राष्ट्रिय याक दिवस, २०८३
"नेपालको हिमाली जनजीवन, संस्कृति र अर्थतन्त्रको मेरुदण्ड मानिने याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय याक दिवस मनाउन सुरु गरेको हो।"
आधारभूत जानकारी
- दिवस मनाइने मिति: प्रत्येक वर्षको वैशाख ७ गते
- निर्णय मिति: वि.सं. २०८१ असोज २ (मन्त्रिपरिषद् बैठक)
- मनाउन सुरु गरिएको: वि.सं. २०८२ वैशाख ७ गते (प्रथम दिवस)
- वि.सं. २०८३ को संस्करण: दोस्रो राष्ट्रिय याक दिवस
वर्ष अनुसारका नाराहरू:
| वर्ष | नारा (Slogan) |
| २०८२ (प्रथम) | "याक चौँरी प्रवर्द्धन : हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण" |
| २०८३ (दोस्रो) | "याक (चौँरी) पालन पेसाको सम्मान : हिमाली संस्कृति को पहिचान, सुरक्षित हिमाल, समृद्ध किसान" |
प्राविधिक तथा वैज्ञानिक तथ्यहरू
- वैज्ञानिक नाम: Bos grunniens
- भाले र पोथीको नाम: भालेलाई याक र पोथीलाई नाक भनिन्छ,
- प्रजनन (Cross-breeding):
- याक (भाले) + पहाडी गाई (पोथी) = चौँरी गाई
- याक र पहाडी गाई (किर्खो) बाट जन्मने सन्तान = उराङ
- महत्त्वपूर्ण अङ्ग: याकको पुच्छरलाई चमर भनिन्छ,
संरक्षण र अनुसन्धान केन्द्र
- संरक्षित स्थिति: "राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९" ले याकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको,
- याक आनुवंशिक स्रोत केन्द्र: स्याङ्बोचे, सोलुखुम्बु
- स्थापना: वि.सं. २०३० वैशाख ७ गते (यही केन्द्रको स्थापना दिवसलाई आधार मानेर राष्ट्रिय याक दिवस घोषणा गरिएको)
आर्थिक तथा सांस्कृतिक महत्त्व
- दुग्ध परिकार: विश्व प्रसिद्ध याक चिज (ओमेगा-३ फ्याट्टी एसिडको स्रोत), छुर्पी र दही,
- आम्दानीको स्रोत: हिमाली क्षेत्रका किसानहरूको जीविकोपार्जन र राष्ट्रिय आय वृद्धिको प्रमुख माध्यम,
- बहुउपयोगिता: सामान ढुवानी (हिमाली जहाज), पर्यटन आकर्षण, र खेतबारी जोत्न प्रयोग,
- निर्यात सम्भावना: याकको छाला, पुच्छर (चमर) र चिजको अन्तर्राष्ट्रिय बजारमा उच्च माग,