Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३० पुस २०८२, बुधबार)

  • Ajnabee Khadka
  • January 14, 2026
  • 445

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३० पुस २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (Wednesday, 30 Pus 2082)

१.  राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ?

➤ सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत)

  • प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीको दर गण्डकी प्रदेशमा (११.८८ प्रतिशत),
  • नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि,
  • देशभर कुल गरिब सङ्ख्या ६२ लाख ३६ हजार १४५
  • जिल्लागत रूपमा सबैभन्दा बढी गरिबीको दर अछाम जिल्लामा (४९.५८ प्रतिशत),
  • जिल्लागत रूपमा सबैभन्दा कम गरिबीको दर कास्की जिल्लामा (६.६३ प्रतिशत),
  • स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशतसम्म रहेको,
  • स्थानीय तहमा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनिचाँदे गाउँपालिकामा (७७.८९ प्रतिशत),
  • स्थानीय तहमा सबैभन्दा कम गरिबीको दर मुस्ताङको घरपझोङ गाउँपालिकामा (१.१८ प्रतिशत),
  • काठमाडौँ महानगरमा गरिब जनसङ्ख्या ः ५९,२१८ (६.८७ प्रतिशत)
  • सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत गरिबीको रेखामुनि,
  • ३४ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी,
  • स्थानीय तहस्तरको विश्लेषणमा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको,
  • नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी रहेको,
  • यस पटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२,९०८ रुपियाँको नयाँ गरिबीको रेखा निर्धारण गरिएको । यसअघि २०६६÷६७ मा गरिबीको रेखा १९,२६१ रुपियाँ निर्धारण गरिएको थियो । 

 

२.  नेपालको दोस्रो स्याटेलाइट–मुनाल कहिले प्रक्षेपण गरियो ?

➤ वि.सं. २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)

  • प्रक्षेपण स्थान ः सतीश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, भारत
  • प्रयोग ः बिरुवाहरूको अनुगमन, घरेलु प्रविधिको परीक्षण र एआई– सञ्चालित डेटाको प्रशोधन
  • नेपालको पहिलो भू–उपग्रह ः नेपाली स्याट १
  • प्रक्षेपण ः विसं २०७६ वैशाख ५
  • पहिलो स्याटेलाइट पृथ्वीमा फिर्ता: वि.सं. २०७८ असोज १८

३.  नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ?

➤ वि.सं. २०८२ पुस २७

  • स्थान ः मेचीनगर–७ (झापा)
  • आयोजक ः राजवंशी समाज विकास समिति, मेचीनगर
  • चामलको पिठोबाट पानीको बाफमा पकाइने भक्का स्वादिलो एवं पोसिलो हुन्छ । 
  • जिल्ला भर राजवंशी समुदायले विगत ९ वर्षदेखि पुस २९ गते भक्का दिवस मनाउँदै आएका । 

 

४. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

➤ ८० प्रतिशत

 

५.  नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

➤ ९०३

  • ९०३ औँ चरा ः रातोकण्ठे डुबुल्की (रेड नेक्ड ग्रेब)
  • वैज्ञानिक नाम ः पोडिसेप्स÷ग्राइसजिना
  • सुर्खेतको बुलबुल ताल क्षेत्रमा सो चरा फेला (विसं २०८२ असोज २९) परेको ।
  • पुष्टि गर्ने संस्था ः नेपाल पन्छी संरक्षण सङ्घ र राष्ट्रिय अन्तर्राष्ट्रिय चराविद् ।
  • चराविद् सुगम गुरागाईं र सुस्मिता चौधरीले सो प्रजातिको चरा पत्ता लगाएका । 

६.  विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभब नी आरोही को हुन् ?

➤ हरि बुढामगर

  • बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही बनेका । 
  • सन् २०२६ जनवरी ६ को राति १० बजे उनले अन्टार्कटिका स्थित ४,८९२ मिटर उचाइको अग्लो शिखरमा पाइला टेकेका । 
  • अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठ्याङ्ग्रिँदो चिसो, हावा र हिउँको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनी कीर्तिमानी आरोही बनेका । 
  • बुढामगरले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरेका ।
  • उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने दुवै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर आरोहणको अर्को इतिहास पनि रचेका । 

७. आइएसओ ९००१ः २०१५ को प्रमाण पत्र प्राप्त गर्न सफल नेपालको केवलकार कम्पनी कुन हो ? 

➤ प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड 

  • कम्पनीलाई अमेरिकास्थित गुणस्तर मापदण्ड रेजिस्टेकले सो प्रमाणपत्र प्रदान गरेको ।

 

८.  राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ पुस २६, काठमाडौँ 

  • सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रको रूपमा पुनस्र्थापना गर्ने लक्ष्य राखेको ।
  • सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरू उपस्थिति रहेका । 
  • उक्त खेतीका लागि तराई क्षेत्रमा १००–७५० मिटर र पहाडमा ७५०–१,५०० मिटर उचाइमा अवस्थित भूभाग उपयुक्त मानिने । 

 

९.  एफएटिएफ÷इन्टरनेसनल कोअपरेसन रिभियु ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो ? 

➤ बैङ्कक, थाइल्यान्ड (सन् २०२६ जनवरी ६)

  • नेपाली प्रतिनिधिमण्डलको नेतृत्वः गभर्नर विश्वनाथ पौडेल
  • के सँग सम्बन्धितः सम्पत्ति शुद्धीकरण
  • नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेकोः २०८१ फाल्गुन ९ (२०२५ फेब्रुअरी २१)
  • यस अघि सन् २०११ म पनि ‘ग्रे लिस्ट’ मा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।

 

१०.  बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो ?

➤ सन् २०२५ डिसेम्बर ३० (८० वर्षको उमेरमा)

  • खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बङ्गलादेशको प्रधानमन्त्री बनेकी ।
  • उनी सन् १९८१ मा बङ्गलादेशको राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी थिइन् । 

 

११.  दरबार हाइस्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन् ?

➤ शारदा कुमारी पौडेल

  • नियुक्त: विसं २०८२ मङ्सिर ४ गते
  • पहिलो प्रधानाध्यापक ः मिस्टर कयानिङ
  • पहिलो नेपाली प्रधानाध्यापक ः रुद्रराज पाण्डे
  • दरबार स्कुलको स्थापना ः विसं १९१०

 

१२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ? 

➤ डिसेम्बर २७

 

१३. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०७७ पुस ६

 

१४.  ‘विश्वशान्तिको भविष्य सम्झौता र सन्धिहरूमा निर्भर छैन, मानिसको आफ्नै मनमस्तिष्कमा निर्भर छ’ भन्ने विद्वान् को हुन् ? 

➤ जयपृथ्वीबहादुर सिंह 

 

१५. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ? 

➤ कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच) 

  • राजापुर नगरपालिका र टीकापुर नगरपालिकाद्वारा शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको ।
  • तोकिएको क्षेत्रभित्र माछा मार्न जाल थाप्न नपाइने, आसपासका क्षेत्रमा पनि प्रजनन समयभन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने जनाइएको ।
  • माछा संरक्षणका एवं सांस्कृतिक जगेर्नाका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको । 
  • नेपालमै पहिलो पटक घोषणा गरिएको सो क्षेत्र डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्रको रूपमा समेत रहेको । 
  • जथाभाबी तरिकाले माछा मार्न रोकिएपछि माछासँगै अरू जलचरको पनि संरक्षण हुने भएको ।

१६. २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा वर्षका उत्कृष्ट खेलाडी को–को घोषित भए ? 

➤ पुरुषतर्फ: दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र महिलातर्फ: एरिका गुरुङ (कराँते)

अवार्ड विजेता: 

  • उत्कृष्ट पुरुष खेलाडी ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट)
  • उत्कृष्ट महिला खेलाडी ः एरिका गुरुङ (कराँते)
  • ट्रेलब्लेजर खेलाडी ः पलेसा गोवर्धन (पारा तेकवान्दो)
  • लाइफटाइम अचिभमेन्ट अवार्ड ः खड्ग रानाभाट 
  • पिपुल्स च्वाइस ः हिमाल सुनारी (भलिबल)
  • उत्कृष्ट प्रशिक्षक ः कविराज नेगी लामा (पारा तेक्वान्दो) 
  • उत्कृष्ट पारा खेलाडी ः प्रभा आङ्देम्बे (पारा एथ्लेटिक्स) 
  • स्पेसल अवार्ड ः तुलसी गुरुङ (तेक्वान्दो) 
  • उत्कृष्ट युवा खेलाडी ः पूजा महतो (व्रिmकेट) 
  • उत्कृष्ट टोली ः खो–खो टोली (महिला÷पुरुष)
  • एसियन स्पोर्टस् जर्नालिस्ट ः मोहमद हसन –बङ्गलादेश) 

१७. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?

➤ डोटी

 

१८. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?

➤ सन् २०२३–२०२७ 

 

१९. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

➤ युजेनिक्स

 

२०. नेपाल टेलिकमद्वारा ईसीमको सुरुवात कहिलेदेखि गरिएको हो ?

➤ वि.सं. २०७९ भदौ ३१ 

 

२१. अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ जनवरी ५–६, नालन्दा खुला विश्वविद्यालय, भारत 

  • मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका सम्बन्धमा सम्मेलन केन्द्रित रहेको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA