Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१३ चैत २०८१, बुधबार)

  • Ajnabee Khadka
  • March 26, 2025
  • 803

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१३ चैत २०८१, बुधबार)

Public Service Special Objective Question and Answer (13 Chaitra 2081, Wednesday)

१. उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०८१ चैत्र २

  • विश्व उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत स्थापना गरिएको । 
  • अदालतको स्थापनासँगै गुणस्तरहीन सेवा र वस्तुको प्रयोगबाट उपभोक्ता पीडित हुनुपर्ने अवस्था नआउने विश्वास गरिएको ।
  • नेपाली बजारमा गुणस्तर व्यवस्थापन, मूल्य नियमन र उपभोक्ता गुनासोको सम्बोधन जस्ता क्षेत्रमा सुधार ल्याउन यसले प्रभावकारी भूमिका निभाउने अपेक्षा गरिएको।
  • सरकारले संविधानको धारा ४४ को मौलिकहक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो ।

 

२. महिला न्यायाधीशहरूको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?

➤ वि.सं. २०८१ फागुन २६

  • सम्मेलनले १२ बुँदे प्रतिबद्धतापत्र जारी गरेको । 
  • सम्मेलनले यौन दुव्र्यवहारसम्बन्धी नीति बनाउनुपर्ने मागसहित महिला न्यायाधीशहरूको राष्ट्रिय सञ्जाल गठनका लागि प्रतिबद्धता व्यक्त गरेको । 
  • अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसर पारी सम्मेलन आयोजना गरिएको । 
  • यसअघि गत चैत्र ९ गते प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । 

३. स्विट्जरल्यान्डस्थित ‘आइक्यु एयर’ को विश्व गुणस्तर प्रतिवेदन–२०२४ अनुसार बढी प्रदूषित देशको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ सातौँ

  • प्रतिवेदन अनुसार नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौँ शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको । 
  • नेपाल सन् २०२३ मा आठौँ र सन् २०२२ मा १६ औँ स्थानमा थियो ।
  • सो प्रतिवेदन अनुसार काठमाडौँको हावामा धुलोधुवाँको कण पिएम–२.५ सरदरमा ४५.१ माइक्रोग्राम प्रतिघनमिटर रहेको । सन् २०२३ मा काठामाडौँ ११ औँ प्रदूषित राजधानीमा थियो । 

 

४. पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८१ फागुन २६ र २७, काठमाडौँ

  • सम्मेलनको नारा : उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार । 
  • सम्मेलनले आन्तरिक रोजगार प्रवर्धन दशकको सफल कार्यान्वयनका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्नेलगायतको १६ बुँदे घोषणापत्र जारी गरेको ।
  • सम्मेलनले सरकार, रोजगारदाता, ट्रेड युनियन र अन्तर्राष्ट्रिय संस्थाको सहभागितामा यससम्बन्धी रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने गरी घोषणापत्र जारी गरेको । 

५. द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४ बाट सम्मानित संस्था कुन हो ?

➤ एनसेल 

  • एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै सो अवार्ड प्राप्त गरेको । 

 

६. सरकारले घोषणा गरेको आन्तरिक रोजगार दशक कुन हो ?

➤ सन् २०२५–२०३५

  • पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ को अवसरमा २०८१ फागुन २६ मा प्रम केपी शर्मा ओलीद्वारा आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरिएको । 
  • सो अवसरमा राष्ट्रिय सिप विकास प्रतिष्ठान र विभिन्न १० रोजगारदाता कम्पनीबिच रोजगारी समझदारीपत्रमा हस्ताक्षर भएको । 
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाली श्रम बजारमा १५ देखि ६५ वर्ष उमेर समूहका करिब ६७ प्रतिशत श्रमशक्ति रहेको । तथापि वर्तमान समयको जनसाङ्ख्यिक लाभको अवस्थालाई आन्तरिक श्रम बजारले उचित प्रयोग गर्न नसकेको । 
  • आ.व. २०८०/८१ मा मात्रै सात लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुन : श्रम स्वीकृति लिएको । 
  • मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ मा गरी चार पटक रोजगार सम्मेलन गरेको । 

 

७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०४७ चैत्र ४

  • वि.सं. २०८१ चैत्र ४ मा ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको । 

पुँजीगत संरचना :

  1.  अधिकृत पुँजी : रु. आठ अर्ब 
  2.  जारी पुँजी : रु. आठ अर्ब 
  3.  चुक्ता पुँजी : रु. छ अर्ब ४८ करोड १७ लाख
  4. कोषको शेयर स्वामित्व 
  5.  नेपाल सरकार : २३.३४ प्रतिशत
  6.  राष्ट्रिय बिमा संस्थान : ३१.५५ प्रतिशत
  7.  नेपाल स्टक एक्स्चेन्ज : १० प्रतिशत
  8.  अन्य बैङ्क तथा वित्तीय संस्था : १५.११ प्रतिशत
  9.  सर्वसाधारण : २०.०० प्रतिशत

 

८. ‘मिसन २०२६’ अभियान केसँग सम्बन्धित छ ?

➤ खेलकुद 

  • सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उद्देश्यका साथ ‘मिसन २०२६’ अभियान सञ्चालन गरिएको । 

 

९. मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८१ चैत्र १–३, काठमाडौँ

  • सम्मिलनमा भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान, थाइल्यान्डमा बस्ने नेपालीभाषीको सहभागिता रहेको ।

१०. महोत्तरीमा निर्माण गरिएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ फागुन २१

  • आइएमई समूहद्वारा दुई अर्ब लगानीमा निर्मित सो उद्योग प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको । 
  • उद्योगको दैनिक उत्पादन क्षमता ७० टन रहेको । 
  • महोत्तरीको गौशालामा पेपर र रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेर आइएमई समूह उत्पादनमूलक उद्योगमा प्रवेश गरेको । 
  • रौतहटको विजयपुर फतवामा ‘एभरेष्ट फाइबर बोर्ड’ उद्योग वैशाखदेखि सञ्चालनमा आउने । डेढ अर्ब लगानी रहने सिमेन्ट फाइबर बोर्डको उत्पादन क्षमता दैनिक ७० हजारदेखि एक लाख वर्गफिट रहेको । 

११. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आवासीय अनुमति प्रदान गर्न घोषणा गरेको नयाँ योजना कुन हो ?

➤ गोल्डन कार्ड

  • ५० लाख अमेरिकी डलरमा यो कार्ड लिन सकिने । 
  • परम्परागत ग्रिनकार्डको महँगो संस्करणका रूपमा गोल्डन कार्डलाई प्रस्तुत गरिएको । 
  • आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकतामा लाखौँ गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका ट्रम्पले नयाँ कार्डले अधिक मूल्यवान् एवं धनवान् व्यक्तिलाई अमेरिका भित्राउने दाबी गरेका । 
  • गोल गार्डले हाल लागु ‘इबी–५’ आप्रवासन भिसालाई विस्थापित गर्ने छ । 

१२. बङ्गलादेशमा विद्यार्थी नेतृत्वमा गठित नयाँ पार्टी कुन हो ?

➤ राष्ट्रिय नागरिक पार्टी

  • कहिले : सन् २०२५ फेब्रुअरी २७
  • कसको नेतृत्वमा : नाहिद इस्लाम
  • औपचारिक घोषणा : सन् २०२५ फेब्रुअरी २८ 
  • बङ्गलादेशमा सन् २०२४ को जुलाईमा भएको आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले नयाँ पार्टी खोलेका । 

 

१३. जर्मनीको बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) द्वारा आयोजित वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५ को अवसरमा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ अवार्डबाट सम्मानित नेपालका मन्त्री को हुन् ?

➤ बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)

  • हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री पुरस्कार प्रदान गरिएको । 
  • सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिएको ।

 

१४. भारतको प्रयागराजमा सञ्चालित (सन् २०२५) महाकुम्भ मेलामा कति श्रद्धालु महानुभावहरूद्वारा स्नान गरिएको आकलन छ ?

➤ ६६ करोड 

 

१५. प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ फागुन १५–१७ (दिक्तेल, खोटाङ)

  • जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस भन्ने नाराका साथ सम्मेलन आयोजना भएको । 

 

१६. भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?

➤ गायक हेमन्त शर्मा 

 

१७. सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त ग¥यो ?

➤ हितेन्द्रदेव शाक्य

  • (२०८१ चैत्र ११ को मन्त्रीपरिषद् बैठकले शाक्यलाई सो पदमा नियुक्त गरेको ।)

१८. सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ ?

➤ वि.सं. २०८२ जेठ २–४ 

  • जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रश्तुत गर्ने उद्देश्यले सरकारले सो कार्यव्रmम आयोजना गरेको । 
  • विषय (शीर्षक) : जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य । 
  • संवादमा विभिन्न देशका ३५० भन्दा बढी उच्च पदस्थ अधिकारीहरूलाई निमन्त्रण पठाइएको । 
  • सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको मुद्दा जोडतोडले उठाइने । 
  • सरकारको नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइने । 

१९. बहुलेखकद्वारा पुस्तक वाचनमा सबैभन्दा धेरै सहभागी भएको नयाँ विश्व कीर्तिमान कायम गर्ने लेखक को हुन् ?

➤ लेखकद्वय प्रेम रावत र विपुल रिखी 

  • सन् २०२५ मार्च २ मा उत्तर प्रदेशको मिर्जापुरस्थित राजविद्या केन्द्रद्वारा आयोजित सो कार्यक्रममा १,३३,२३४ जना मानिसहरूको विशाल समूहलाई लेखकद्वयद्वारा सम्बोधन गरिएको । 

 

२०. सन् २०२५ मा दुवईमा सम्पन्न आइसिसी च्याम्पियन ट्रफी जित्ने राष्ट्र कुन हो ?

➤ भारत 

  • भारतले न्युजिल्यान्डलाई चार विकेटले हराएर सो उपाधि जितेको । 
  • भारत तेस्रो पटक च्याम्पियन ट्रफीको विजेता बनेको । यसअघि सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । सन् २००२ मा वर्षा बाधक बनेपश्चात् भारत र श्रीलङ्कालाई संयुक्त रूपमा विजेता घोषणा गरिएको थियो । 

२१. विश्व बैङ्कले २०८१ चैत्र ११ मा सार्वजनिक गरेको ‘नेपाल राष्ट्रिय आर्थिक परिदृक्ष्य : नेपालको आर्थिक वृद्धिको सम्भावना खोल्दै’ नामक प्रतिवेदन अनुसार नेपालमा चरम गरिबी (दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुने) कति प्रतिशतमा झरेको छ ?

➤ ०.३७ प्रतिशत

  • सन् १९९५ मा चरम गरिबी अर्थात् दैनिक २.१५ अमेरिकी डलरभन्दा कम आय हुनेको सङ्ख्या ५५ प्रतिशत थियो, जुन सन् २०२३ मा ०.३७ प्रतिशतमा झरेको । 
  • यो तीन दशकमा नेपालले ५४.८ प्रतिशत विन्दुले चरम गरिबी घटाएको । 
  • दैनिक २.१५ अमेरिकी डलरको अन्तर्राष्ट्रिय गरिबीको रेखा विश्व बैङ्कले तय गरेको । यस्तो रेखा सन् २०१७ को खरिद क्षमताका आधारमा तय गरिएको । 
  • कति मानिस चरम गरिबीको रेखामुनि छन् भन्ने कुरा थाहा पाउन संसारभरका मानिसले यो रेखा प्रयोग गर्ने गर्छन् । 
  • अहिलेको विनिमयदर अनुसार दैनिक तीन सय रुपियाँभन्दा कम आय हुने नेपाली चरम गरिबीमा रहेको मानिन्छ । 
  • गरिबी घटाउन सबैभन्दा ठुलो योगदान रेमिट्यान्सको रहेको प्रतिवेदनमा उल्लेख । 
  • नेपालले अहिले गरिरहेको भन्दा १२ गुणा बढी निर्यात गर्न सक्नेमा त्यो गुमिरहेको पनि विश्व बैङ्कले उल्लेख गरेको । 

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA