Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१७ वैशाख २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 30, 2025
  • 462

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१७ वैशाख २०८२, बुधबार)

Public Service Special Objective Question and Answer (17 Baisakh 2082, Wednesday)

१. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र आर्थिक विश्लेषणसम्बन्धी अमेरिकी ब्युरो (बिइए) का अनुसार अमिरिकी राज्य क्यालिफोर्निया आर्थिक शाक्तिमा कति औँ स्थानमा रहन सफल भएको छ ? 

➤ चौथो 

  • सन् २०२४ मा विश्वका बलिया मानिएका देशभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गरेको क्यालिफोर्नियाले हालै चौथो स्थानमा रहेको जापानलाई पछि पारेको । 
  • क्यालिफोर्नियाको अर्थतन्त्र झन्डै ४१ खर्ब अमेरिकी डलर बराबर भएको । यससँगै क्यालिफोर्निया छुटै देश हुँदो हो त यो विश्वको चौथो ठुलो आर्थिक शक्ति हुने थियो । 

आर्थिक हिसाबले प्रमुख राष्ट्र (सन् २०२५ अप्रिल) राष्ट्र खर्ब (अमे डलर):

    • अमेरिका  ३००
    • चीन १९५
    • जर्मनी ४९
    • जापान ४०
    • भारत  ४०
    • बेलायत  ३७
  • झन्डै चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियाले अमेरिकाको कुल गार्हस्थ उत्पादनमा एक्लैले १४ प्रतिशतको योगदान पु¥याउने । 
  • अमेरिकामै दोस्रो स्थानमा रहेको न्युयोर्कको अर्थतन्त्र २३ खर्ब, टेक्ससको २२ खर्ब, मासाच्युसेट्सको १८ खर्ब र फलोरिडाको १७ खर्ब डलर रहेको आर्थिक प्रतिवेदनबाट देखिएको । 

आइएमएफका अनुसार विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको आर्थिक वृद्धिदर: 

    • अमेरिका  :  २.७ प्रतिशत 
    • चीन  :  ४.६ प्रतिशत
    • जर्मनी  :  ०.८ प्रतिशत
    • जापान  : १.१ प्रतिशत
    • भारत  :  ६.५ प्रतिशत
    • बेलायत  :  १.६ प्रतिशत

२. तेस्रो नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधि कसले जित्यो ? 

➤ ललितपुर सिटी एफसी (उपविजेताः पोखरा थन्डर्स)

  • ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि जित्न सफल भएको । 
  • सर्वोत्कृष्ट खेलाडी : आयुष घलान (पोखरा थन्डर्स)
  • उत्कृष्ट गोलरक्षक : प्रिसो (पोखरा थन्डर्स) 
  • सर्वाधिक गोलकता : अहमद हिजाजी (धनगडी एफसी) 
  • इनर्जेटिक प्लेयर : मणि लामा (ललितपुर सिटी एफसी)
  • इमर्जिङ प्लेयर : सन्तोष खत्री (ललितपुर सिटी एफसी) 
  • फेयर प्ले अवार्ड : झापा एफसी 
  • च्याम्पियन ललितपुरले ८० लाख र उपबिजेता पोखराले ३० लाख रुपियाँ पुरस्कार हासिल गरेका ।
  • त्यस्तै, आयुषले दुई लाख ५० हजार, प्रिसो र हिजाजीले एक लाख ५० हजार तथा मणि र सन्तोषले एक/एक लाख रुपियाँ व्यक्तिगत पुरस्कार प्राप्त गरेका । 

३.  सन् २०२५ मा विश्वकै ठुलो धार्मिक मेला प्रयागराज महाकुम्भ मेला कुन कुन नदीको सङ्गममा आयोजना भएको थियो ? 

