Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा आदिवासी जनजातिहरूको वर्गीकरण

  • Ajnabee Khadka
  • March 31, 2026
  • 321

नेपालमा आदिवासी जनजातिहरूको वर्गीकरण

Classification of indigenous peoples in Nepal
  • आदिवासी जनजाति भन्नाले आफ्नै मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका जाति वा समुदायलाई बुझिन्छ।
  • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आदिवासी जनजातिहरू कुल जनसङ्ख्या: १,०१,६८,८४४ (नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत)
  • जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो जाति मगर (२०,२३,३२५) हो भने सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुसुन्डा (२५३)
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार हाल नेपालमा सूचीकृत आदिवासी जनजातिहरू: ६० वटा (वि.सं. २०७७ जेष्ठ ५ मा 'राना थारु' थपिएपछि हाल कायम रहेको संख्या ६० पुगेको,)

नेपालका आदिवासी जनजातिको वर्गीकरण:

  • नेपालका आदिवासी जनजातिहरूलाई उनीहरूको सामाजिक, आर्थिक र शैक्षिक अवस्था तथा साक्षरता दर, आवासको प्रकृति, भूमिको स्वामित्व, र रोजगारी जस्ता मानव विकासका सूचकहरूको आधारमा पाँचवटा समूहमा वर्गीकरण गरिएको,
समूह जनजातिहरू
लोपोन्मुख समूह (Endangered Group): कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया (१० जनजाति)
अति सिमान्तकृत समूह (Highly Marginalized Group): माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार, झाँगड, थामी, बोटे, दनुवार र बरामो (१२ जनजाति)
सिमान्तकृत समूह (Marginalized Group): सुनुवार, थारु, रानाथारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजवंशी), गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्पो, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ (२१ जनजाति)
सुविधा वञ्चित समूह (Disadvantaged Group): गुरुङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्वे, तीनगाउँले, बाह्रगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो (१५ जनजाति)
उन्नत समूह (Advanced Group): नेवार र थकाली (२ जनजाति)
 

Categories

  • Current Affairs 568
  • Gorkhapatra 300
  • Others 956
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

First International wellness Day, 2083
Current Affairs

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस, २०८३

  • Apr 25, 2026
  • 21
'Time 100' influential people 2026 and Prime Minister Balen
Current Affairs

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

  • Apr 25, 2026
  • 26
World Book and Copyright Day, 2026
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२६

  • Apr 24, 2026
  • 121
31st Wildlife Week
Current Affairs

३१ औं वन्यजन्तु सप्ताह

  • Apr 24, 2026
  • 117
National Yak Day, 2083
Current Affairs

राष्ट्रिय याक दिवस, २०८३

  • Apr 24, 2026
  • 152
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA