कर्णाली प्रदेश सरकारले पहिलो पटक कृषिमा आयकर कहिलेदेखि लगाउन थालेको हो ?
● आर्थिक वर्ष २०८२/८३ देखि ।
● आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ल्याएको आर्थिक ऐनबमोजिम अब प्रदेशभित्र उत्पादित कृषि उपजको बिक्रीबाट हुने आम्दानीमा तोकिएको दरमा कर लाग्ने ।
● प्रदेशको आन्तरिक आम्दानी सुदृढ गर्न यो व्यवस्था ल्याएको जनाइएको ।
● यसअघि कृषि क्षेत्रलाई करको दायरामा ल्याइएको थिएन । नयाँ व्यवस्था अनुसार वार्षिक पाँच लाख रुपियाँसम्मको कृषि आयमा कर लाग्ने छैन । त्यसभन्दा बढी आम्दानी हुने किसानका लागि निम्न दरले कर निर्धारण गरिएको ।
● पाँच लाखदेखि २५ लाख रुपियाँसम्म : एक प्रतिशत ।
● २५ लाखदेखि ५० लाख रुपियाँसम्म : १.५ प्रतिशत ।
● ५० लाखदेखि एक करोड रुपियाँसम्म : १.७५ प्रतिशत ।
● एक करोडभन्दा बढी आयमा : २ प्रतिशत ।
● कर्णाली सरकारले यस वर्षदेखि खेतीयोग्य जमिन बाँझो राख्नेलाई पनि कर लगाउने कानुनी व्यवस्था गरेको छ ।