➤ गङ्गा, जमुना र सरस्वती 

 

४.  विश्व बैङ्कद्वारा सन् २०२५ अप्रिलमा प्रकाशित प्रतिवेदन अनुसार सन् २०२५ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

➤ ५.८ प्रतिशत 

  • सन् २०२६ मा भने सो वृद्धिदर ६.१ प्रतिशत पुग्ने अनुमान रहेको । 

विश्व बैङ्कका अनुसार दक्षिण एसियाली राष्ट्रहरूको आर्थिक वृद्धि प्रक्षेपण 

५.  नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको नागरिक नायक – २०८२ उपाधिबाट कसलाई सम्मानित ग¥यो ? 

➤ नन्दादेवी कुँवर (संरक्षणकर्मी), घनश्याम पाठक (प्राध्यापन) र पुजा महतो (क्रिकेटर)

 

६. सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसिपी) अन्तर्गत प्रतिष्ठित ओस्लर कप उपाधि जित्न सफल नेपाली चिकित्सक को हुन् ? 

➤ डा. रिया बोहरा 

  • एसिपी ओस्लर कप जित्ने रिया पहिलो नेपाली हुन् । 
  • प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको, अमेरिकालगायतका देशका ६० उत्कृष्ट इन्टर्नल मेडिसिन रेसिडेन्ट टोलीको सहाभागिता रहेको । 
  • सो प्रतियोगितामा प्रतिस्पर्धीले उच्चस्तरीय क्लिनिकल चुनौतीमा सहभागिता जनाएका थिए । 

७. डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो नेपाली कम्पनी कुन हो ? 

➤ एनसेल 

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा विसं २०८२ वैशाख ७ गते एनसेल डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत भएको हो । 
  • सूचीकृत भएसँगै नियमन, पारदर्शिता र साइबर सुरक्षा सुदृढ हुने अपेक्षा गरिएको छ । 
  • हाल एनसेलको ललितपुरको नख्खुमा बैङ्क, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसै गरी यसले पोखरा र हेटाँैडामा डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालन गर्दै आएको छ ।

८. भारत र पाकिस्तानबिच सन् १९६० मा भएको जलसन्धि भारतद्वारा निलम्बन गर्ने निर्णय कहिले भएको हो ? 

➤ सन् २०२५ अप्रिल २३ 

  • भारतले कस्मिरको पहलगाममा सन् २०२५ अप्रिल २२ मा २६ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी हमलामा पाकिस्तानी नागरिकको संलग्नता देखिएको भन्दै भारतले कूटनीतिक सम्बन्ध घटाउने, सिन्धु जलसन्धि निलाम्बन र भिसा रद्द गर्नेलगायतका निर्णय गरेको ।

९. नइ एकेडेमी अस्ट्रेलिया शाखाद्वारा साहित्यतर्फको ‘नइ पारिजात अवार्ड – २०२५’ कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार रामप्रसाद कोइराला 

  • पत्रकारितातर्फ : निरु त्रिपाठी र सीता रसाइली 
  • नइ वर्ष युवा पुरस्कार २०२५ (१२–२४ वर्षका पाँच जना सम्मानित) 
  • साहित्यतर्फ :  मोक्षदा अम्गाई 
  • गीत/सङ्गीततर्फ :  सन्देश पौडेल 
  • नृत्यतर्फ :  गौरीमा रायमाझी र सिमोन सिर्पाली 
  • खेलकुदतर्फ :  मिया पुन 

 

१०. नेपाल–भारतबिच चार सय केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनासम्बन्धी सम्झौता कहिले भएको हो ? 

➤ वि.सं. २०८२ वैशाख ९ गते 

  • यस अघि २०८१ माघ २९ मा भारको नयाँ दिल्लीमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपाल–भारतबिच इनरुवा–न्यू पूर्णिया र दोदोधरा (न्यू लम्की)– बरेली बिचको चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त कम्पनी स्थापना गरेर निर्माण गर्ने सहमति भएको थियो । 

११.  राष्ट्रिय फोटो पत्रकार मञ्च नेपालले फोटो पत्रकारिता अवार्ड– २०२५ बाट कसलाई सम्मानित ग¥यो ? 

➤ मनोज शाही र कविता थापा (गोरखापत्र) 

 

१२. सुनसरीको तरहरामा २०८२ वैशाखमा सम्पन्न राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुन सफल कवि को हुन् ? 

➤ अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्यशास्त्र)

  • प्रथम : अविनाश भट्टराई (कविता : झ्यालको सौन्दर्य शास्त्र) 
  • द्वितीय :  शुभचन्द्र राई (कविता : आशा) 
  • तृतीय : एलिसा एकलास (कविता : पृथ्वीको अन्तिम रुख)
  • सान्त्वना :  रोमा लम्साल (कविता : मानिसलाई रुखको अन्तिम प्रश्न) र दीपिन सिजापती (कविता : सङ्घर्ष र संकल्प) 

१४. नेपाली समुदायको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस नेपाल क्यानडा २०२५’ को उपाधि जित्ने युवती को हुन् ? 

➤ अनु सुवेदी 

  • त्यसै गरी मिसेस नेपाल क्यानडा २०२५ को उपाधि मेग्ना गजमेरले हात पारेकी । 
  • प्रतियोगितामा मिस क्याटेगोरी तर्फ प्रशंसा भट्ट फस्ट रनरअप तथा स्वर्णपरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका । 
  • मिसेस क्याटेगोरीमा मञ्जु बस्नेत फस्ट रनरअप र प्रतीक्षा कुँवर सेकेन्ड रनरअप घोषित भएका । 

१५. छिन्नलता गीत पुरस्कार गुठीले २०८१ सालको छिन्नलता गीत पुरस्कार कसलाई प्रदान ग¥यो ?

➤ गीत रचनातर्फ : राजेन्द्र रिजाल 

  • सङ्गीततर्फ :  आभास (अच्चुत फुयाँल) 
  • गायनतर्फ :  इतु जोजिजु र रामभक्त जोजिजु 
  • युवा प्रतिभा पुरस्कार एसडी योगीलाई प्रदान गरिएको । 
  • वि.सं. २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि एक लाख रुपियाँ तथा युवा प्रतिभा पुरस्कारको राशि ५० हजार रुपियाँ कायम भएको । 

 

१६. बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले २०८२ सालको प्रतिष्ठित बसुन्धरा श्री पुरस्कार कसलाई प्रदान गर्ने निर्णय ग¥यो ? 

➤ कवि तुलसी दिवस 

  • बसुन्धराश्री पुरस्कारको राशि रु. ७५ हजार रुपियाँ रहेको । 
  • प्रतिष्ठानले २०८२ सालको मानश्री पुरस्कार कवि तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको । 
  • यस पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको । 

 

१७. शिलापत्र वर्षव्यक्ति २०८१ बन्न सफल जनप्रतिनिधि को हुन् ? 

➤ रेनु दाहाल (मेयर, भरतपुर मनपा)

  • उनी बेलायतको संसद् भवन हाउस अफ कमन्समा इन्टरनेसनल मेयर अवार्डबाट समेत सम्मानित भएकी । 

 

१८. पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन कहिले भएको हो ? 

➤ विसं २०८२ वैशाख १० 

  • थापा वि.सं. २०३५ साउन देखि २०३९ जेठसम्म आइजिपी भई कार्यसम्पदान गरेका । 

१९. सन् २०२५ अप्रिलमा ‘एसियन फोरस अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट’ को युवा समिति अध्यक्षमा निर्वाचित हुन सफल व्यक्तित्व को हुन् ? 

➤ योगेश गौचन थकाली (प्रतिनिधि सभा सांसद)

  • मलेसियाको क्वालालम्पुरमा अप्रिल २७–२८ मा भएको महासभाबाट थकाली अध्यक्ष निर्वाचित भएका । 
  • ‘एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट’ एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिली बनेको एक क्षेत्रीय सञ्जाल हो । 
  • महिला, बालबालिका, युवा र वृद्ध जस्ता समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने यस संस्थाको उद्देश्य रहेको । 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 124
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA