤ १५ औँ

 

१४. ‘मिसाइल म्यान’ उपनामबाट चिनिने भारतका राष्ट्रपति को हुन् ?

➤ एपिजे अब्दुल कलाम 

 

१५. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ को रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?

➤ विसं २०५३

 

१६. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?

➤ सन् २०३० सम्म

 

१७. यौन प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत सरकारले पाइलटिङ प्रोजेक्टका रूपमा कुन प्रदेशमा नर्स खटाउने कार्य सुरु गरेको हो ?

➤ बागमती

 

१८.  औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?

➤ ४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)

 

१९.  नेपालको कुन ठाउँमा कृषि आनुवांशिक केन्द्र (जिन बैङ्क) स्थापना गरिएको छ ? 

➤ ललितपुरको खुमलटार 

  • जिन बैङ्कको स्थापनासँगै लोप हुने खतरामा रहेका विभिन्न जातका बिउ संरक्षण हुने ।
  • बैङ्कमा कृत्रिम वातावरणमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमले बिउ भण्डारणको व्यवस्था मिलाइएको । 

 

२०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सिपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यका साथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ?

➤ ब्रेन पुलिङ

 

२१. विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?

➤ सन् २०१५

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA