३१ औं वन्यजन्तु सप्ताह
- नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित,
- अवधि: वैशाख १ देखि ७ गतेसम्म (देशव्यापी)।
- ३१ औं वन्यजन्तु सप्ताह (२०८३) को मूल नारा: "सुरक्षित मानिस, संरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु"
- ३० औं राष्ट्रिय वन्यजन्तु सप्ताह (२०८२) को मूल नारा: "बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्वन्द्व र हानी–नोक्सानी"
- नेपालमा राष्ट्रिय वन्यजन्तु सप्ताह वि.सं. २०५३ (सन् १९९६) देखि प्रत्येक वर्ष मनाउन थालिएको,
मुख्य उद्देश्यहरू:
- द्वन्द्व न्यूनीकरण: मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाई मानवीय क्षतिलाई शून्यमा पुर्याउने,
- सहअस्तित्व: मानिस र वन्यजन्तु दुवै सुरक्षित रहने वातावरण र करुणामय संस्कृतिको विकास गर्ने,
- आर्थिक समृद्धि: जैविक विविधताको दिगो उपयोग, प्रकृतिमा आधारित पर्यटन र रोजगारी सिर्जना मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने,
उपलब्धि र सहकार्य:
- सफलता: सन् १९७० देखिको प्रयासले पाटे बाघ, एकसिङ्गे गैंडा, हाब्रे, हिउँचितुवा र हात्तीको संख्यामा उल्लेखनीय वृद्धि भएको,
- साझेदार: सरकारी निकाय, नेपाली सेना, स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाहरूको त्रिकोणात्मक समन्वय,
संरक्षणका विधिहरू:
- स्व-स्थानीय (In-situ): वन्यजन्तुको प्राकृतिक बासस्थानमै गरिने संरक्षण
- परस्थानीय (Ex-situ): बासस्थान बाहिर गरिने संरक्षण र व्यवस्थापन
विशेष आह्वान:
- वन्यजन्तुको आनीबानी बुझेर मानवीय व्यवहारमा परिवर्तन ल्याउन,
- नयाँ वर्ष २०८३ को अवसरमा संरक्षणको यात्रामा सबै पक्षलाई हातेमालो गर्न अनुरोध,