Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 24, 2025
  • 466

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ पुस २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (9 Pus 2082, Wednesday)

१.  सन् २०२५ डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् ? 

➤ पुरुषतर्फ : ओसमन डेम्बेले (फ्रान्स/पिएसजी), महिलातर्फ : आइताना बोनमती (स्पेन/बार्सिलोना) 

  • स्पेनकी आइताना बोन्मतीले ऐतिहासिक लगातार तेस्रो पटक द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी । 
  • द बेस्ट फिफा अवार्ड, २०२५
  • उत्कृष्ट प्रशिक्षक (पुरुष) : लुइस एन्रिक (पिएसजी)
  • उत्कृष्ट प्रशिक्षक (महिला) : सरिना विगम्यान (इङ्ल्यान्ड) 
  • उत्कृष्ट गोलरक्षक (पुरुष) : जियानलुइजी डोनारुम्मा 
  • उत्कृष्ट गोलरक्षक (महिला) : हान्ना ह्याम्पटन 
  • फिफा पुस्कास अवार्ड : सान्टियागो मोन्टिएल 
  • फिफा मार्टा अवार्ड : लिजवेथ ओभाले
  • फिफा फ्यान अवार्ड : फ्यान अफ जाखो एससी
  • फिफा फेयर प्ले अवार्ड : डा. हार्लास–न्युकिङ, एसएसभी जाहन रेगेन्सबर्ग 

२. पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित छ ? 

➤ मनाङ (चामे गाँउपालिका–४) 

  • काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको । 
  • ताल समुद्र सतहबाट करिब ५,२०० मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको । 
  • सो तालको क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको ।
  • उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गरखर्क भनिने हुँदा सो ताललाई ‘सिङ्गर ताल’ नामले पनि चिनिने । 
  • हाल विश्वकै उच्चतालाई चुनौती दिने तालका रूपमा रहेको तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनबाट देखिएको ।

३. विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ७२ औँ

  • नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको । 
  • यस वर्ष नेपालको जिएचआई अङ्क १४.८ रहेको । यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख ।
  • नेपालले विगत दुई दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपन (स्टन्टिङ) को समस्या अझै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख ।
  • सन् २००० मा जिएचआई अङ्क ३७.१ सहित नेपाल ‘गम्भीर भोकमरी’ भएको देशको श्रेणीमा पथ्र्यो । दुई दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी १४.८ को अवस्थामा आइपुगेको । 
  • अल्पपोषण वा क्यालोरी खपत कम हुने जनसङ्ख्या नेपालमा ५.३ प्रतिशत रहेको उल्लेख ।
  • पाँच वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपना (चाइल्ड स्टन्टिङ) २६ प्रतिशत रहेको । बाल मृत्युदर २.६ प्रतिशत र ख्याउटेपना (चाइल्ड वेस्टिङ) ७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको ।
  • प्रतिवेदन अनुसार श्रीलङ्काबाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको । भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका ।

४. फिफा अरब कप २०२५ को उपाधि विजेता टोली कुन हो ?

➤ मोरक्को (उपविजेता : जोर्डन)

  • सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १–१८ 
  • आयोजक राष्ट्र : कतार 
  • सहभागी राष्ट्र : १६ 
  • डिसेम्बर १८ मा भएको फाइनल खेलमा मोरक्कोले जोर्डनलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि जितेको ।
  • खेल अन्त्यतिर मोरक्कोका लागि अब्देर्राजाक हम्दल्लाह नायक बने । उनले ८८ औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०० औँ मिनेटमा हम्दल्लाहले फेरि गोल गर्दै मोरक्कोलाई ३–२ को जित दिलाए ।
  • यस जितसँगै मोरक्कोले आफ्नो पाँचौँ सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको । यसअघि मोरक्कोले सन् २०१२ मा यो उपाधि जितेको थियो ।

५. हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन् ? 

➤ एलन मस्क

  • टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेका । उनको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मस्क ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका ।
  • फोब्र्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैको पनि सम्पत्ति ५०० अर्ब डलरको सीमा नाघेको थिएन । मस्कले ६०० अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका ।

६. चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट कुन हो ? 

➤ बुमी 

  • ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल नौ हजार ९९८ युआन (करिब एक हजार ४०० अमेरिकी डलर) तोकिएको ।
  • यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सिकाउन डिजाइन गरिएको । चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको ।
  • महँगा ह्युमानोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको ।
  • बुमीको व्यावसायिक कारोबार सन् २०२६ जनवरीबाट सुरु हुने कम्पनीले जनाएको । 

७. कृषि गणना २०७८ अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो ? 

➤ कोशी प्रदेश (जिल्ला : झापा)

 

८. हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो ? 

➤ सुपरम्यासिभ ब्ल्याक होल 

  • सूर्यभन्दा तीन करोड गुणा ठुलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको ।
  • विस्फोटपछि एक्स–रे ज्वाला देखिएको र पदार्थ प्रतिसेकेन्ड ६० हजार किमिको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका ।
  • ब्ल्याक होलबाट निस्किने आँधी सूर्यमा हुने ज्वाला (कोरनल मास इजेक्सन–सिएमई ) जस्तै रहेको तर धेरै ठुलो र शक्तिशाली रहेको । 
  • यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लिअस (एजिएन) मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने ।
  • यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको । 
  • अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ‘होल’ भए पनि त्यो ‘छिद्र’ वा ‘प्वाल’ चाहिँ होइन ।
  • ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिमाणमा पदार्थ खाँदिएर बनेको यस्तो खगोलीय वस्तु हो, जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली (प्रकाशसमेत बाहिर निस्कन नसक्ने) हुन्छ । नाममा ‘होल’ भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो ।

 

९. एसिसी यु–१९ एसिया कप, २०२५ को उपाधि विजेता राष्ट्र कुन हो ?  

➤ पाकिस्तान 

  • उपविजेता : भारत 
  • सञ्चालन मिति : सन् २०२५ डिसेम्बर १२–२१
  • आयोजक राष्ट्र : युएई
  • सहभागी राष्ट्र : ८ 
  • सेमिफाइनलमा पुग्ने राष्ट्र : भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश
  • सर्वाधिक रन बनाउने : समीर मिन्हास, पाकिस्तान (४७१ रन)
  • सर्वाधिक विकेट लिने : दिपेश देवेन्द्रन, भारत (१४ विकेट) 
  • प्लेयर अफ दी टुर्नामेन्ट : समीर मिन्हास, पाकिस्तान 
  • प्लेयर अफ द म्याच (फाइनल) : समीर मिन्हास, पाकिस्तान 

१०. हुन त दुनिया दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ । भन्ने भनाइ कसको हो ? 

➤ हेलन केलर

 

११. कानुनले तोकेबाहेक कागजातमा हुलाक टिकट टाँस्नैपर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो ? 

➤ विसं २०८२ मङ्सिर २९ 

  • प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने निर्णय भएको।

 

१२. राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बिच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

➤ विसं २०८२ मङ्सिर २९ (सन् २०२५ डिसेम्बर १५)

  • राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबिच सोसम्बन्धी सझदारीपत्रमा कार्यकारी निर्देशक दयाराम शर्मा पङ्गेनी र आइएफसी साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक्ससम्बन्धी व्यवस्थापक ग्रेगरीस्मिथद्वारा हस्ताक्षर गरिएको । 
  • परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायुसम्बद्ध वित्तीय जोमिखलाई सम्बोधन गर्दै जलवायु अनुकूलनका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको । सो परियोजना सन् २०२८ सेप्टेम्बरसम्म सञ्चालन हुने छ ।

१३. १६ वर्षमुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो ? 

➤ अस्ट्रेलिया (सन् २०२५ डिसेम्बर १० देखि लागु)

 

१४. विश्व ध्यान दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर २१

  • सन् २०२५ (दोस्रो) को नारा : इनर पिस–आउटर पिस–वल्र्ड पिस । 
  • नेपाली आदर्श वाक्य : विश्व शान्ति र सद्भावका लागि ध्यान । 
  • सन् २०२४ डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको । 

 

१५. साफ महिला क्लब फुटबल च्याम्पियनसिप, २०२५ को उपाधि विजेता टोली कुन हो ? 

➤ इस्ट बङ्गाल क्लब 

  • उपविजेता : एपिएफ (नेपाल) 
  • आयोजना : काठमाडौँ 
  • सहभागी टिम : ५, इस्ट बङ्गाल क्लब (भारत), एपिएफ (नेपाल), कराँची सिटी एएफसी (पाकिस्तान), नासिर स्पोर्ट्स एकेडेमी (बङ्गलादेश), ट्रान्सपोर्ट युनाइटेड (भुटान) 
  • पुरस्कार राशि : प्रथम – १० हजार डलर, द्वितीय – ५ हजार डलर 
  • इस्ट बङ्गालले एपिएफलाई ३–० ले हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको । 
  • दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा पाँच टिम सहभागी थिए । 

SAFF Women's Club Championship 2025: East Bengal beat Nepal's APF in final  to win title

१६. टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ ?

➤ भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) 

 

१७.  विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ ? 

➤ डिसेम्बर १०

  • सन् २०२५ को नारा : ह्युमान राइट्स, आवर एभ्रिडे इसेन्सियल्स ।
  • संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् १९४८ डिसेम्बर १० मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 92
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1594
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 91
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA